जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

संविधानसभा अंकगणित : दलहरु प्लस, सभासदहरु माइनस

संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरि जम्माजम्मी २५ दलहरुले संविधानसभामा प्रतिनिधित्व गरेका थिए । जनताको लागि संविधान लेख्न भनेर जनताको सपनाको ऋण बोकेर काठमाण्डौ आएका सभासद र तिनका दलहरु संविधान लेख्नुको साटो अचम्मको अंकगणितमा फसेका छन् ।

चुनावी मैदानमा विभाजित भएपनि संविधानसभामा जोडिएलान् भन्ने आशाका विपरित टुक्रिदैछन् दलहरु । एकअर्का दलहरुबिचको मतभेद कारणमात्र होइन, आफ्नै दलभित्रको मतभेदका कारण पनि दलहरु च्यातिदै र चुँडिदै गइरहेका छन् । यसैले संविधानसभामा दलहरु प्लस हुँदै २५ बाट ३१ भएका छन् । यसको विपरित सभासदहरु ५ सय ९४ मा झरेका छन् । भर्खरै मात्र २ जना सभासदहरु यसरी माइनस भएका छन्


सन्तान थरिथरिका भने जस्तो अनेक थरिका सभासदहरुको प्रतिनिधित्व भएको छ संविधानसभामा । पासपोर्ट बेच्ने देखि लिएर चौबाटोमा पतिले प्यार नगरेको भन्दै हल्ला गर्ने सम्मको ठुलो पाखण्डी र बुद्धिहिनहरुको भेला भएको छ । सिद्धान्त र कर्तव्य भन्दा कोसौ टाढा रहेका यस्ता सभासद तथा दलका पदाधिकारीका कारण नै सानातिना मुद्धामा पनि दलहरु टुक्रिदै गएका हुन् । एउटाले अर्कोलाई दलबाट निकाल्ने अनि निस्किएकाले तुरुन्त नयाँ दलको घोषणा गर्ने चलन नेपालमा यसैपनि नयाँ होइन, संविधानसभामा त यसको प्रयोग अझ बढि भइरहेको छ ।

दुई सभासदको सदस्यता खारेज
संविधानसभा सचिवालयका महासचिव मनोहर भट्टराईद्धारा आज जारी गरेको सूचनामा चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष केशव मैनाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजकुमार नाल्बो लिम्बुको सदस्यता खारेज भएको जानकारी गराइएको छ । दुबै सभासदलाई उनीहरुको मुल पार्टीले संविधानसभा सदस्यबाट हटाउँन आग्रह गरेको थियो । दुबैले आफ्नो पार्टी परित्याग गरेर नयाँ पार्टी खोलेका छन् ।


तर संख्या फेरि बढ्न सक्छ
अहिले दुई सभासदको सदस्या खारेजपछि घटेको सदस्य सँख्या पुनः बढ्ने सम्भावना भने कायमै रहन्छ । उनीहरुको स्थानमा मान्यता प्राप्त सम्बन्धीत दलहरुले समानुपातिक सूचिबाट फेरि सभासद मनोनयन गर्न सक्छन् ।

तर संविधानसभाको आयूकै बारेमा प्रश्न उठिरहेका बेला सभासद थप्दा पनि कुनै विशेष प्रभाव के नै पर्ला र ?


3 comments:

आकाश अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रै त भयो नि । सबै अध्यक्ष सबैलाई पद पुग्ने । सबै ठुला मान्छे ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

टाउकेको कुरा गरेर के साध्ये ? यी सालाहरु यस्तै हुन् । गर्नु केही होइन, फुटे अनि कुरा काटे । नेपाली नेताहरुको यो साझा कमजोरी या विशेषता हो । संविधान बनाउँन गएकाहरुको चाला यस्तो भएपछि संविधान कसरी बन्छ र ?

madan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

parties are like amiba in nepal. They are multiplying in number by reducing their trust and quality.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।