माओवादीका नेता बाबुराम भट्टराई नेपालको ३५ औं र गणतन्त्र नेपालको चौथो प्रधानमन्त्री बनेका छन् । प्रतिद्धन्द्धी कांग्रेसका नेता रामचन्द्र पौडेललाई हराएर उनी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । भट्टराईले ३४० मत ल्याएका थिए भने पौडेलले २३५ मत मात्र ल्याए ।
जीवनमा सँधै प्रथम र सफल रहेका भनिने डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको निर्वाचनमा पनि प्रथम भएका छन् । अहिले उनको जितसँग खुसी मनाऔं । अफ्ठ्याराहरु पक्कै छन् । तर अहिलेलाई यो ब्लगमा यतिमात्र भनौं, बधाई छ कमरेड, तपाईमार्फत नेपाली जनताले देखेका सपनाहरु र आशाहरु खेर नजाउँन् । तपाईको कार्यकालको असिम सफलताको शुभकामना ।
होस् गरेर पाईला चाल्नु होलाफोटो साभार कान्तिपुर |
बाबुरामजी तपाई नेपालको प्रधानमन्त्री हुनु भएको छ, यो पदको मान राख्नु होला । तपाईको कार्यकाल पछि प्रधानमन्त्रीलाई हेरिने दृष्टिकोणमा आमुल परिवर्तन होला भन्ने आशा गरेको छैन । तर नेपाली नागरिक भएको नाताले यति भन्छु, तपाईले चाहनु भयो भने धेरै कुरा परिवर्तन भने पक्कै गर्न सक्नुहुनेछ । नडराई अगाडी बढ्नुहोस्, तपाईका सकारात्मक काममा हामी जस्ता युवाहरु सँधै साथसाथ हुनेछौ । तर याद राख्नुहोस्, तपाईको राजनीतिक पृष्ठभुमी फरक छ, तपाईको आगमनको कारण फरक छ । यो भिन्नता तपाईका लागि चुनौति र अवसर दुबै हो । आफुलाई प्रमाणित गर्नुहोस् । तपाई आफै जानकार हुनुहुन्छ तर पनि मेरा केही सुझावहरु यस्ता छन्, कतैबाट तपाईसँग पुग्यो भने याद गर्नुहोला
१) मैले भनिसकेँ तपाईको राजनीतिक पृष्ठभुमी फरक छ । यसैले एक्कासी तपाईमा परिवर्तन देखियो भने तपाईमाथि धेरै कुरा हावी हुन सक्छन् । पार्टी भित्रैबाट बिरोध हुन सक्छ ।
२) तपाईमाथि लाग्ने गरेको भारत समर्थकको आरोपको कारण पनि भारतसँगको सम्बन्धमा तपाईले विशेष चनाखो हुनु पर्ने छ ।
३) तपाई एक्लोले जति गर्न सक्ने आशा गरिन्छ, तपाईलाई समर्थन गर्नेहरुको त्यति नै अविश्वास पनि । पदका लागि जे गर्न तयार मधेसवादीदलहरुका कतिपय नेताहरु तपाई माथि हावी हुन नपाउँन् ।
४) तपाईको विगत हेर्दा केही भावनामा बगेको आँकलनमा पुग्ने गर्छु । मिडियाले उचालेको भरमा प्रधानमन्त्री पदका लागि लालायित हुनु भएको हो कि झै लाग्छ । यसैले भावनामा अंकुश लगाउँनुहोला । महत्वकाक्षी हुनु भएमा पछि अफ्ठ्यारो पर्न सक्छ ।
५) माथि भने झै मिडियामा देखिने कुराको पछि नलाग्नु भए हुन्छ । तपाईको राजनीतिक पृष्ठभुमी फरक छ । राजनीतिक सिद्धान्त फरक छ । यसमा तपाईका बिरोधी पनि उत्तिकै सजग हुन्छन् । मनदेखिको तारिफ र मुखको सतही तारिफको फरक पत्ता लगाउँनुहोला । नत्र सुरुमा खुब तारिफ गरेर सहयोग गरे झै गर्ने अनि पछि माथि पु¥याएर गल्र्याम्म लडाउँने प्रवृतिको सिकार हुनु होला । (प्रचण्डलाई पनि धेरै हदसम्म यस्तै गरिएको थियो ।)
६) पार्टीका मुद्धालाई नै प्रमुखता नदिनु होला ।
७) पार्टीका मुद्धालाई नछोड्नु होला ।
9 comments:
thank you baburam aba khi garera dekhaunu hos tapaimathi nepali janatako thulo aasa ra varosa 6.
कमरेड लाल सलाम !
३५औ प्रधानमन्त्री मा निरबाचित हुनुभ्एकोमा शुभकामना,जनता हरुले आज सम्मका राजनेता भन्दा अलिकती फरक अनि भिन्न आशात्मक हिसाव हेरेका छन्, यदी कमरेड जि को पाला मा पनि नेपालले नया सम्बिधान लेखन शान्ती सुनिस्चितता अहिले चलिरहेका सेना समायोजन लगायत जटिल बिषय निर्क्योल हुन सकेन भने जनताले कुनै पनि राजनेता कुरा बिस्वास गर्नेछैन भन्ने हाम्लाई लाईरहेछ्,~~~~~~~ आश गरौ अर्थमन्त्री को पद सम्हाले बेला जस्तै यस पट्क पनि सोचेको भन्दा बढी काम गरेर जनता सामु सिर ठाडो पार्ने काम गर्नु होला यही नै म जस्ता लाखौ नेपाली जनमानसको करोडौ शुभकामना
आशा गरौ ....."Nayak" जस्तै हुन सफल हुनुहुनेछ भन्ने , सफलताको कामना संगै हार्दिक बधाई Dr बाबुराम भट्टराई ज्यु लाई /उहाको कार्यकाल सफल हुनु भन्नु नै हामी जनताको सफलता हो /
देश र जनताको वर्तमान आवस्यकता अनुशार डाक्टर भट्टराई एउटा Perfect नेता हो, तर सधै सधै जनतालाई अध्यारोमा राखेर आलो पालो सत्ताको घिन लाग्दो खेल भित्र अरबौ को चलखेल गर्न पल्केका ब्वासा नेताहरुले बाबुराम जी को नेत्रित्व जोगिन देलान त
badai 6 baburam g desh lai tapai jasto mancho 6 desh lai ramro sanga handel garnu hola
lalalal baburam kmrod badhai6 nepali kehita garnuhosha nepali jantale hajur lai matra parkhi raheko 6
janta ko ashalai nirasha ma nabadlios subha kam ko lagi agrim subhakamana..............
आशा खेर नजाओस् - desh ko bikash ma brain jaaos ki kaso ganesh ji ..
wow really a lucky country president pane dr pm pane dr. dr baburam you did a really great job by choosing a nepal made jeep really respect you. plz fulfil the public's desire we have a lot of hope with you. best of luckkk.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।