जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पात्र फरक तर संवाद र नियत उही


यो कार्टुन एकछिन हेर्नुहोस् त । कस्तो लाग्यो ?
हो, यसले नेपाली राजनीतिको वास्तविक मुहार देखाएको छ । संविधानसभाको निर्वाचन पछि सहमतिको राग अलाप्दै दलहरु सहमतिको राजनीतिबाट कति टाढा पुगेका छन्, यसको लेखाजोखा स्वयम् दलहरुले पनि गरेका होलान् या नहोलान् ।

काटुर्नमा मुखाकृति जसको होस् यसको खास अर्थ नेपाली नागरिकका लागि सायदै होला । यसपालीको निर्वाचनमा यी देखिएका पात्र अगाडी आए पनि बलैले प्रधानमन्त्री बन्ने अनि पुनः प्रधानमन्त्रीका लागि सिंग जुधाई गर्ने यो श्रृखंला किन बढिरहेछ र यसका पछाडी कारण के छ ? यो चै सबैका लागि अर्थप्रधान छ । जब आफ्ना लागि मात्र सोचिन्छ तब सम्म परिस्थिती फेरिन असम्भव छ । यसैले पात्र फरक पारेर मात्र हुदैन, संवाद र नियत पनि फेरिनुपर्छ ।

यी माथिका त मेरा विचारहरु भए, तपाईलाई चै कस्तो लाग्छ ? तलको कमेन्ट बक्समा लेख्नुहोस् है ।

यो कार्टुन नागरिक दैनिकबाट साभार गरिएको हो ।


7 comments:

योगेन्द्र बरुवाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आँ जो सुकै होस् है प्रधानमन्त्री । बेकारमा के को टन्टो ?

रामजनम यादव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो कार्टुन मैले नागरिकमा पनि हेरिसकेको हुँ । यसलाई साभार गर्नु भएछ, राम्रो लाग्यो । हामी नेपालीहरुको भाग्यले गर्दा यस्तो भएको भन्ने मलाई लाग्छ । बल्लतल्ल माओवादी आएको थियो, यसले पनि केही गर्ला भन्ने लागेको थियो । तर अरु दलको कारणले यसले पनि संसदिय भासमा आफुलाई हराउँने डर लाग्छ ।

रीता आचार्य said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सबै चारैचोर, सबै फटाहा नै फटाहा ।

प्रभा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मुखमा राम राम बगलीमा छुरा । सबैले भन्नलाई त सहमतिय सरकार भन्छन् तर खै ।

रितेश प्रधान said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो सबै कांग्रेस र एमालेले गर्दा भएको हो । माओवादीले धेरै मत ल्यायो । अब सहमतिय भयो भने माओवादी जसरी पनि चाहिन्छ र, उसकै सरकार बन्छ भनेर माओवादीलाई लडाउँन उनीहरुले जबरजस्ती दुईतिहाई हटाएर साधारण बहुमत बनाए । तर अहिले देश नै लड्न पुग्यो । त्यै पनि कांग्रेस र एमाले आफुलाई दोषी ठान्दैनन्, उल्टो माओवादीलाई दोषी भन्छन् । साला चोर कांग्रेस र एमाले ।

अपरिचित said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

माओवादी जबसम्म सुध्रिदैन सबै यस्तै हो । राजनीतिक बैमानी माओवादीले सुरु गरेको हो । गिरिजालाई राष्ट्रपति नबनाएर ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कार्टुन राम्रो छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।