जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा आफ्नै हजुरआमालाई सम्झदै

मेरी हजुरआमा, तिन छोरा र पाँच छोरीहरुकी आमा, २९ नाती-नातिना र अझै धेरै पनाति-पनातिनीहरुकी आफ्नै ममतामयी धरोहर हुनुहुन्छ ।
उहाँको अनौठो बिसेषता हामी यति धेरै हाँगा हरु उहाँबाट फैलिएका छौ तर पनि हामी हरेकको लागि उहाँ बिसेष हुनुहुन्छ । म सुन्थे हामी सानै देखि एकअर्का संग विवाद गर्थ्यौ कि हजुरआमाले सबै भन्दा बढी मलाई माया गर्नुहुन्छ ।


म कहिले बिर्सिन सक्दिन उहाँ बाट पाउने साना-साना तर मुल्यवान उपहारहरु, ति जे पनि हुन सक्थे एउटा मिश्रीको डल्लो, मिठो कसैले उहाँलाई भनेर ल्यैदिएको कुरौनी, उहाँको पुरानो र हाम्रो लागि संसारको सबै भन्दा बढी पैसा भएको थैलीबाट दिएको १ रुपयांको नोट आदि आदि । अनि म ठान्थे उहाँले मलाई जति माया सायदै कसैलाई गर्नु हुन्छ ।


आज सम्झिन्छु । मेरो उमेर पनि बढ्दै छ, म पक्का बयस्क बन्दै छु, वोली मेरा पनि यस्तै धेरै हाँगाहरु फैलिएलान, म पनि हजुरबुबा बनुला तर के म सक्छु होला तेसरी सबैको लागि उतिनै माया पुर्याउनरु तर मेरी हजुरआमाले मलाई तै शिक्षा दिनु भएको छ, सबैलाई माया गर। सबैको लागि उतिनै आत्मियता, उतिकै न्यानोपन, उही सम्झनाहरु।

मेरी हजुरआमा आज पनि मलाई उस्तै गर्नुहुन्छ जब म उहाँको अगाडी पुग्छु एउटा सानो मिश्रीको झझल्को सधै आउछ, कुरौनी बासना मनमा उस्तै गाढा छ। म आज पनि जब उहाँको हात मेरो शिर माथि पाउछु, म मन-मननै भन्छु, मेरी हजुरआमाले मलाई जति माया अरुलाई सायदै गर्नु हुन्छ।


(अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा आफ्नै हजुरआमालाई सम्झदै)
यो लेख पुनर्लेखन गरिएको हो । पुरानो पोष्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।

2 comments:

आशिष लम्साल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

एकदम वास्तविक कुरा लेख्नु भएछ । मलाई पनि यस्तै लाग्छ । मेरी हजुरआमा पनि यस्तै । तपाईले भने जस्तै । निकै मन पर्यो ।

Reshma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

म कहिले बिर्सिन सक्दिन उहाँ बाट पाउने साना-साना तर मुल्यवान उपहारहरु, ति जे पनि हुन सक्थे एउटा मिश्रीको डल्लो, मिठो कसैले उहाँलाई भनेर ल्यैदिएको कुरौनी, उहाँको पुरानो र हाम्रो लागि संसारको सबै भन्दा बढी पैसा भएको थैलीबाट दिएको १ रुपयांको नोट आदि आदि । अनि म ठान्थे उहाँले मलाई जति माया सायदै कसैलाई गर्नु हुन्छ । like very very much

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।