जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

असार १५-हिलो, धान र दहिच्यूराको पर्व

आज असार १५ । हामी नेपालीहरुका अनेक चाडपर्वहरु छ्यापछ्यापी छन् तर यो असार १५ यस्तो चाड हो जुन कुनै पात्रोमा खोजेर पाइदैन । कुनै शास्त्रमा पनि असार १५ मा यो गर्नु वा त्यो गर्नु भनेर उल्लेख गरेको छैन रे । तर असार १५ जहाँ सुकै मनाईन्छ । दहि चिउरा खाएर हिलोमा खेल्दै थाकेको शरिरमा नयाँ प्राण भर्न असार १५ सदिऔं देखि हामी माझमा छ असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि । यसैले सक्नुहुन्छ, खेतमा पस्नुहोस् । हिलोमा लपेटिएर बाउसे गर्न र धान रोप्न साँच्चै रमाइलो हुन्छ । नत्र घरमा दहीचिउरा खाएर पनि मनाउँन सक्नुहुन्छ । विदेशमा भएकाहरुलाई भने यी तस्विरहरु छन्, हेर्नुहोस् र तपाईका अनुभव पनि सुनाउँनुहोस् । यो परिश्रम गर्ने दिन हो, अनुभव सुनाउँन अल्छि नगर्नुहोला ।



Photobucket
Photobucket



Photobucket
Photobucket
Photobucket

2 comments:

बिक्रम रसाइली said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मेरो घर सुनसरी, प्रकाशपुर हो । अहिले म दुबईमा छु । यी फोटोहरु हेर्दा त साँच्चै घरको याद आयो । तातो घाममा काम गरे पनि आफ्नै ठाउँ रमाइलो हुँदोरहेछ ।

वीनिता गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म एकदम छिटो धान रोप्छु । मैले धान रोपेको फोटो पनि प्रकाशित गरिदिनुहोला ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।