जो प्रधानमन्त्रीका लागि पालो पर्खिदैछन् |
माओवादीका बारेमा हिजोसम्म सहमतिभए बाबुराम भट्टराई प्रधानमन्त्री हुने भनेर निर्णय गरेको थियो । उसले आज एक कदम अगाडी बढेर जसरी भएपनि बाबुराम नै प्रधानमन्त्री हुनुपर्ने निर्णय गरेको छ । यसबाट बाबुरामको नाममा त दुई मिनेटमा सहमति हुन्छ भनेर प्रचण्डका विरुद्धमा भाँजो हाल्नेलाई अफ्ठ्यारोमा पार्ने मात्र होइन, बाबुरामका विरुद्धमा माओवादी एकमत छ भन्ने सन्देश पनि दिएको छ । पार्टीगत हिसाबमा हेर्ने हो भने बाबुराम प्रधानमन्त्री खरा र दह्रा उम्मेदवार बनेका छन् ।
माओवादीले पनि पहिले कांग्रेसबाट देउवा आए भने चै प्रधानमन्त्रीका लागि केही गर्न सकिने भन्ने कुरा गरेकै थियो । सायद देउवा पनि यसमा केही हदसम्म आशावादी थिए । तर माओवादीको आजको निर्णयले उनलाई झट्का भने लागेको हुनु पर्छ । देउवाको नाममा सहमति नभए कांग्रेसका रामचन्द्र पौडेल बहुमतका लागि मैदानमा आउँनेछन् । उनी त हारका पक्का अनुभवी मानिन्छन् । यसअघिको प्रधानमन्त्री निर्वाचनमा १६ पल्ट हारेको अनुभव छ उनीसँग ।
सरसरती हेर्ने हो भने एउटा दलले अर्को दलको उम्मेदवारका विरुद्धमा उसकै पार्टीबाट प्रतिद्धन्दी उठाउँने चाल भने अहिलेको चुनावमा फ्लप हुने देखिएको छ । अब न त कांग्रेसले बाबुराम भए चै भनेर अड्को थाप्छ, न त माओवादीले देउवाको कान फुक्न सक्छ । सत्तामा बस्दा बस्दा दिक्क एमालेको निर्णय फेरि पनि महत्वपुर्ण हुनेछ ।
3 comments:
jo bane pani hamilai k jun jogi aaye ni kanai chireko.
अब त जो आए पनि आओस्, कोही आएर केही नहुने भयो ।
Politics is the game without rule. So fault is the major part of political power.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।