हामी देउता पुज्छौ । महानवाणीहरु प्रति नतमस्तक हुन्छौं । तर यथार्थमा हामी मानव हौं । त्यो पनि चरम भौतिकवादी युगका । लोभ, लालच र दरिद्रता त हाम्रो नसा नसामा छ । साना भन्दा साना कुराले पनि हामीमा यत्ति धेरै लोभ उत्पन्न हुन्छ कि हामी आफुलाई रोक्नै सक्दैनौं । यो त सामान्य कुरा हो । तर यसको अपवाद पनि प्रशस्त पाईन्छ । यस्ता अपवादहरु मनमा गहिरिएर बस्छन् । खास गरि तब, जब यस्तो अपवाद हामी आफैले अनुभव गर्न पाउँछौ । कुरा सामान्य हो, तर अर्थपुर्ण लाग्यो । यसैले यहाँ पोस्ट गरेको छु ।
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label आँखिझ्याल. Show all posts
Showing posts with label आँखिझ्याल. Show all posts
विदेशी भन्छन्, 'नेपाल बुझ्नु चानचुने कुरा होइन'
Posted by
पानीफोटो
on Friday, September 9, 2011
-ब्रुस्ले थ्रिस्तँ-
भारतमा काम गर्न जानु गरिबीको बाध्यता मात्रै चाहिँ होइन, संस्कार पनि हो । त्यहि संस्कारले गर्दा कतिपय किशोरहरू बाबुआमाको खल्तिबाट पैसा चोरेर राती नै घरबाट भाग्छन् । उनीहरूमा एक पटक भारत हेर्नैपर्छ भन्ने छाप सानैदेखि परेको पाइन्छ । भारत कहाँ छ भन्ने थाहा नहुनेले पनि एक दिन मलाई ‘बैँगलोर जाने हो’ भनेर सुनाउँदै थिए ।
नयाँ पुस्ता भारत जाने अर्को कारण ठूला पाकाको गलत प्रचार पनि हो । भारतबाट फर्किनेले त्यहाँ पाएको दुखको वर्णन गर्दैनन् । तलव नपाएको, भारतियले ठगेको, कुटेको, धारो पानी नभएको अँध्यारो कोठामा १०, १२ जना कोच्चिएर बसेका कुरा भन्दैनन् । बरु भारतमा आफुले मस्ति गरें भन्दै बढाइचढाइ गरेर सुनाउँछन । भारतीय चुरोट तान्दै मोजमस्ति गरेका कुरा सुनेपछि किशोरहरूलाई कहिले भारत पुगौं जस्तो हुन्छ ।

होमस्टेका लागि हामी कति तयार छौ
Posted by
पानीफोटो
on Thursday, August 18, 2011
![]() |
| नेपालमा होमस्टे सञ्चालन गर्नेले प्रयोग गर्नु पर्ने लोगो |
नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू
Posted by
पानीफोटो
on Sunday, March 20, 2011
परापूर्वकालदेखि नै नारीवर्ग सधैँ पुरुषवादी हैकम अनि दास मनोवृत्तिको शिकार बन्दै आएका छन् । नारी जातिले सृष्टिको सुरुवाती कालखण्डदेखि नै आफ्ना हक अधिकार कुण्ठित बनाईदिने पित्तृसत्तात्मक समाजसँग पौँठेजोरी खेल्दै अघि बढ्नु परेको छ । वास्तवमा नारीवर्गलाई पुरुष सरह समान राजनीति, आर्थिक एवं सामाजिक अधिकारहरू र समान अवसरहरू जुटाउन नारीवादी सोच एवम् चिन्तनको प्रादुर्भाव भएको हो । नारीवादी सिद्धान्त विशेषतः नारी अधिकार र नारी जातिको स्वतन्त्रतासँग सम्बन्धित विषयवस्तु हो ।हाम्रा सामाजिक साँस्कृतिक मानकहरू र विभिन्न धार्मिक मूल्य एवम् मान्यताहरूले नै नारीजाति माथि विभेद गरेको पाइन्छ । धर्मशास्त्रहरुले समेत नारीजातिलाई कमजोर एवम् निरीह जीवका रूपमा देखाउन खोजेका छन् । यस किसिमका नकारात्मक चित्रणकै कारण निश्चय नै नारी जातिले एउटा बेग्लै पहिचान खोज्नुपर्ने भयो त्यस अनुरूप नारी जातिलाई एक छुट्टै शक्ति एक सबल रूपमा प्रस्तुत गर्नाका लागि नारीवादको उदय भएको हो ।