जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यस्ता रहेछन् हिजो गोली हान्नेहरु, हेर्नुस् त चिन्नुहुन्छ कि !

हिजो काठमाण्डौको घण्टाघर नजिकै इस्लामी संघका महासचिव फैजन अहमदलाई गोली हानेर हत्या गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार हत्याराहरु दुई जना थिए । आज महानगरीय प्रहरी अपराध महाशाखाले ति दुबैजना  हत्याराहरुको स्केच सार्वजनिक गरेको छ । तस्विर दायाँ तिर हेर्नुहोस्, विस्तृत थाहा पाउँन भित्र आउँनुहोस् । कतै चिन्नु हुन्छ कि !

विवरणमा भए अनुसार मिति २०६८।०६।०९ गते अं १४:०० बजेको समयमा का.म.पा.३१ घण्टाघर अगाडी जि.सुनसरी भोक्राहा घर भई का.म.पा. म्हेपी डेरा गरी बस्ने इस्लामिक संघ नेपालको महासचिव वर्ष ४१ को फैजान अहमदलाई अपरिचित २ जना व्यक्तिहरुले गोलीहानी घाइते बनाएकोमा तत्काल वीर अस्पताल लगि उपचार हुँदा हुदै मृत्यु भएको।


पहिलो अभियुक्त
उमेर :- अन्दाजी ३० बर्ष
पातलो शरीर, अन्दाजी ५ फुट ७ इन्च, कपाल आर्मीकट काटेको, खैरो क्याप लगाएका, पुलिस आर्मीले प्रयोग गर्ने जस्तो बुट लगाएको तर बुटमा टल्काउने नोख नभई सादा भएको, खैरो पेन्ट, नीलो रङको तर हल्का नीलो २ पीस रेनकोट लगाएको ।

दोस्रो अभियुक्त
उमेर :- अन्दाजी ३० बर्ष
पातलो शरीर, उचाई ५ फुट ८ इन्च, शारीरीक रुपले सुगठित , कपाल आर्मीकट काटेको,खैरो क्याप लगाएका, पुलिस आर्मीले प्रयोग गर्ने जस्तो बुट लगाएको तर बुटमा टल्काउने नोख नभई सादा भएको, २ पीस रेनकोट लगाएको, अनुहार गोलो र फ्रेन्च कट दारी पालेको।




5 comments:

आनन्द धिमाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

देखेको र चिनेको भए पनि कहाँ भन्न सकिन्छ र ? पुलिस कार्यालयको नाकै मुनी गएर गोली हान्न सक्नेले हामीलाई चै बाँकी छाड्लान् र फेरि ? यसैले यस्ता कुरामा म चै लाग्दिन । आखिर ज्यान भन्दा प्यारो के हुन्छ र ?

Bikram said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

They are professional shooter.

Roma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

desh astai chha.

रूक्मागत शर्मा पौडेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

उमेर :- अन्दाजी ३० बर्ष,पातलो शरीर, उचाई ५ फुट ८ इन्च, शारीरीक रुपले सुगठित , कपाल आर्मीकट काटेको,खैरो क्याप लगाएका, पुलिस आर्मीले प्रयोग गर्ने जस्तो बुट लगाएको तर बुटमा टल्काउने नोख नभई सादा भएको, २ पीस रेनकोट लगाएको, अनुहार गोलो र फ्रेन्च कट दारी पालेको।
दुवैमा खास फरक देखिएन उचाइको हकमा १ इन्च फरक मात्र। यसबाट के हत्यारा पत्ता लाग्न सक्छ। असम्भव जस्तो लाग्दछ। लगभग यस किसिमको विवरण भएका धेरै नै मानिस भेटिन्छन कि कसो।

कबि गुरुङ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

देखे-चिने पनि कसरी भन्नु !! पुलिस प्रशासनले उल्टै भन्नेलाई खेदो खनेर सु:ख चैन सँग बस्न दिने होईन....????

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।