जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

एक ट्विटले नेपालबाटै टाढा धकेल्यो तसलिमालाई

उनले के सोचेर ट्विटरमा लेखिन् त्यो त उनलाई नै थाहा होला । तर उनको एकै ट्विटले उनलाई नेपालबाटै टाढा धकेल्यो । उनी अर्थात तसलिमा नसरीन । तसलिमा नसरीनलाई नेपाल साहित्य महोत्सवमा अतिथिका रुपमा बोलाईएको थियो । उनी भारतको नयाँ दिल्लीमा थिईन् । नेपाल आउँनका लागि एयरपोर्टमा पुगेपछि उनले थाहा पाईन् रे, नेपाल त अर्कै देश रहेछ । आफ्नो स्विडिस पासपोर्ट नबोकेको कारण उनी एयरपोर्टबाटै फकाईन् रे । त्यसपछि उनले ट्विटिन् । (उनको ट्विट माथिको तस्विरमा हेर्नुहोस् ।) त्यसपछि उनको ट्विटरमा उनको बिरोध सुरु भयो ।


त्यसपछि पनि उनी नेपाल आउँन तयार थिईन् । तर आयोजकले सुरक्षाको कारण देखाउँदै उनलाई आउँन दिएनन् । उनले ट्विटरमार्फत आइतबार नेपाल आउने कार्यक्रम रद्द गरेको जानकारी दिएकी छन् । 'म दुःखी छु, तर नेपालमा केही अवाञ्छित घटना नहोस् भनेर फ्लाइट रद्द गर्न बाध्य भएँ,' उनले भनेकी छन् । उनले नेपालीहरुले राष्ट्रियता र स्वभिमानको कारण देखाउँदै दिएका प्रतिक्रियाहरु माथि उनले ब्यंग्यात्मक शैलीमा जवाफ दिएकी छन्, राष्ट्रबाद बालरोग हो र यो मानिसको लुतो हो ।


तसलिमाको यो अभिव्यक्तिपछि उनका नेपाली समर्थकहरु एकाएक आगो भए र नेपालको स्वतन्त्रता र सार्वभौमिकताको अपमान गरेको भन्दै ट्विटरमार्फत नै रिस पोख्न थाले । पछिल्लो २० घण्टा ट्विटर मार्फत नेपालीहरुका प्रश्नका जवाफ दिनमै व्यस्त तसलिमाले भने आफुले नेपालको स्वतन्त्रताको अपमान नगरको र आफुले सबै देशलाई आफ्नो र कसैलाई परदेश नठान्ने जवाफ दिइन् । मान्छेले वर्ण, संस्कृति, भाषा, जात, धर्मको नाममा आफैलाई विभाजित गरेको र त्यो मानव समाजका लागि नै दुर्भाग्य भएको बताएर तसलिमाले आफ्नो सुरुवाती ट्वीटको बचाउ गर्ने प्रयास गरिरहेकी छन् ।

प्रतिक्रिया सभ्य भाषामा दिऔं
तसलिमाका ट्विटहरु यहाँ हेर्नुहोस् । http://twitter.com/#!/taslimanasreen

ट्विटरमा तसलिमाप्रति अश्लिल गाली गलौज पनि हुन थालेका छन् । यो गलत हो । कृपया प्रतिक्रिया दिदा सभ्य भाषामा दिनुहोला । चाहे त्यो तसलिमालाई होस् या अरु कसैलाई । रिस पोख्न गाली नै गर्नु पर्दैन । तलको प्रतिक्रिया हेर्नुहोस्, यसरी पनि त प्रतिक्रिया दिन सकिन्छ  नि, होइन र ?

Saloja wrote on 21 August, 2011, 13:15
तसलीमा तिमि एक लेखिका हौ र म तिम्रो पाठक । करिब १० बर्षभयो मैले तिम्रा पुस्तकहरु पढ्न थालेको । सायद तिमि हुर्किएको र म हुर्किएको पितृ सत्तात्मक समाज एकै प्रकृतिको छ । तिमिलाई हेर्ने समाजको नजर र मलाई हेर्ने समाजको नजर पनि मिल्छ । तिम्रो भोगाई र मेरो भोगाईमा धेरै फरकपना छैन होला । त्यसैलेत तिम्रो पुस्तक पढ्दा मलाई पनि गर्भ हुन्थ्यो । र केटी हुनुको नाताले म आफैलाई प्रश्न गर्थे किन तसलीमाको जस्तो नजरले हामी समाजलाई नियाल्न सक्दैनौ । हामीले आजसम्म किन यो समाजप्रति प्रश्न उठाएनौ समाजले हाम्रो उत्तरदायित्व चाहन्छ भने समाजसंग पनि त समानताको आखाँ हुनुपर्छ नी हैन त्यसैलेत विद्यालय जीवनदेखि नै बुबा आमाले खाजा खान दिएकेा पैशा बचाएर तिम्रा पुस्तक किनेर पढेकेा थिए । म ८ कक्षामा हुदाँ तिमिलॆ लेखेको लज्जा नामको उपन्यास किनेर एक रातमा पढिसकेको याद छ ।

तर तसलीमा तिमि आफूलाई स्वतन्त्र बनाउन चाहन्छौ भने अरुको स्वतन्त्रताको पनि त ख्याल गर्नुपर्छ हैन । हामी आमा र जन्मभूमि समान हो भन्छौ । तिमिलाई थाहा छ आमाको महत्व मलाई पनि जन्मभूमिको महत्व त्यतीकै थाहा छ र तिमिलाई पनि । तिमि हाम्रो छिमेकी मुलुक भारतमा बस्छौ । तिमिले देशप्रेमलाई लुतो हो भनेकी छ्यौ तर तिमिमा आफ्नो मुलुक प्रतिको प्रेम थिएन भने देशबाट निकालेकै विषयमा विरोध गर्दै किन लेख्यौ तेती धेरै पुस्तकका ठेलीहरु देश प्रेम त सबैमा हुन्छ म हुनुपर्छ भन्दिन तर यती भन्छु तिमिमा पनि देश प्रेम छ ।

नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथा भएको मुलुक हो । एसियाका ज्योति भनेर चिनिने गौतमबुद्धको जन्मस्थल पनि । अनि हामी तमाम नेपालीको आस्थाको केन्द्र विन्द्धु हो नेपाल । आधुनिक दस्ता र हतियार सहितका अग्रेजलाई खुकुरीकै भरमा हाम्रा बीर पुर्खाहरुले हराएका थिए । पानी नखाई लडेर आफ्नो बनाएको यो मुलुकलाई तिमिले अर्को देशको प्रान्तको रुपमा हेर्दा हामी सबैलाई दुख लाग्नु स्वभाविक हो । तिमि एक शिक्षित नारी हौ विश्व बुझेकी छौ भन्ने तिम्रा धेरै पाठकको बुझाई छ । अब त्यसलाई मर्न नदेउ । गल्ती सबैबाट हुन्छ तर त्यसको प्रयश्चित सबैभन्दा ठूलो कुरा हो । त्यसैले म आग्रह गर्छु अब नेपालका विषयमा जानकारी राख । र तिमिले आश्रय लिएकै मुलुकमा बुद्धका विषयमा फैलाएको अफबाहलाई पनि गलत हो भनेर कलम मार्फत दर्शाइदेउ । तिम्रो सत्यताको लडाईमा हामी सर्दैब तिम्रो साथमा हुने छौ ।
सलोजा
salojsaky@gmail.com
Source: onlinekhabar (टि्वटर विवादपछि तसलिमा नेपाल आउन सकिनन्)

तसलिमा नसरीनका बारे थोरै कुरा तसलिमा नसरीन बंगलादेशी नागरिक हुन् । उनी पेशाले चिकित्सक थिईन् । तर लज्जा उपन्यासमा उनको इस्लाम धर्मप्रतिको आलोचनात्मक धारणा र क्रान्तिकारी महिलावादी विचारले उनलाई चर्चामा ल्यायो। तर दुर्भाग्य यही कारण कट्टरपन्थीहरुले उनीविरुद्ध फतवा जारी गरे। सन् १९९४ मा उनी आफ्नो देश बंगलादेश छाडेर भाग्नु पर्‍यो। पश्चिमका विभिन्न देशमा बसिन् उनी। स्वीडेनले नागरिकता दियो, जर्मनीमा उनी शरण लिएर बसिन्। भारतको कोलकातामा बसिन् तर त्यहाँ पनि विरोधको सामना गरेपछि छाड्न बाध्य भइन्। भारत सरकारले उनलाई नयाँ दिल्लीको अज्ञात स्थलमा नजरबन्दमा समेत राख्यो। पश्चिम बंगाल सरकारले प्रवेश अनुमति नदिएका कारण अहिले उनी भारतको नयाँ दिल्लीमा बसिरहेकी छिन्।


3 comments:

Nimesh BKK said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तसलिमाले एरपोर्टमा गएर पासपोर्ट ल्याउन भुलें भन्नु नै गलत छ किनकि प्लेनबाट आन्तरिक यात्रा गर्दा नै कुनै न कुनै डकुमेन्ट्सहरु चाहिन्छ भन्ने कुरा बिर्सनु कुनै हालतमा पनि क्षम्म्य हुँदैन . झन् नेपाल विदेशको रुपमा नसम्झेको भन्नु त सरासर गलत वा जानाजान भनेको भन्ने लाग्छ . या त उसले इमोशनमा भनेको वा उक्साहतमा भनेको हुनुपर्छ त्यसरी .

रबिन्द्र राज गिरी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तसलिमाले चाहिं नेपाली स्वाभिमानमा चोट पुर्याईन र आफुलाई संसारको एक नम्बरको मुर्ख साबित गरिन त्यो मेसेज ट्वीट गरेर | अरु के भनौं खोई ?

Nepali keto said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

F*** tasalima.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।