जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

आज चाडैचाड छन्, तपाईले कुन कुन मनाउँनु भो ?

हामी नेपालीहरु संस्कृति र परम्परामा कति धनि छौ भनेर आजको दिनलाई मात्र हेरे पनि पुग्छ । आजको दिनमा भोजपुरी र मैथिली समाजमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, समृद्धि र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने गर्छन्। त्यस्तै नेवार समुदायमा आजको दिनलाई  गुन्हु पुन्हीका रुपमा मनाउने प्रचलन रहिआएको छ । आजको दिनमा विभिन्न नौथरी गेडागुडी भिजाएर बनाइएको विशेष क्वाँटी खाने गरिन्छ । सानो र ठूलो केराउ, चना, भटमास, सिमी, मस्याङ, बोडी, मुँग र गुराँस मिसाएर क्वाँटी तयार गरिन्छ । यस्तै नेवार समूदायले आफ्नो खेतमा गएर भ्यागुतालाई पुजा गरी भात खुवाउने गर्दछन् । अनि,  वैदिक विधिअनुरुप जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) मन्त्र पढ्दै ब्राह्मणले यजमानको नाडीमा डोरो बाँधेर पनि हिन्दुहरुले आजको चाड मनाउँछन् । यी सबै चाडहरुको जे जे अर्थ भएपनि यस्ता चाडहरुले समाजमा सहिष्णुता बढाउँने कुरामा भने कुनै दुईमत छैन । यसैले आजभोली यी चाडहरु कुनै एक वर्ग तथा समूदाय बिशेष मात्र मनाईदैन । सबै चाडपर्व सबै जातजाती र समूदायमा मनाइन्छन् । तपाईले भने आज कुन कुन चाड मनाउँनु भयो ? मज्जाको प्रतिक्रिया लेख्नुहोस् है ।



3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिहानै उठियो । दामी नुहाइयो । जनै फेरियो । एकछिनमा बाहुन बाजे आइपुगे । हातमा डोरो बाँधियो । अनि क्वाटीसँग भात खाइयो ।

रोशनी लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाजेको अभावमा रक्षाबन्धन मनाउँन पाइएन ।

Rajan Rai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I always celebrate festivals heartly. so did I.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।