जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मर्ने बेला गलामा हाल्न शुद्ध पानी त पाईएला नि !

-हरिहर शर्मा-
पानी देखि पाउरोटीसम्म र मसलादेखि मासुसम्म दूषित रहेको यथार्थलाई मिडियाहरुले उदांगो पारिरहदा मनमा उराठलाग्दो जिज्ञासा जन्मेको छ, अब के खाने त हामी ? आगो र पानी मान्छेलाई नभई नहुने कुरा । यहाँ आगोमै चुहावट छ र पानीमा मिसावट । ग्यास सिलिन्डर पुराना र टालटुल गरिएका छन् । कम तौलबाट हुने ठगी छदैछ । बीस घुट्काका लागि बीस रुपियाँ तिरेर किनिने पानी शुद्ध छैन ।


खाजामा बढी प्रयोग हुने वेकरी उत्पादनहरु अपत्यारिलो ढंगले दूषित छन् । बिस्कुट र चाउचाउमा प्रयोग हुने भनिएको बिग्रेको पिठोको पर्दा खूल्न मात्र बाँकी छ अनि त नेपालीको खाजा नै बन्द ।

खानामा प्रयोग हुने वस्तु पनि कहाँ शुद्ध छन् र ? बिरामीलाई फलफूल खान भनिन्छ । यहाँ फलफूल खाँदा सद्दे मान्छे बिरामी पर्छ । फलफूल रसायनबाट पकाईन्छन् र ती नकुहिन्जेल बिक्रीमै रहन्छन् । काँक्रा, गाँजर, काउली, फर्सी, टमाटर आदि सबैजसो तरकारी सुई लगाएर हलक्कै हुर्काइन्छन् । तरकारी किन्दा उपभोक्ताले छाडेका बिग्रिएका तरकारी होटलवालाले सस्तोमा किन्छन् र ती पनि उपभोक्ताकै भागमा पर्छन् ।

मानिस पर्दा लासलाई बरफसँगै जुन रसायन मिलाएर नगनाउँने गरि राखिन्छ, काठमाण्डौमा भित्रिने माछामा त्यही रसायनको प्रयोग हुन्छ । तथापि उपभोक्ता बाध्य छन्, यस्तै माछा खाएर मुटु बलियो बनाउँन ।

काठमाण्डौमा बुढा भैसीलाई राँगा बनाएर काटिनु सामान्य कुरा भईसक्यो । खसीको टाउको सजाएर बाख्राको मासु बेचिन्छ । यतिसम्म त देखिएकै तथ्य भयो । खसीको टाउको अगाडी राखी कुन चौपायाको मासु तयार गरिन्छ, बुझ्नै पर्ने भा छ ।


प्रशासन केहीदिन सक्रिय हुँदा यति विघ्न डरलाग्दा यथार्थहरु बाहिर आएका छन् भने यो सक्रियता नियमित हुन सके उपभोक्ता पैसा तिररे मृत्यु किन्ने बिडम्बनाबाट बँच्न सक्नेछन् । अनुगमनमा नियमितता मात्र होइन, आवश्यक परे कानुन संशोधन गरेर भएपनि दोषीलाई कडा कारवाही गर्न जरुरी छ ।

कुनै दिन यस्तो नआओस् कि मर्ने बेलामा गलामा शुद्ध पानी नभेटियोस् । कसैको रोजाई नबनोस् विष, तर यस्तै अवश्था रहिरहे यहाँ शुद्ध विष पाउँन पनि गाह्रो हुनेछ ।

4 comments:

Ganesh Shah Dang said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पैसोका लागि मान्छेले मान्छेप्रती गरिने अपराध सर्वत्र ब्यापक भएको बेख्दा मन शाहरै आह्व्ल बिह्वल भयो।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खोइ यस्तै ताल हो भने मर्ने बेलामा मुखमा हाल्ने पानी पनि हुन्न । होइन, कति सारो बिग्रेछ नेपाली बजार ।

Arjun Niroula said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कसैको रोजाई नबनोस् विष, तर यस्तै अवश्था रहिरहे यहाँ शुद्ध विष पाउँन पनि गाह्रो हुनेछ ।

LIke

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

this problem will be remain as it is until the government of the nepal do the right thing.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।