जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

दशैँ कस्तो रह्यो ? भन्नलाई त दशैँ केटाकेटी रहुञ्जेलमात्रै हो, उमेर बढेपछि दशैँको रौनक सकिन्छ भनिन्छ । हुन पनि हो । दशैँमा नयाँ, लुगा, पि र मामाघर जाने भने पछि मज्ज नै बेग्लै । उमेर बढेदै जान्छ अनि त्यो प्रकारको अनुभुति घट्दै जान्छ । यसैले केटाकेटीहरुको दशैँ रोमाञ्चकता देख्दा रहरलाग्दो र लोभलाग्दो लाग्छ । तपाईलाई कस्तो लाग्छ ? आजका लागि कविता, गीत, गजल लेख्ने चुनौतिमा त्यही अनुभव र अनुभुतिका बारेमा लेख्नुहोस् है ।



5 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

निधारमा रातो टिका लगाएर
ओठमा मुस्कान ढल्काउँदै
मामाघर गइन्थ्यो

कहाँ गए ति दिनहरु

माया अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धर्मको होइन
जातको होइन
छुट्टै पर्व दशैँ
बिछट्टै राम्रो दशैँ
हाम्रो दशैँ ।

टाढा बसेकालाई
घरको माया आउँने
घरमा बसेकाहरुको
आफन्तको तृष्णा मेट्ने
प्यारो दशैँ ।
कुनै जातको होइन
कुनै धर्मको होइन ।।

वासुदेव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

एक हाइकु

दशैँ आयो र,
गईयो घर सम्झी
जीवन चक्र

विक्रम शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हिलो हटोस्
या नहटोस्
मनको हिलो हटाउँछ दशैँ ।

पानी हराओस्
या नहराओस्
मायाको बर्ष बढाउँछ दशैँ ।।

बर्षदिनमा एकपल्ट
घरको माया लगाउँछ दशैँ ।
ठुलालाई ठुलो बनाएर
सानालाई माया लगाएर
आशिष र ढोकाईमा बाँच्दछ दशैँ ।

अनुहारमा खुसी
बालक देखि बुढासम्म ल्याउँछ दशैँ ।

बर्षा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यसपाली यस्तै भयो
ए दशैँ पोहोर आउँदा
केही पैसा र एउटा खसी पनि लिएर आउँ है ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।