जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

वास्तवमा हामी कमजोर होइनौं

वास्तवमा हामी कमजोर होइनौं भन्ने कुरा आजको खेलले प्रमाणित गरेको छ । खेलको अधिकांश समय आक्रामक रुपमा प्रस्तुत भएको नेपालले खेलको ६२ औ मिनेटसम्म गोलरहित बराबरी खेल्यो ।
६२ औ मिनेटमा जोर्डनको पहिलो गोलले नेपाली दर्शकहरुमा पुनः नेपाली टिम खेलमा नफर्कने हो कि भन्ने सोच्दै थिए । तर लयलाई कायम राख्दै नेपालका भरत खवासले खेलको ८० औ मिनेटमा गोल फर्काएर नेपाललाई १ १ को सम्मानजनक बराबरी दिलाए । यसैले अब फेरि एक पल्ट शिर उँचो पारेर भन्न सक्छौ, हामी गरिब पक्कै छौ, खेलकुदमा अव्यवश्था पक्कै छ, तर पनि वास्तवमा हामी कमजोर छैनौं ।


जुन मुलुकसँग नेपालले केही दिन अघि मात्र ९-० को लज्जास्पद पराजय भोगेको थियो, त्यही देशका तिनै खेलाडीलाई पुरै खेल समयभरि आच्छु आच्छु पार्दै १-१ को बराबरी खेल्यो । आफ्नै मैदानमा नेपाली खेलाडीहरुले जुन आत्मविश्वास र खेल कौशल प्रदर्शन गरे नेपाली खेलाडीहरु कम छैनन् भन्ने त प्रमाणित भयो नै । अझ त्यसमा पनि नेपाली खेल जगतमा जुन अव्यवश्था छ, खेलाडीहरु त्यसमा कति विघ्न आदि भएका रहेछन् भन्ने हिलाम्मे मैदानमा नेपाली खेलाडीले देखाएको प्रदर्शनले पुष्टि गरेको छ ।

नेपालले जोर्डनमा ९ गोल खाएर आउँनुको वास्तविकता के थियो भन्ने कुराको पुनः व्याख्या गरेको छ, आजको खेलले । यदि नेपालले विदेशी भुमीमा खेलिने खेलहरुको संख्या बढाउँने हो भने नेपाली फुटबलले गुणात्मक फड्को मार्नेछ भन्नेमा आजको खेलपछि दुईमत नहोला । जस्तो पृष्ठभुमीमा नेपालले फुटबल खेलिरहेको छ । सो पृष्ठभुमीमा नेपाल कमजोर रहेनछ । अन्तराष्ट्रियस्तरका यसैले खेल जित्नका लागि अन्तराष्ट्रियस्तरकै मैत्रिपुर्ण या अन्य प्रतिस्प्रधात्मक खेलहरु खेल्न आवश्यक छ ।




तस्बिरहरु : दिपेश श्रेष्ठ, विकास कार्की
खेलको पुर्ण अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्



3 comments:

Ramesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

if nepali football team really want to go in the international level, first level of work to be done is to make one international level football stadium and create efficient pressure to the government for the support…….
love nepal football

Sagar Adhikari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाली टीम ले अन्तर रास्ट्रीय खेल को अनुभव कती गर्न पाए का छन र कुनै लीग वा कुनै रास्ट्रीय खेल को तयारी गर्नु भन्दा बढ़ी रा.खे .प मा सधै बिवाद हुन्छ राजनैतिक हस्तछेप जस्ता कुरा हरु हाम्रा बिदेशी मैदान मा खेल हार्ने प्रमुख कारण हरु हुन सामान्य सुविधा बिना यस्तो प्रदर्शन गर्नु चानेचुने कुरा होइन नेपाली टीम ले हिजोको खेल मा पाएको सबै भन्दा ठुलो दर्शक को माया हो पानी,हिलो र अरु कारण केही होइन ! समय सुबिधा भयो भने नेपाली टीम ले केही बर्ष मा बिस्वोकप खेलने मात्र होइन जित्न सक्छ !

Kalyan Basnet said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सर्वप्रथम म विश्वकप फूटबल छनौट्को क्रममा जोर्डन सँगको खेलमा नेपालको सान्दर प्रदर्शनको लागि नेपाली टोलिका कप्तान लगायत सबै खेलाडिहरुलाई अनि मुख्य प्रशिक्षक सहित अन्य प्रशिक्षा हरुलाई धन्यवाद र बधाई दिन चाहन्छु । बिशेषत कप्तान सागर थापा जस्मा टिम सम्हाल्ने साथै दर्शक प्रती उत्तरदायि हुने क्षमता देखियो सो ज्यादै प्रश निय छ । मुख्य प्रशिक्षक ग्राहम रोबेर्ट्स् , ज्यादै आत्म्बिश्वासी अनि त्यतीकै आशाबादी, खेलाडिहरुलाई बिश्वासमा लिन सक्ने जो खेलमा दर्शक पनि एउटा अङ हो भन्ने कुरा बुझ्ने र तिनिहरुको पनि साथ चाँहीन्छ भन्ने मन्यातामा बिश्वास राख्ने प्रशिक्षाकको रुपमा देखिए जुन नेपाली फूटबल जगतको उज्ज्वल भविश्यको सन्केत मान्न सकिन्छ । जुन रुपमा घरेलु मैदानमा प्रशिक्षाक, खेलाडी र दर्शक हरु एक देखिए त्यती जिम्मेवार अन्फा देखिएन । निकट भविश्यमा हुने एफसी च्यालेन्ज कप र साफ च्याम्पियन्सिपमा अन्फा बढी सम्बेदन्शिल र जिम्मेवार संस्थाको रुपमा देखिने बिश्वास राखेको छु । अन्त्यमा सबै फूटबल प्रेमिहरुलाई खेलाडीहरुको उत्साह बढाउन अनुरोध गर्न चाहन्छु, धन्यवाद ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।