जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सुन्दरी प्रतियोगितामा नारी र पशुहाटका पशुहरु

कम्तिमा हाम्रा चेलीहरु यस्ता नहुन् (photo: Freethought)
नारीलाई पशुहाटमा बेच्न राखिएको पशुजस्तो बनाईएको छ, जसलाई खरिदारहरु घुमिघुमि हेर्छन । ओठ जबरजस्ती च्यातेर कति दाँते रहेछ हेर्छन् । हिडाई कस्तो छ, एकछिन हिडाउँछन् । मनलाग्दी अनि अरु के के जाती परिक्षण गर्छन् र, मन परे खरिद गर्छन् । सुन्दरी प्रतियोगिताको छनौट पनि ठ्याक्कै यस्तै हुन्छ, केहीबेरको हिडाई, केहीबेरको बोलाई, केही प्रश्नको उत्तर अनि मनपरे सुन्दरीको ताज । अब भन्नुहोस्, पशुहाटका पशु र सुन्दरी प्रतियोगितामा नारीको स्तरमा कति फरक छ ? 

-राजीब खत्री-
सन्दर्भ सुन्दरी प्रतियोगिताको हो । यसका नाममा विकृति र विसंगति बढ्दै छन् । सुन्दरता र ब्यक्तित्वको नाममा नारीलाई पैसामा किनेर उसका संवेदनशिल अङ्ग हेर्ने र अरुलाई देखाउने यो असभ्य, प्राचिन जंगली व्यवहार र घृणित काम हो । आफ्नो व्यापार प्रबद्र्धन गर्न केही बहुराष्ट्रिय कम्पनीले दुई चार अक्षर पढेका अल्लारे युवतीलाईमात्र होइन, केही रकम र व्यक्तित्वको ध्वाँस दिएर आफुलाई आधुनिक र सभ्य ठान्ने शिक्षित शहरिया युवतीलाई पनि नाङ्गिन लगाउँछन् ।
दर्जनौ संघ संस्था र उल्लेख्य मानिसहरुको बिरोध हुदा हुदै पनि पछिल्ला दिनमा मिस नेपाल लगायतका कथित सुन्दरी प्रतियोगिता अनावश्यक भन्दै विरोध गर्ने माथी लाठी बर्षाएर भए पनि प्रतियोगिता सम्पन्न हुदै आएको छ । यस वर्षको प्रतियोगिताको लागी पनि उत्कृष्ट भन्दै २० जनाको नामावली निकाली सकिएको छ । जति नै विरोध गरे पनि एकाध उदाहरण बाहेक प्रतियोगिता गर्नेले गरेरै छाडेका छन् र ताज पहिरिनेले पहिरेरै छाडेका छन् । संसार संस्कार, विश्वास, प्रेम र आस्थाको भरमा चलेको छ । त्यही कारण मानव सभ्यता आजको अवस्थासम्म आई पुगेको छ । संस्कार र आस्था बिर्सेर गरिएका कुराहरु त्यही नै अस्थायी, सस्ता र तुच्छ पनि हुन्छन्, जसले सभ्यतालाई उल्टो दिशानिर्देश गराउँन चाहान्छ ।


संसारमा प्राणी चेतनशील र अर्धचेतनशील गरेर दुई प्रकारका छन् ।  चेतनशील र अर्धचेतनशील प्राणीबीचको भिन्नता पाँच बुँदाबाट छुट्टयाउन सकिन्छ । ती हुन् : डर, लाज, भुत, वर्तमान र भविश्य । मानिस चेतनशील प्राणी हो, जोसँग यी पाँच तत्वहरु छन् । हामी यी तत्वहरुमा बाधिएर बस्न सक्दैनौ भने जंगली युग तर्फ फर्कनु पर्छ । जहाँ न कसैको मान हुन्छ न अस्मिता हुन्छ, न सुरक्षा हुन्छ न त जिम्वेवारी नै । अनि जहाँ अतित र इतिहासले सिकाए, स्विकारेका कुराहरु वर्तमानमा नकारिन्छ । प्रयोग र आधुनकिताको नाममा वर्तमान भताभुंग बनाएर भविष्यलाई क्यारेमका गोटी झै विवेकहिन बनाउँदै यता र उता ठोकाइन्छ ।

हाम्रा चेलीहरु बुझेर हो वा नबुझेर केही रकम पाईने र सञ्चार माध्यममा देखिने लोभमा अर्काको खेलौना हुनुपर्दा पनि मख्ख परेका हुन्छन् । प्रकृतीप्रदत्त यी संवेदनशील अङ्ग देखाई दिएको भरमा २/४ जनाले त केही रकम र एक वर्षको लागी जागिर पाउलान, तर के जीवनको लक्ष्य यही हो त ? शरिरका भरमा पाएको जागिर र सफलताको स्थायित्व कति बर्षसम्म रहला ? आयोजक र सहभागीले सोच्नु पर्ने के हो भने कुनै नारीलाई सुन्दरता र आधुनिकताको नाममा अर्धनग्न बनाएर कथित क्याटवाक गर्न लगाएर सञ्चारमाध्यममा देखाईन्छ । यसलाई यौनशोषण भन्न मिल्दैन ? कि कुनै लोभ वा त्रास देखाएर शारिरीक सम्र्पक राख्नु मात्रै यौन शोषण हो ।

नारीलाई नंग्याएर, सञ्चारका माध्यमबाट आफ्नो व्यापार प्रबद्र्धन गरी बहुराष्ट्रिय कम्पनी मोटाउने काम गरि रहेका छन् । यो नारी माथीको चरमशोषण र दास बनाउँने नयाँ प्रवृती हो । सञ्चारमाध्यमले विज्ञापनको लोभमा यसलाई प्रश्रय दिइरहेका छन् ।

समले भनेका छन् जाने नारी रत्न हुन्, नजाने भूजङ्ग हुन् । उजाड जमिनमा बोटबिरुवा रोपेर हरियाली बगैचामा फुल फुलाएर मनमोहक बनाईन्छ भने त्यसलाई अनुपम, मन्त्रमुग्ध पार्ने भनिन्छ । यसको उल्टो सुख्खा र नांगो मरुभूमिलाई सुन्दर भन्न सकिदैन । यो अर्थमा कपडा सहितको मानिसको शरिरमात्र सभ्य र इतिहासबाट लिइएको ज्ञानको प्रमाण हो । कपडा फुकाली अर्धनग्न बनेर संवेदनशील अङ्ग प्रदर्शन गर्दा सुन्दरताको प्रर्दशन हुन्छ की कुरुपताको ? नाङ्गिदा सुन्दरी होइन्छ भने विवाहमा सारी, चोलो र गहनामा सजिएकी बेहुली कुरुप हुन्छिन् त ?

प्रतियोगिताका नाममा नारीमाथि शोषण भएको छ । नारीलाई पशुहाटमा बेच्न राखिएको पशुजस्तो बनाईएको छ, जसलाई खरिदारहरु घुमिघुमि हेर्छन । ओठ जबरजस्ती च्यातेर कति दाँते रहेछ हेर्छन् । हिडाई कस्तो छ, एकछिन हिडाउँछन् । मनलाग्दी अनि अरु के के जाती परिक्षण गर्छन् र, मन परे खरिद गर्छन् । सुन्दरी प्रतियोगिताको छनौट पनि ठ्याक्कै यस्तै हुन्छ, केहीबेरको हिडाई, केहीबेरको बोलाई, केही प्रश्नको उत्तर अनि मनपरे सुन्दरीको ताज । अब भन्नुहोस्, पशुहाटका पशु र सुन्दरी प्रतियोगितामा नारीको स्तरमा कति फरक छ ? उनलाई वर्ष दिन सम्म विवाह गर्न दिईदैन । उमेर पुगेका चेलीलाई कसैले विवाह गर्न रोक्न मिल्छ ? के विवाह पछि सुन्दरीको सुन्दरता गायव हुन्छ ? उनलाई विज्ञापनको साधन बनाईन्छ, मनोरञ्जनको साधन बनाईन्छ । के नारीको सुन्दरता अरुका लागी मनोरञ्जन प्रदान गर्ने साधन हो ? पसलमा राखिएका डमी र नारीमा केही फरक छैन ?

हुन त उनीहरुले सुन्दरीको कथित ताज पहिरिएपछि सानो उमेरमा धेरै सामाजिक काम गरेको दावी गरेका छन् । त्यसो हो भने सुन्दरी प्रतियोगिता नगरी अरु कुनै माध्यमबाट नारीलाई सामाजिक काममा लगाउँन सकिन्छ नि । यसमा नारीको इज्जत रहन्छ र सामाजिक प्रतिष्ठा पनि । यसरी शरिर जोखाएर आएकाहरु भन्दा सुन्दर त अनुराधा कोइराला, चरी माया तामाङ्ग, एकल महिलाको हक हितका लागी अगुवाई गर्ने लिली थापा, अपाङ्ग भएर पनि अमुल्य साहित्य सृजना गर्ने झमक कुमारी घिमिरे हुन । माध्यम सही भए पनि प्रस्तुती भएन । अहिलेका बुद्धी जिविहरुले के जान्नु पर्छ भने सुन्दरता भन्ने कुरा मान्छेको गुण र क्षमतामा र्निभर कुरा हो । यसको मापन कुनै व्यक्तीको कोमल शरिर प्रदर्शन गरेर हुने कुरा हैन । पुठ्ठा देखाएर मिस नेपाल हुने हो भने त मान्छेको क्षमता र सिपको अर्थ के ?

कथित पूर्व मिस नेपालहरु कुन–कुन उच्च ओहदामा पुगेर कस्ता कस्ता सामाजिक काम गरिरहेका छन्, प्रतियोगिताका आयोजकहरुले बताइदिन सक्छन् कि ?



3 comments:

आश्था said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राजीबजी तपाईको दरिद्र मानसिकता देख्दा अचम्म लागेर आयो । तपाईको उमेर कुन वर्ग हो म जान्दिन । तर मानसिकरुपमा तपाई अति नै दरिद्र र वृद हुनुहुँदो रहेछ । तपाईले कहिले बडी बिल्डिङ हेर्नु भएको छ ? अनि कुस्ती र खेलहरु नी ? आफुमा भएको बलको प्रदर्शन गरेर उपाधी जित्न र प्रशंसा पाउँन सकिन्छ भने सुन्दरता प्रदर्शन गरेर जीवन बनाउँन किन नपाउँने ? कपडा खोलिसकेको छैन, सेक्सको भोक जाग्ने कस्तो पुरुष मानसिकता हो तपाईको ? भएको शरिर देखाउँदा के को यत्रो खैलाबैला ? त्यो पनि कला हो । योग्यता हो ।

अनि फेरि मिस्टर नेपालका बारेमा त केही पनि लेख्नु भएनछ, मिस्टर नेपालका युवाहरु चै कहाँ राखिएका जनावारहरु हुन् ? त्यो पनि भनिदिनुस् न है ।

rojita giri said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I agree. Beauty contest should be banned.

Rajib Khatry said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आश्थाजी चामल हेर्न बोरा पल्टाउनु पर्दैन मुठ्ठी निकाले काफि हुन्छ । त्यसैले कसको मानसिकता कस्तो भन्ने कुराको जवाफ अब मैले दिनु नपर्ला । तपाइले ठिक भन्नु भयो उमेर अनुसारको सोचाई हुन्छ तर सबै सोचाइलाई उमेरले निर्धारण गर्दैन । यो संसार नि अचम्मको छ । जसले जस्तो रंगको चस्मा लगाएर हेर्छ उस्तै रंगको संसार देख्छ । तपाई अहिले रंगिन चस्मा लगाएर, रंगिन दुनिया देखि रहनु भएको छ अनि त्यहि संसारमा भुली रहनु भएको छ । भ्रममा परि रहनु भएको छ कि यहि हो वास्तविक संसार भनेर । बडी बिल्डिङ त्यसै बन्दैन रोजीता जी त्यसको लागि मेहनत र परिश्रम गर्नु पर्छ । मेरो जिउ ज्यान अहिले छैन तर चाहे भने र मेहनत हरे भने म पनि बनाउन सक्छु तर मेरो रुप परेको छैन भने चाहेर पनि मिस्टर नेपाल बन्न सक्दिन । कृपया एकपटक रंगिन चस्मामा खोलेर वास्तविक संसार हेर्ने कस्ट गर्नुस । मेरी सानी बहिनीलाई तिमि ठुली भए पछी के बन्छेउ नानु भनेर सोध्यो बने डाक्टर,इन्जिनियर,पाइलट, बैज्ञायानिक, पत्रकार या यस्तै अन्य कुनै बन्छु भनिन र सोहि अनुसार मेहनत गर्दै गइन भने पक्का बन्न सक्छिन तर चाहेर पनि मोडेल बन्छु, सुन्दरी बन्छु भन्न सक्दिनन र भने पनि र जति मेहनत गरे पनि रुप परेन, हाइट पुगेन भने बन्न सक्दिनन । कपडा खोलिसकेको छैन, सेक्सको भोक जाग्ने कस्तो पुरुष मानसिकता हो तपाईको भन्नु भएको रहेछ । रोजीता जी गास, बास, कपास जस्तै सेक्स पनि मानिसको आवस्यक कुरा हो । कपडा खोल्दा सेक्सको भोक जाग्नु स्वाभाविक हो । तर यहाँ मिस्स नेपालको चर्तिकलाले त त्यहाँ बसेका कथित जज भनाउदा नया राणा जर्साबहरुलाई बाहेक अरुलाई सेक्सको भोक लाग्छ जस्तो लाग्दैन । खानालाइ गज्यान्ग्गज्यां मुछेको कसलाई मन पर्छ र हैन? अन्त्यमा मैले कुनै पनि रुप र शरीर बेचेर खानुलाई कला र योग्यता भनेको छैन र म मान्दिन पनि । हाम्रा चेलाचेलीहरु कोहि पनि रुप र भाग्यको भरमा नबाचुन कर्म गरुन भने मेरो आसय हो । के गर्ने रोजीता जी निदाको मान्छेलाई उठाउन सजिलो हुन्छ यहाँ तर निधाको नक्कल गर्नेलाई सारै गारो हुन्छ । प्रतिक्रियाको धन्यवाद । जय होस् तपाइको।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।