जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्रीले हिन्दी फिल्म 'नायक' हेरे जस्ता छन्

प्रधानमन्त्री बाबुराम भट्टराईले करिब ५० मिनेट लामो प्रत्यक्ष रेडियो संवाद गरेका छन् । जसलाई रेडियो नेपाल र एभिन्युज टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रधानमन्त्री बाबुराम भट्टराई प्रत्यक्ष रेडियो संवाद गर्दै । 
हाम्रा प्रधानमन्त्रीले अनिल कपुरको 'नायक' फिल्म हेरे जस्ता छन् । भाका टपक्कै टिप्दैछन् । अब अमरिस पुरीहरुले के प्रतिक्रिया दिने हुन् हेर्न बाँकी छ । अमरिस पुरीहरुले कस्मेटिक प्रधानमन्त्री त भनिरहेकै छन् अब थप जे भनुन् । तर हामीलाई नायक फिल्मको अनिल कपुरजस्तै प्रधानमन्त्रीको चाहना थियो र छ । हेरौं, बाबुराम भट्टराईले कतिको चाहना पुरा गर्न सक्छन् । तर उनले आज र हरेक महिनाको १५ गते जनतासँग रेडियोमार्फत प्रत्यक्ष संवाद भने गर्ने भएका छन् । आज तपाईले उनलाई प्रश्न टेलिफोनबाट या इमेलबाट प्रश्न सोध्न सक्नुहुनेछ । थप जानकारी भित्र



रेडियो नेपालमा आज आइतबार बेलुकी ८:१० देखि ९ बजेसम्म यो कार्यक्रम हुनेछ । त्यसपछि प्रत्येक महिनाको १५ गते यस्तै कार्यक्रम हुने भनिएको छ । प्रधानमन्त्रीसँग लाइभ कुरा गर्न त्यही दिन रेडियो नेपालको टेलिफोन नम्बर ०१–४२११७२१ र ०१–४२११७३६ मा सम्पर्क गर्नुपर्नेछ। फोन गर्न गाह्रो भए आफ्नो प्रश्न तपाईँले pm.radionepal@gmail.com मा पनि इमेल गर्न सक्नुहुनेछ। इमेल मार्फत आएका जिज्ञासाहरुको जवाफ पनि सोही समयमै रेडियो नेपालबाट दिने प्रधानमन्त्री भट्टराईले बताएका छन् ।

तपाईले यहाँबाट नै रेडियो नेपाल सुन्न सक्नुहुनेछ । बजेन भने प्लगिन इन्स्टल गर्नुहोला ।




अरु नेपाली एफएम सुन्न यहाँ क्लिक गर्नुहोला ।


5 comments:

Kumar PD Khanal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाली हरु लाई तपाई बाट धेरै आश छ. तपाई पैसा कमाउन आएको होइन. तपाई त्यागी हुनुहुन्छ. त्यो कुरामा हामी नेपाली लाई धोखा न होस्. अर्थ मन्त्रि हुँदा कमाएको नाम बदनाम न होस्, त्यहि मेरो यो विजया दशमी २०६८ को शुभ कामना छ तपाई लाई.

प्रविन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तपाईका लागि तपाईको इज्जत जति प्यारो छ त्यती नै अप्रिय छन् तपाईका मन्त्रीहरु हामीलाई । यस्ता मन्त्रीहरुको साथले तपाईको डुंगाले कसरी समुद्र पार गर्छ, थाहा छैन । तर आशा छ पार गर्छ ।

आकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो राम्रो सुरुवात हो । यसले नेता तथा मन्त्रीहरुलाई उत्तरदायी बनाउँछ । जनताका प्रश्न सुन्ने जुन हिम्मत गर्नु भएको छ यसका लागि धेरै धेरै धन्यवाद ।

रिपेन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भारत विहारका मुख्य मन्त्रि नीतीश कुमारको साप्ताहिक कार्यक्रम “जनताको दरबारको” (http://174.132.196.242/showtext.aspx?boxid=13459906&parentid=17248&issuedate=1102011) को नेपाली सस्करण जस्तो लाग्यो। ठिकै छ राम्रो कुरोको नक्कल गर्नु। कार्यक्रममा सुनेका अनी बोलेका कुराको सही र राम्रो ढंगबाट कार्यन्वयन गर्न सकोस बिजया दशैको यही शुभकामना।

Nima said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रेडियो नेपालले सरकार प्रमुख संगको अन्तरक्रिय कार्यक्रम संचालन गर्नु राम्रो कार्यको थालानी हो, यो अन्तक्रिया कार्यक्रममा प्रत्येक मन्त्रि र मन्त्रालयको सचिवहरु संग पनि हुने गरिनु पर्छ| अनि जनताले आफ्नो मनमा लागेका र चित्त नबुझेका कुरा,जिज्ञास राख्न पाउने छन् |तर ति कुरा र जिज्ञासहरु प्रति कस्तो प्रकारको प्रतिकृय जनाउँछ,त्यो भने हेर्नै बाँकी छ| राजनीतिक पार्टीलाई मात्र समर्थन गरेर सरकार बनाउनु पर्छ भन्ने क्षुद्र बिचारलाई त्यागेर राष्ट्र राष्ट्रियता प्रति बफादार रही ,देश र नागरिकको बिकास प्रति सकारात्मक सोंच भएका सक्षम व्यक्तिलाई राजनीतिक दृष्टिकोण बाट नभएर व्यक्तिको चरित्र,सोंच बिचारलाई अध्ययन अध्यापन गरेर समर्थन र सहयोग गर्न सकिन्छ|नेपालमा राजनीतिक दलहरुको अहिले सम्मको नतिजा हेर्दा कुनै पनि हालतमा राजनीतिक दलहरु बाट सान्ति सुब्यबस्था कायम गर्न सक्ने छाँट काँट देखिएको छैन|त्यसैले बाबुराम,गोकर्ण बिष्ट,गगन थापा,जस्ता व्यक्तिहरुलाई राजनीतिक धार बाट नभएर व्यक्तिगत धार बाट राष्ट्र हाँकन्लाई राष्ट्र राष्ट्रियता प्रति चिन्तन भएका सम्पूर्ण नागरिकहरु एक जुट भएर साथ् र सहयोग गरेमा अवश्य पनि देशले मुहार फेर्ने छ|

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।