न कुनै हल्ला । न कुनै नारा जुलुस । न त रातारात बैठक नै । त्यै पनि संविधानसभाको म्याद तिन महिना थपियो । आज भदौ १२ गतेमात्र हुदैछ । अझ दुई दिन बाँकी नै थियो । 'आजै दलहरुले संविधानसभाको म्याद थपे ।' सुन्दा पनि नेपालको कुरा होइन कि जस्तो लाग्ने ।
दिउँसो विजयकुमार गच्छेदारलाई मन्त्री बनाएको देखेर संविधानसभाको म्याद थप्न एकजना मन्त्री चाहिने भएर होला भनेर लख काटेका थिए । तर बिहानसम्म म्याद थप बारे केही गाँइगुँई नसुनेकाले यसबारे अड्कल काट्न पनि अफ्ठ्यारो थियो । तर भयो अचम्म, दिउँसो एक्कासी संविधानसभाको म्याद थपिने बारे बहस सुरु भयो अनि बिना होहल्ला सुटुक्क जस्तो पौने नौ नबज्दै मतदानको परिणाम आयो, म्याद थपको पक्षमा ५३७ र विपक्षमा ४ भनेर । यति सजिलै संविधानसभाको म्याद पनि थपिदोरहेछ बाबै ।
तपाईलाई थाहा छ ? यसअघि पनि संविधानसभाको म्याद तिन महिना थपिएको थियो । तर रमाईलो अनि दुर्भाग्यपुर्ण कुरा, यो अबधीभर संविधानसभाको एकपटक पनि बैठक बसेन ।
यसपटकको म्याद जति सजिलो गरेर थपियो, संविधान निर्माणमा रहेका विवादहरु पनि त्यती कै सजिलोसँग सुल्झिउँन् । भदौमा तिज मनाउँन दुई दिन अगाडि नै म्याद थपेका अरे त भन्नेको मुखमा बुझो लाग्ने गरि शान्ति प्रक्रियाका कामहरु अगाडि बढुन् । अन्त्यमा, यस्ता सुखद आश्चर्यहरु देखिरहन र सुनिरहन पाइयोस् ।
3 comments:
yo sab achamma bho? Bholi narajulus jaula! Todfod garaula vannelai loppa khowayo ni
थप थप साथी हो । जति सक्दो म्याद थप । सक्छौ भने छोरानातिलाई पनि सभासद हुने गरि म्याद थप संविधानसभाको । साला कुकुरहरु
go to hell and postponed your punishment.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।