यो फोटो मैले केहि अघि काठमाण्डौको त्रिचन्द्र कलेज अगाडीको सडकमा लिएको हुँ । मध्यदिन, कोलाहल र भिडभाडको समयमा यो सानोमान्छे लोभलाग्दो र मायालाग्दो गरि मस्त निन्द्रामा सुतिरहेको थियो । सिक्का बटुकामा खस्दा आवाजले ब्युँझेलाकि भनि मैले आवाज ननिस्किने गरि निहुरिएर बटुकामा २ रुपियाँको सिक्का हालिदिएको थिएँ । आज भावना पोख्ने चुनौतिस्वरुप यो फोटो राखेको छु । मनमा जे भावना आउँछ निर्धक्क पोखिदिनुस् है ।
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
6 comments:
जीवन किन जीवन जस्तो छैन
सपनाहरु देख्न किन सजिलो छैन
प्यास छ यति विघ्न
पानीसम्म पुग्न किन सजिलो छैन ।
दोष के मेरो ?
पैसा नहुनु ?
या भाग्य नहुनु ?
बटुकामा खस्दछन् सिक्काहरु
कता कता भाग्य बजेको हो कि झै लाग्छ ।
तर महंगा भए आशाहरु
एक बटुको पैसाले पनि नआउँने ।
आखाँका सपनाहरु पुरा गर्दा
पेटको आगोले जीवन सल्कन खोज्छ ।
पेटको आगो निभाउँछु
आशा र सपनाहरुले मन जलाउँछ ।
किन सजिलो भएन बाँच्न ?
के दोष हो मेरो ?
म सपना किन्ने पैसा लिन आएको मान्छे
निन्द्रामा छु,
सपना छ,
जब उठ्छु
अगाडी बटुकाको पैसाले बताउँछ
सपना कतिसम्म राम्रो थियो ।
यो जिन्दगी
खै के जिन्दगी !
कोही महलमा
सुख सयल गर्छन्
कोही सडकमा !!
गरी खानु भन्दा मागी खानु सजिलो भो
देशले रोजगारी दिन सकेन महँगी मात्रै बढ्दो भो
माग्नेको हात-हातमा मोबाइल भैसक्यो
आफुलाई गतिलो मोबाइल किन्ननि सारो भो
कहिले काही रत्नपार्क तीर हिड्दा
माग्नेले गर्दा बाटो काट्न नि गारो भो
कोही पट्टी बानेर बस्छ्न, कोही रागोको रगत पोतेर बस्छ्न
ब्यसहरा नै हुने भय यिनीहरु धर्तिमा किन खस्छंन
निन्द्रा मिठो छ
उठ्न चाहान्न म ।
उठिसक्दा भोकले सताउँछ
भिडले तर्साउँछ ।
यति सानो म
यति ठुलो संसार
एक्लो,
फगत एक्लो ।
बाँच्नुको परिभाषा थाहा छैन
र, म बाँचिरहेको छु ।
सुतिरहे भने परिभाषा पनि जान्दिन
यसैले
नउठाउ
छन्द कबिता
जन्मिन्छन् जसरी अनाथ बिचरा मर्छन् विकालै कयौँ ।
निद्रा भोक असङ्ख्य रोग सहँदै बाँच्छन् अभागी सयौँ ।।
जीवन् हो बटुको दयालु जनको माया सँगाली दिने ।
उठ्ला नीद पुगे अनेत्र हिँडला गन्तब्य देख्यो भने ।।
बा आमा खतुकी त हुन् अझ भनौ यो राज्य पापी हुँदा ।
लाखौँ बालक देशका सडकमा थापी कटौरो रुँदा ।।
चढ्ला बैँस जसै कुनै दिन त यो गुण्डा बनेमा पनि ।
रोक्ने के अधिकार भो र कसको यो गर्न हुन् नै भनी ।।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।