जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पढ्यो, पढ्यो पाठ, सोह्र दुना आठ

पटक पटक बहुमतिय सरकार बन्यो । शान्ति प्रक्रिया र संविधान लेखनको सिन्को भाँचिएन । सबै दोष गयो, बहुमतिय सरकारलाई । अनि क्रम सुरु भयो । बहुमतिय सरकारको राजिनामा गराउँने अनि सहमतिय सरकारको पहल सुरु गर्ने, तर आफ्नै नाममा मात्र । अनि फेरि भएभरको सिप र राजनीति (?) को प्रयोग गरेर पुनः बहुमतिय सरकार बनाउँने । अहिले पुनः त्यही प्रक्रियामा पुगेका छन् दलहरु । झलनाथले राजिनामा दिएपछि राष्ट्रपतिले दिएको सहमतिको समयमा दलहरुले सहमतिको उच्चारण गर्नमात्र भ्याए । हामी सबैलाई थाहा छ, हाम्रा दलहरुको सहमतिको रटान भने 'पढ्यो, पढ्यो पाठ, सोह्र दुना आठ' जस्तो मात्र हो । सदा झै म्याद थप्न भने दलहरु सहमत भएका छन् । अनि कांग्रेसको म्याद थप्ने प्रस्तावमा सहमति हुँदै सहमतीय सरकारका लागि सहमति गर्न तीन दिन म्याद थप्ने राष्ट्रिय सहमति भयो। अब समय बुधबार बेलुका ५ बजेसम्मका लागि पुगेको छ । दलहरुको यो निर्णय तपाईलाई कस्तो लाग्यो ? के बन्ला त सहमतिको सरकार ? लेख्नुहोस्





3 comments:

विक्रम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भो राजनीतिका नकुरा गरुम् भन्यो, जबरजस्ती मुख खोल्न बाध्य पार्छन् । यस्ता नेताहरु जोसुकै पदमा पुगे पनि कुरो उही हो । मोराहरु लाजै पचाएर म बन्ने प्रधानमन्त्री भन्छन् यार ।

हरिमाया said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सबै भन्दा सजिलो निर्णय यही थियो । यसैले यही गरे । अरु त के नै गर्न सक्छन् ।

रीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

उमेर भरिको म्याद दिए पनि यीनीहरुले सहमति बनाउँन सक्दैनन् । सबैलाई पद चाहिएको छ, पद जम्मा एउटा अनि कुरा कसरी मिल्छ ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।