जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपाली ब्लगरहरुको आचारसंहिताको प्रारम्भिक अवधारणा

ब्लग खुला आकाश हो । नेपाल भित्र नेपाली र नेपाली बाहेकका भाषाहरुमा ब्लग लेख्ने ब्लगरहरुको संख्या कति छ भन्न सजिलो छैन । कुनै नियम तथा नियामक संस्थाको पहुँच भन्दा टाढा रहेका ब्लगरहरुको कुनै साझा मञ्च हालसम्म रहेको छैन । केही ब्लगरहरु यस्तो साझा मञ्च र ब्लग लेखाईको नैतिक आधार तयार पार्न केही योगदान भने गरिरहेका छन् । यस्तैमा ब्लगर एसोसिएन अफ नेपालअनलाईन पत्रकार संघले २०६८ साउन ११ गते ब्लगरहरुको आचारसंहिता भनेर प्रारम्भिक अवधारणा सार्वजनिक गरेको थाहा भएको छ, जुन यस्तो छ

ब्लगर एसोसिएन आफ नेपाल र अनलाइन पत्रकार संघले २०६८ साउन ११ गते सार्वजनिक ब्लगरहरुको आचारसंहिता 

ब्लगरका रुपमा, म यि तथ्यमा इमान्दार हुनेछु,
१.ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु
२.ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु
३.ब्लगमा राखिएका सामाग्रिको स्रोत प्रष्ट उल्लेख गर्नेछु।
४. कुनै तथ्य पुष्टी नभएको भए सो बारे प्रष्ट उल्लेख गर्नेछु
५.व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।
६.ब्लग सामाग्रि प्रयोजीत हो भने सोबारे प्रष्ट उल्लेख गर्नेछु।
७.विज्ञापनका सामाग्रि ब्लगपोष्टको रुपमा राख्नेछैन, राखिएमा सो सामाग्रि विज्ञापन हो भन्ने उल्लेख गर्नुछु। ८.पोष्ट भईसकेको सामाग्रिमा कुनै गल्ती भएका जानकारी पाए लगत्तै सकेसम्म चांडो सच्याउनेछु। सच्याउंदा सो अंश पूर्ण रुपमा हटाउनेछैन। हटाउनुपरे, कारण उल्लेख गर्नेछु।
९.सबै प्रकृतीका प्रतिकृयालाई समेट्ने छु। यदी प्रतिकृया सम्पादनको व्यवस्था गरिएको छ भने सो बारे जानकारी दिनेछु।
१०.मानवियतालाई प्राथमिकता दिएर,पिडितलाई थप प्रताडित गर्ने सामाग्रि,दृष्य राख्ने छैन
११.वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु।

 ब्लगरको रुपमा जानजान म गर्नेछैन, 
१.पोष्ट गरिसकेको सामाग्रि पूर्ण रुपमा हटाउने वा पूर्ण रुपमा सम्पादन गर्नेछैन।
२.ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन।
३.राष्ट्रियता,राष्ट्रिय शुरक्षा,धार्मिक सहिष्णुता र सामाजीक मर्यादालार्य खलल पुग्ने सामाग्रि राख्नेछैन ४.यौनजन्य सामाग्रि,बैरभाव बढाउने अभिब्यक्ति र हिंशात्मक सामाग्रिले स्थान पाउनेछैनन
५.कुनैपनि ब्यक्तिको गोप्य र निजात्मक समाग्रि राख्ने छैन
६.जानजान भाईरस तथा स्पाम र मालवेयर फैलाउने गैर कानुनी काममा संलग्न हुने छैन।
७.स्रोत नखुलाई कसैको पनी सामाग्रि निजि बनाएर पोष्ट गर्ने छैन।
८.स्रोतब्यक्तिको अनुमतीविना उसको परिचय सार्वजनिक गर्नेछैन।
विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला


मेरो भन्नु
एउटा नेपाली ब्लगरका नाताले यो अभियानमा मेरो पनि केही भन्नु छ 
१ अभियानको सुरुवातका लागि धन्यवाद तथा सफलताको शुभकामना ।
२ ब्लगर एसोसिएन अफ नेपाल भनेर नामाकरण मात्र गरिएको हो कि यसले आधिकारिकता ग्रहण गरिसकेको छ ? यसको जानकारी ब्लगरहरुलाई गराइएको छैन । यसैले एउटा निश्चित लेख एकैदिन वा सप्ताहभित्र सकेसम्म सबै ब्लगहरुमा प्रकाशित गरियोस् ।
३ ब्लगर एसोसियन अफ नेपालसँग ब्लगरहरु कसरी सम्पर्कमा आउँने ? केही ब्लगरहरु बसेर कार्यक्रम गर्दैमा त्यसले सबैको प्रतिनिधित्व गर्दछ ? खाए खा नखाए खिच भने जस्तो भएन र ? कार्यक्रम गर्नु भन्दा अगाडी जानकारी दिन मिल्दैन थियो ? (शब्द चयनका लागि माफी माग्दछु, ।)
४ अन्य थप केही कुराहरु पनि छन् ।


-यो लेख ब्लगर एसोसिएन अफ नेपाल र अनलाईन पत्रकार संघको अभियानप्रति आलोचनात्मक ऐक्यबद्धता प्रकट गर्न प्रकाशन गरिएको हो ।
पानीफोटो.कम




9 comments:

hamroblog said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आलोचनात्मक टिप्पणीका साथ समर्थन गर्नुभएकोमा धन्यवाद। यो अभियानकोक्रममा सकेसम्म बढी ब्लगरहरुसंग सम्पर्क र समन्वयको प्रयास भएको थियो। फेसबुक मार्फत आव्हान समेत भएको नै हो। ब्लगर एसोसिएसन नेपाल ब्लगरहरुको लुज संगठन हो। यो कतै दर्ता गराएर सांगठीनक संरचना निर्माण गरी सञ्चालीत संस्था हैन। यो नाम मात्र हैन। चार वर्षदेखी विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ। अनलाईन पत्रकार संघ दर्ता संस्था हो। जसले ब्लगरहरुको समेत प्रतिनिधित्व गर्छ।
ब्लग गर्ने नेपालीको संख्या कति छ एकिन छैन। फेरी सबैलाई समेट्न सम्भवपनि छैन। त्यसैले सोसियल साइटहरुमार्फत कार्यक्रमबारे जानकारी दिने गरिएको छ।
ब्लगानबारे थप जानकारीका लागी यो लिंकमा जानुहोला।
चांडै ब्लगरहरुको भेलाको आयोजना गर्ने तयारी गरिएको छ। फेसबुकमा सम्पर्कमा बस्नुहोला।
http://blogan.nepalivoices.com/

पानीफोटो said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@hamroblog जवाफका लागि धन्यवाद । सोसियल नेटवर्क साइटमा भेट्दै गरौला ।

आशा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाली ब्लगरहरु पनि एउटै मञ्चमा आउँने कुरा सुन्दा हामीलाई पनि खुसी लागेको छ । यो अभियानले सबैलाई समेट्न सकोस् ।

विक्रम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुरा सुन्दा मलाई पनि राम्रो लाग्यो । तर पानीफोटोमा उठाइएका कुरासँग मेरो पनि सहमति छ । यसको आधिकारिकता कसले लिएको छ अनि सबै ब्लगरलाई यसले कसरी समेट्छ ? केहि कार्ययोजना छ ?

महेश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खोइ, यति धेरै ब्लगरहरुलाई कसरी समेट्ला र खै ?

भुपति राणा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ब्लगर एसोसियन अफ नेपाल कहाँ छ भन्दै ब्लगरहरु आउँनु पर्ने हो कि यसले चै ब्लगर खोज्छ ? नागरिक समाज जस्तो जस्ले खोल्दा पनि हुने एसोसियन नबनोस् ।

रोशन लकान्द्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो अभियान ।

जीवन पौडेली said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यसले पोर्न ब्लगहरु पनि समेट्छ ? त्यसका बारेमा केहि लेखिएन ।

NKM said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

My take on it:

http://ajabgajab.blogspot.com/2011/07/code-of-ethics-for-nepali-bloggers.html

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।