जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

२६ बर्षको रेकर्ड तोड्दै सकियो सोह्र श्राद्धे झरी

पानी त्यो पनि सिमसिमे, मलाई निकै मन पर्ने कुरा हो । तर काठमाण्डौमा यो सिमसिमे पानी भन्ने बित्तिकै सिकसिको लाग्न थालेको छ । सिमसिमे पानी अनि एकोहोरो झरी । त्यसको मनोरम दृष्यमा मन रमाउँनै सक्दैन जब बाटोमा छरिएका फोहोरका टुक्रा र ढलको पानीले सडक भरिन्छ । बाटोमा एकनासले हिडिरहदा हुनेखानेका सवारीबाट छेपिएको सडकको पानी शरिरमा छर्किदाको अनुभवले जति कोशिस गरेपनि झरीमा मन मान्न तयारै हुदैन । सोह्र श्राद्धे झरी भनेर चिनिएको यो झरी कहिले टुगिंएला जस्तो मात्र भइरह्यो । तर आज मौसम विज्ञान विभागका अनुसार आजदेखि काठमाण्डौका लागि भने सोह्र श्राद्धे झरी सकियो, त्यो पनि नयाँ रेकर्ड राखेर ।



आइतबार साँझदेखि सोमबार साँझसम्म काठमाडौंमा ८९ दसमलब ९ मिलिमीटर पानी परेको छ काठमाडौंमा यो मनसुन मात्र नभइ २६ वर्ष पछि सेप्टेम्बरमा रेकर्ड भएको सर्वाधिक वर्षा हो । यसअघि सन १९८५ सेप्टेम्बर १७ मा ६९ मिलिमीटर वर्षा भएको थियो। उपत्यका बाहिर सर्वाधिक वर्षा ओखलढुंगामा ९७ दसमलब ० मिलिमीटर रेर्कड भएको छ । सोमबार सम्मको वर्षाले महिनाभरीको औसत वर्षाको दर १८९ दसमलव ९ लाइ उछिनेर २ सय २ दसमलब ७ मिलिमीटर पुगेको छ ।

खाडीमा पानी पार्न आवश्यक मानिने जलवाष्प युक्त हावाको जमघटका कारण (न्युन चापिय क्षेत्र) मध्यमाञ्चल र पुर्वी नेपालमा वर्षा गराउँदा दशैंको मुखमा जनजीवन प्रभावित भएको थियो । असोजको दोस्रो साता पुग्दा समेत स्थानीयले असारे मौसमको छनक पाइरहेका थिए । बर्षाका कारण घर भत्किएर नुवाकोट र काभ्रेमा गरी २ जनाको ज्यान गएको छ ।

यो झरीमा मैले काठमाण्डौंको केही दृष्य मोबाइलबाट खिचेको थिएँ । तस्विरहरु सामान्य छन् तर पनि यसले झरीमा काठमाण्डौको अवश्था देखाउँन केही सहयोग भने पक्कै गर्नेछ ।











3 comments:

Lok bahadur thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepalko bato k garnu khattam chha..pani parda sadakma khola bagchha ani hilo hunchh ra pani naparda dhulo mailo hunchha..

आनन्द धिमाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साथी गफ दिए जस्तो पो लाग्यो त । पानी त मज्जाले परि रको छ । कि बादलले बाटो बिर्षिएछ ?

जीवन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पानी त प्रकृति हो । पर्छ नि । तर हामी प्रकृति अनुसार आफुलाई तयार गर्नुपर्छ । नत्र दुख पाईन्छ । यही भएको हो हाम्रोमा ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।