जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालका डक्टरहरुलाई के भ'को यस्तो ?

ए बाबा ! नेपालका डक्टरलाई के भ'को यस्तो ? गल्ती माथि गल्ती । एउटा गल्तीको घाउ आलै छ, अर्को घाउ तयार भईसकेको छ । गल्ती हुन्छन्, तर मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएको ठाउँमा पटक पटक गल्ती ? यो त अति भएन र ? अस्ति भर्खरको समाचार चितवनमा घाँटीको अपरेसन हुनुपर्ने डक्टरले पाठेघर झिकेर फ्याकिदिएछन् । धन्न कसो कसो ज्यान बँचेको थियो त्यो बेला बिरामीको । तर अहिले त दमका बिरामीलाई टिबीको औषधी बोकाएर पठाएछन् । बिरामीको ज्यानै गयो । पुरा समाचार पढ्नुहोस्

दमकी बिरामी भरतपुर-४ कमलनगरकी ५७ वर्षीय पूर्णकली ढकाललाई चितवन मेडिकल कलेजका चिकित्सकले क्षयरोगको औषधि सेवन गराउँदा गएराति मृत्यु भएको हो । गत १ भदौमा दमको उपचारका लागि भर्ना गरिएकी ढकाललाई ४ भदौमा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुँदा चिकत्सकले क्षरोगको औषधि लेखिदिएको र सो किनेर खुवाउँदा स्वास्थ्यमा थप खराबी देखिएपछि सोमबार पुनः अस्पताल ल्याइएकामा गएराति सघन कक्षमा उपचारका क्रममा ज्यान गएको आफन्तले जनाएका छन् । पीडितका आफन्तले अस्पतालका उपचार गराइरहेको क्षय रोगका बिरामी रिङकल घिमिरेको औषधि ढकाललाई दिएको दाबी गरेका छन् ।

डिस्चार्ज हुँदा चिकित्सकले लेखिदिएको औषधि सोमबार सकिएपछि किन्नका लागि मेडिकलमा जाँदा औषधि पसलेले तपाइँको मान्छेलाई टिबी भएको हो र भनेर सोधेको थियो।

'त्यसपछि त हामी झसङ्ग भयौं। डाक्टरलाई सम्पर्क गरेको तत्काल अस्पताल ल्याउनु भन्नुभयो। दिउँसो अस्पताल ल्यायौं, राति साढे नौ बजे उहाँको निधन भयो' पूर्णकलीका आफन्त बालकृष्ण कँडेलले जानकारी दिए।

पूर्णकलीको निधनपछि आफन्तहरुले अस्पताल घेराउ गरेका थिए। अस्पताल प्रशासन र मृतकका आफन्तबीच चार बूँदे सहमति भएपछि पुर्णकलीको लाश अस्पतालबाट आफन्तले बुझेको बालकृष्णले जानकारी दिए।

वार्तामा समेत सहभागी बालकृष्णका अनुसार अस्पताल प्रशासनले गल्ती स्वीकार गर्दै क्षमा माग्न तयार भएको छ। त्यस्तै गल्ती गर्ने व्यक्ति पत्ता लगाएर कारवाही गर्ने प्रतिवद्धता पनि अस्पतालले प्रकट गरेको छ। मृतकको नाममा अस्प्तालले अक्षय कोष खडा गर्ने सहमति पछि मात्रै लाश बुझेको कँडेलले बताए।

'दमको रोगीलाई टिबीको औषधि परेको हो' अस्पतालका चिकित्सक डा.सिपी सेढाईले भने। औषधि फरक परेको कारण नै मृत्यु नै भएको हो या अन्य कारणले हो भन्ने निर्क्यौल भने भइनसकेको चिकित्सकहरु बताउँछन्। बिरामीको मृत्यु घाँटीमा केही सर्किएका कारण भएको चिकित्सकले बताए।


6 comments:

deedab shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यि लापर्वाही गर्ने डाक्टरहरुको लाईसेन्स रद्द गर्ने नियम नबनेसम्म यस्तो त हुन्दै गर्छ ।

अक्षरा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नहुने बेलामा नाति देखी मर्दै आउँछ भन्थे त्यस्तै हुन थाल्यो हाम्रो देशमा पनि । सबै कुरा बिग्रेर भताभुगं हुने भो । जीवन बँचाउँने डक्टरले नै यस्तो गरेपछि कस्को भर पर्ने ?

Kuldip Ghale said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

they are not doctors they are just killers,,,,,,

saroj adhikari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

they r fan of killers.

komal krishna shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yo sab doctor haru ko ego ko karan vayeko ho. uniharu swobhabai le badhi selfproud garnu parne khal ko hunchan.

Emlly Lekali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

chit chordai pass hune dr ra paisa ko dam ma bhaka dr. haru ystai hnchan...khelwad garchn...

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।