जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label तस्विरभित्र शब्दहरु. Show all posts
Showing posts with label तस्विरभित्र शब्दहरु. Show all posts
यसबारेमा थप केही भनिरहनु नपर्ला । समस्या सबैलाई थाहा छ । यो तस्विर फेसबुकबाट लिएको हुँ । र आज यही समस्यामा कविता लेख्ने चुनौति दिएको छु । लेख्नुहोस् है ।
यसको जीवन कति ढुक्कको छ । कति शान्त छ । अनि, हामी ? भो कुरै नगरौं । एक पटक सोचौं न, हाम्रो जीवन पनि यस्तै ढुक्कको निष्फिक्रि भइदिए । आहा । आज यही बिषयमा कविता लेख्न कोशिस गरौं न हुन्न ? भित्र हाँसहरुको रमाइलो भिडियो पनि छ, हेर्न भित्र आउँनुहोस्
यो सुर्योदयको सामान्य तस्विर हो । तराईको भुभागबाट बिहान सखारै देखिने सुर्योदय यस्तै नै हुन्छ । तर सुर्योदय जति सामान्य भएपनि मानव मनमा यसले केही तरङ्ग भने केही पक्कै ल्याउँछ । कतिका मनहरु कवि बन्छन् । अनेक रचनाहरु फुर्दछन् । तपाईले कहिल्यै सुर्योदय हेरेर कलम चलाउँनु भएको छ ? केही लेख्नु भएको छ ? छ भने कृपया यहाँ बाड्नुहोला । छैन भने आज यही तस्विर हेरेर केही लेख्ने कोशिस गर्नु न है । कविता, गीत वा गजल जे छ तल कमेन्टमा लेख्नुहोला ।
यो तस्विर मलाई खुब मन पर्छ । यो तस्विरमा म प्रकृति र जीवनशैलीको निकै राम्रो मिश्रण देख्दछु । यसैले कविता लेख्ने चुनौतीस्वरुप आज यो तस्विर राखेको छु । कृपया यही तस्विरको भाव अनुसार कविता लेख्ने कोशिस गर्नुहोला ।
धेरै केही लेख्दिन । हामी सबैलाई थाहा छ किसानका बाध्यता, परिस्थिती र आकांक्षका बारेमा हामी सबैलाई थाहा छ । तर कहिले तपाईले किसानप्रति दुई शब्द पोख्नु भएको छ । यदि छैन भने आज कविता, गीत र गजल लेख्ने चुनौतिस्वरुप त्यही किसानलाई उभ्याएको छु । केही लेख्नुहोस् है ।
गाउँको जीवनमा बिहानदेखि बेलुकासम्म काम हुन्छ । भ्याइनभ्याइ हुन्छ । त्यैपनि मानवताका लागि समय हुन्छ । अझ भनौं जीवनका लागि समय हुन्छ । एउटाले अर्कोलाई ख्याल गर्ने समय हुन्छ । कसका घरमा को पाहुना आए सम्म थाहा हुन्छ गाउँमा । तर काठमाण्डौँ ? उफ् हतारै हतार । लाग्छ सबैजना दौडमा छन् । र, म पनि । जीवनका लागि समय घट्दो छ । मानवताका लागि समय पिटिक्कै छैन । वीर अस्पताल छेउको आकाशेपुलबाट एकछिन सडक नियालेँ । सबै दौडमा छन् । पुग्ने कहाँ, पाउँने के ? थाहा छैन । दिक्क लागेर आयो । अनि आज गीत, कविता, गजल लेख्ने चुनौतिस्वरुप यही तस्विर राखेको छु । यो दौडबाट अलिकति समय निकाल्नुहुन्छ भन्ने आशा छ । सँगै कर्मठ सुवेदीको काठमाण्डौंको मान्छे शिर्षकको कविता पनि राखेको छु, पढ्नुहोस् है ।
यो फोटो मैले केहि अघि काठमाण्डौको त्रिचन्द्र कलेज अगाडीको सडकमा लिएको हुँ । मध्यदिन, कोलाहल र भिडभाडको समयमा यो सानोमान्छे लोभलाग्दो र मायालाग्दो गरि मस्त निन्द्रामा सुतिरहेको थियो । सिक्का बटुकामा खस्दा आवाजले ब्युँझेलाकि भनि मैले आवाज ननिस्किने गरि निहुरिएर बटुकामा २ रुपियाँको सिक्का हालिदिएको थिएँ । आज भावना पोख्ने चुनौतिस्वरुप यो फोटो राखेको छु । मनमा जे भावना आउँछ निर्धक्क पोखिदिनुस् है ।
पानीफोटोमा यो नयाँ स्तम्भको सुरुवात गरिएको छ । वास्तवमा यो मेरो बेग्लै सुरुवात भने होइन । यसअघि नै यस किसिमका स्तम्भहरु पत्रपत्रिकामा तथा ब्लगमै पनि प्रशस्त पाईन्छन् । तरपनि तपाईहरुको सहभागिताको आशा गर्दै यो स्तम्भ सुरु गर्ने जमर्को गरेको छु । यो तस्विर हेरेर तपाईको मनमा जे आउँछ, कविता, गीत, गजल वा निबन्ध लेख्नुहोस् ।