जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

स्कुल पढ्न जान पनि जोरविजोर प्रणाली

एकपटक सोच्नुहोस् त, विद्यार्थीहरु नियमित स्कुल किन जादैनन् ?
१. बन्द र हड्तालको कारणले ।
२. बिरामी हुने भएकाले ।
३. पढेर भ्याउँने होइन, भ्याउँदा पढ्ने नत्र घरको काममा अल्झिनुपर्ने भएकाले ।
४. गृहकार्य नगर्दा पिटाइको डरले वा पढ्न अल्छि गर्नाले ।


तर यी जवाफहरु भन्दा बाहिर अरु कारण पनि छन् जसको कारण विद्यार्थीहरु दिन बिराएर विद्यालय जान बाध्य हुन्छन् ।


विस्तृत विवरण यस्तो छ



जाजरकोट जिल्लाको उत्तरपुर्वी बारेकोट गाविसस्थित एक विद्यालयका विद्यार्थीहरु आलोपालो गरेर स्कुल जाने गर्छन् । सबै विद्यार्थी विद्यालय जाँदा कक्षाकोठामा नअट्ने भएपछि स्थानिय हिमज्योति प्राविले आलोपालो नियम लागू गरेको हो ।

सबै विद्यार्थी आउँदा नअट्ने भएपछि आलोपालो प्रणाली लागू गरिएको विद्यालयका प्रधानअध्यापक प्रेमकला गिरीले बताइन् । "दुइ कोठामा पाँचवटा कक्षा सञ्चालन गरिरहेका छौ, सबै विद्यार्थी अट्दैनन्", उनले भनिन्, "विद्यार्थी बस्ने ठाउँ र बेञ्च नपुगेपछि एकदिन जोर र अर्को दिन बिजोर रोलनम्बर भएका विद्यार्थीलाई बोलाउँने गरेका छौ ।"

५ बर्ष अघि स्थापना भएको सो विद्यालयमा ३ कोठे भवन भएपनि दुईवटा कोठामात्रै शिक्षणका लागि प्रयोगमा ल्याइएका छन् । एउटा कोठामा विद्यालयको कार्यालय र अर्को कोठामा देउताथानको सामानहरु राखिएको छ । विद्यालय बनाउँदा देउताथान भत्काएर बनाएकाले एउटा कोठा देउताथानलाई दिइएको हो ।




सो विद्यालयमा शिक्षकपनि दुईजना मात्र रहेका छन् ।
स्रोतः नयाँ पत्रिका र सुमन गिरी (स्थानिय)


3 comments:

अनिल घोर्साने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कँही स्कुल छैन । कही बाटो छैन । कही स्कुल जाँदा तुइनमा ज्यानको बाजी थापेर जानुपर्छ । कस्तो हो नेपाल ? कहिले हुन्छ विकाश ।

अनिता बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

शिक्षामा त यस्तो लापरवाही छ । अरु के आशा गर्नु नेपालमा ।

गोपी अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आजको कान्तिपुरको समाचार नेपालमा १ करोड भन्दा बढिको हातमा मोवाइल छ रे । तिनका बाउले स्कुलका कुरा लेख्नु नि ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।