जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

घाँटीको अपरेसन हो भन्दा भन्दै पाठेघर फालिदिए


कहिलेकाँही सुन्नमा आउँछ, नाम चलेका नेपाली कलाकारहरु आफ्नो भुमिका के हो भन्ने अग्रिम जानकारी नलिई सरासर स्पटमा अभिनय गर्न थाल्छन् रे । यसको असर नेपाली चलचित्रको व्यापार र गुणस्तरमा राम्ररी नै देखिईरहेको छ । तिनै कलाकारको सिको गर्न थालेछन् डक्टरहरुले । पूर्वजानकारी नलिई डक्टरहरु पनि सरासर अपरेसन थिएटरमा झिरेर बिरामीको पेट चिर्न थाल्दा रहेछन् । आफ्नो कामप्रतिको गैरजिम्मेवारीले यस्ता समस्या र आडम्बरहरु जन्माउँछन् । थोरै मात्र हेलचेक्राईले निकै भयानक र अक्षम्य गल्ती हुन जान्छ । आज चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तै घटना घट्यो ।


आज मात्रै चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डक्टरले सोध्दै नसोधी घाँटीको अपरेसन गर्नुपर्नेमा पेट चिरेर पाठेघर निकालेर फालिदिएछन् । थाइराइडको उपचार गराईरहेकी रुपन्देहीको शंकरनगर ३ की ३२ बर्षिया धनकुमारी बोहोराको घाँटीको शल्यक्रिया गर्नुपर्नेमा डक्टरले पाठेघरको शल्यक्रिया गरेका हुन् । अस्पतालमा उपचारत अर्की बिरामी केशमाया गुरुङको भने पाठेघरको शल्यक्रिया गर्नुपर्ने थियो । आफुहरुले घाँटीको अपरेसन हो पेटको होइन भन्दा भन्दै पनि डक्टरले सुन्दै नसुनी पाठेघरको अपरेसन गरेको पिडितका आफन्तहरु बताउँछन् ।

पिडितहरुले घटना जितेन्द्र परियार लगायतका डक्टरहरुको लापरवाहीको कारण घटना भएको बताउँछन् । तर, अस्पताल प्रशासनले भने शल्यक्रिया गर्ने डक्टरको नाम सार्वजनिक गरेको छैन । यस घटनाको छानविन गर्न भन्दै अस्पतालले छानविन समिति गठन गरेको छ । पिडितको अहिले सोही अस्पतालमा उपचार हुदैछ ।

शल्यक्रिया गर्दा शरिर भित्र शल्यक्रिया गर्दाका सामानहरु छुट्नु नौलो होइन । झट्ट सुन्दा अचम्म र नौलो जस्तो लागेपनि नेपाल जस्ता कमविकसित देशमा मात्र नभएर पहिलो विश्व भनिने अमेरिकामा पनि यस्ता घटनाहरु अत्याधिक हुने गर्दछन् । तर शल्यक्रिया बिरामी साटिनु भने पक्कै पनि सामान्य घटना होइन ।

यो घटना सुन्दा मलाई भने डक्टरको नजरमा बिरामीको हैसियत बिग्रेको रेडियो भन्दा माथिको नहुने जस्तो लाग्यो । तपाईलाई कस्तो लाग्यो ? ति डक्टर तथा पिडितलाई के गर्नुपर्ला ? लेख्नुहोस् ।


4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

डक्टर भनेको के हो ? यीनीहरुलाई किन भगवान भनिन्छ ? डक्टरहरुलाई फेरि एकपल्ट भेटेर सोध्न मन छ ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

डक्टर भनेको के हो ? यीनीहरुलाई किन भगवान भनिन्छ ? डक्टरहरुलाई फेरि एकपल्ट भेटेर सोध्न मन छ ।

Ganesh Maharjan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो हाम्रो नयाँ नेपाल हो । यहाँ जे पनि हुन सक्छ ।

Sagar Raj Kunwar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Hospitalko laparbahika sathai Management naramro hunuko pariman ho.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।