जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राशिफल लेख्ने मुर्ख कि पढ्ने मुर्ख ?

पत्रिका हातमा परिसकेको हुन्न, कतिपयलाई हतार हुन्छ आजको राशिफल कस्तो छ हेर्नलाई । राशिफल धेरै किसिमले हेरिदा रहेछन् । कोही कोही राशिफलमा पुरै विश्वास गर्ने, राशिफलमा मित्र भेट लेखेको छ भने चिट्टिक्क परेर साथी भेट्न निस्किने । कोही कोही अनलाईन भएका साथी भेटेर राशिफल मिल्यो भन्ने अनि कोही कोही राम्रो लेखेको छ भने आत्मविश्वास बढ्छ, मिल्नु नमिल्नु त के भयो र भन्दै राशिफल हेरिदिने । यसैले पत्रिकाको लागि राशिफल राम्रो मसला हो । यसैले राशिफल बिनाको पत्रिका सायदै हुन्छन् । तर विश्वास गर्नेले विश्वास गरे झै संवेदनशिल भएर लेख्छन् त राशिफल लेख्नेले ?





राशिफलको मसला पनि अचम्मको छ । संसारमा लगभग ७ अरब मानिसहरु छन् । राशिफल जम्मा १२ वटा । भाग लगाउँने हो भने सालाखाला ५० लाख भन्दा बढि मानिसहरुको राशि एउटै हुन्छ । यति धेरै मानिसको दैनिकीका बारेमा निकालिने औसत दैनिक राशिफलहरु बलैले एक हरफ हुन्छन् । अझ कतिपय पत्रपत्रिकाहरु त यति खर्रो र साक्षात् हुन्छन् कि जम्मा दुई शब्दका राशिफल निकालिदिन्छन् । कस्तो अचम्मको राशिफल, ५० लाख भन्दा बढिका लागि २ शब्द । यदि त्यो राशिफल मिल्ने हो भने संसारका ५० लाखभन्दा बढि मानिसहरुको दैनिकी उस्तै हुनुपर्ने हो । यो त मानिसलाई भेडाको बथान सम्झिए जस्तो भएन र ?

पुर्वाञ्चलबाट प्रकाशित हुने एकदैनिक पत्रिकाका साथीले भन्थे, बाजेले बेलामा राशिफल नपठाईदिएर कनिकनि १२ वटा राशिफल निकाले । कुनै पहिलेकै दोहोरिए कुनै फुराएँ । राशिफल कसरी निकालिन्छ भन्ने कुरालाई राष्ट्रिय दैनिक पत्रिकाका एक बरिष्ठ सम्पादकले आफ्नो उपन्यासमा पनि खुलाएका छन् । उनको उपन्यास पढ्नेले थाहा पाउँनु हुनेछ ।






कुनै पत्रिका(चलेको राष्ट्रिय दैनिक, जसले आफुलाई नेपालको सबैभन्दा बढि बिक्री हुने भनि दाबी गर्छ ।)ले पत्रिकामा अघिल्लो दिनको राशिफल हुबहु पनि निकाल्ने गर्छ । तर, उसले त्यसको माफी मागेर भोली पल्ट सच्याउँदैन । जसलाई पढ्नेले हिजो झै विश्वास गरे आज पनि पढ्लान् । उनीहरुलाई के छ र पत्याईदिन्छन् । तर जान्नुपर्ने कुरा यो हो कि राशिफल सबै पत्रिकामा निस्किए पनि तिनीहरुमा लेख्ने वा छाप्नेले पत्याउँनेले पत्याए जस्तो संवेदनशिलता देखाएका हुन्नन् । उनीहरुलाई पनि थाहा छ, राशिफलले दैनिक जीवनमा कति असर पार्छ । राशिफल त मानिसको विश्वासलाई नगदिकरण गर्ने काम मात्र हो । यसैले लेख्नेले त लेखेपछि स्वार्थ पुरा गर्छ । तर मुख्य सोच्नु पर्ने बिषय यो हो कि, सबै कुरा पहिले नै लेखिएको हुन्छ भनेर भाग्यवादी भई किन मानिसको शक्तिलाई कम आक्ने ?



6 comments:

प्रविण कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राशिफल मेरो त मिल्छ । मलाई चै राशिफलमा विश्वास लाग्छ ।

बिना लम्साल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

त्यस्तै हो । हेरिन्छ पनि । विश्वास चै त्यती गरिदैन ।

आकांक्ष दुलाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राशिफल भनेको पुरै गणितिय नियमबाट आउँछ । बाटामा बसेर हात हेरेको जस्तो होइन राशिफल । जसरी देउता छन् त्यसरी नै भाग्य पनि छ । र, यो सत्य हुन्छ । कसैले मानेर नमानेर यो फरक पर्दैन ।

Rajesh Bhattarai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Yo lekhne half mind ko ho bhane padhne jo kohi pani huna sakchha tara padhera bishwas garne manchhe chhahi purai pagal ho jasto lagchha malai ta.

सुरक्षा गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राशिफल हेर्ने काम त मलाई बेकार जस्तो लाग्दैन । मानिसको धेरै कुरा अझैसम्म विज्ञानले पत्ता लगाउँन सकेको छैन । जति वैज्ञानिक धारणा ल्याए पनि ति सबैका केही न केही कमजोरी छन् । यसैले राशिफल पनि वैज्ञानिक कुरा होइन । तर मिल्छ ।

मिलन सुब्बा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आफ्नो आफ्नो विश्वासको कुरा हो । मलाई यो बारेमा त्यस्तो स्पष्ट धारणा बनाउँनु परेको छैन । मैले धेरैबेर सोच्दा पनि त्यस्तो धारणा बनाउँन सकिन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।