जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गुगलसँग जिस्किने हो !

मानिससँग मात्रै के जिस्किरहनु । त्यो पनि साथीहरुसँग मात्र । कहिलेकाँही मेसिनहरुसँग जिस्कन पनि मज्जा आउँछ । सानामा हातको घडीसँग जिस्किएर कति पल्ट घडी फोरेको छु । आज अनायास गुगलसँग जिस्किन पुगिएछ ।(वास्तवमा, गुगल मेसिन चै होइन है ।) तपाई पनि जिस्किने हो ? परेको चै म बेहोर्न सक्दिन नि । नडराउनुहोस्, त्यस्तो खतरनाक जिस्काइ होइन यो । तपाई यो स्टन्ड घरमा गर्न सक्नुहुनेछ ।

पहिले भन्नुहोस् त, गुरुत्वको नियम कसले पत्ता लगायो । सारै सजिलो, न्युटनले । के यो सिद्धान्त बस्तुमा मात्र लागु हुन्छ ? होइन । सफ्ट्वेयरमा पनि लागु हुन्छ । नपत्याए हेर्नुहोस् न त ।




पहिले ब्राउजरमा www.google.com टाइप गर्नुहोस्

त्यसपछि गुगल खुल्छ ।
अनि सर्च गर्ने ठाँउमा Google Gravity टाइप गर्नुहोस्

र, अन्तमा म भाग्यमानी अनुभव गरिरहेको छु (I am feeling lucky) मा क्लिक गर्नुहोस् । अनि देख्नुहुन्छ जादु ।

पहिलै थाहा पाईसकेका साथीहरुका लागि चै यो ब्लग उपयुक्त नहुन सक्छ । यस्तो भएमा क्षमा चाहान्छु ।


2 comments:

Geeta said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Is this google idea or somebody hacked google.

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

http://mrdoob.com/96/Google_Sphere

just click this above link and tapaile dekhnu hunecha google tapai ko aakha aghadai ghumeko kya mazza /\/\..........

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।