जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

दशैँसँगै पिङको रौनक सुरु भईसक्यो । घरका दलिनदेखि लिएर रुखका काप र बाटो, डगरमा लगाईएको पिङले दशैँको रौनक अझ थप गराउँछ । सानो हुँदा बाटोमा लगाईएको लिङ्गेपिङ खेल्न डर र भिड दुबैको कारण पाइन्नथ्यो । यसैले घरको दलिनमा वा साना रुखका कापमा पिङ लगाउँन लगाएर खेलिन्थ्यो । तपाईसँग त्यस्तो अनुभव छ कि छैन कुन्नी मसँग चै प्रशस्तै छन् । अरुले आएर मेरो पालो भनेर पिङ खोस्न खोज्दा त झन् छाड्नै मन नलाग्ने ।
त्यही बालापनको मज्जा सम्झदै यसपालीको लागि कविता, गीत, गजल लेख्ने चुनौतिस्वरुप यो फोटो राखेको छु । लेख्नुहोस् है ।


3 comments:

मनीता बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जिन्दगीले थाहै नपाई
कोल्टे फेरिसकेछ ।
हिजोसम्म सबै सुहाउँथ्यो ।
माटोमा लडिबुडि गरे पनि
हिलो छ्याप्दै कुदे पनि
बिनाकारण खसेका आसुले पनि
साना साना कुराका हासोले पनि
हिजोसम्म सबै सुहाथ्यो ।

आज हेर्छु
साना केटाकेटी
सोच्छु
म पनि त केटाकेटी नै हुँ
कहिले ठुलो भएँ पत्तै भएन ।

अहिले सम्झन्छु
ठुलो मान्छेलाई केहीले सुहाउँदैन
गजक्क परेको मान्छे
नखुलेका ओठहरु
अहँ पिटिक्कै सुहाउँदैन ।

यसपालीको दशैँमा
केटाकेटी हुनु छ ।
फेरि फर्काउँनु छ बालापन ।

कोही छ मेरो पिंग खोस्ने दौतरी ?
कोही छ माटोमा मसँगै लडिबुडि खेल्ने ?
यसपालीको दशैँमा त जसरी भएपनि
बालापन फर्काउँनु छ ।

Bikram Baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दशैं आउदा देख्छु सबै रमाकै
मै परें अभागी कसलाई भनु खै

सरकारले हेर्लाकी भन्ने आस थियो रत्ती भर सोचेन
भूकम्पकै माहामारीमा पनि गृहमन्त्रीलाई पटक्कै घोचेन

सबैको दशैं भन्छन होड्बाजीले जित्ने भो
आफ्नो त दशैं सातुले बित्ने भो

एकसरो लाउने रहर बलेको मैन भो
आउने-जाने चाडहरु हुनेहरुको चैन भो

दशैं खर्च कटौती गरी
नयाँ लुगा किन्देउन एक थरी

दिनको कमाई सब्जिमा सिद्दिन्छ
लुगा किन्ने बेलामा बगली रित्तिन्छ

panu said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आयो दशैं
खेलौं पिंग
दुख भुलेर साथी हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।