जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नारी सुन्दरताका सात आयाम

-हरिहर शर्मा-
नारीको सुन्दरता वा गुणलाई बत्तीस लक्षणसँग दाँज्ने चलन नेपाली हिन्दु समाजमा अद्यावधि छँदैछ । नारीका बत्तीस लक्षणभित्र दुईवटा (प्रवल-प्रभावशाली व्यक्तित्व तथा विष्णुको जस्तो दृढ स्वाभाव हुनु) बाहेक सबै शारीरिक सुन्दरताका विषय पर्छन् । जसले प्राचीनकालमा नारीलाई सौन्दर्यको प्रतिकका रुपमा हेरिएको दर्शाउँछ । ३२ लक्षणका आधारमा नारी सुन्दरता मापन गर्न सहज छैन । गुण ३२ भनिए पनि ती सबै नारीका केही विशेष अवयवको मापनमा केन्द्रित देखिन्छन् । हालका दिनमा नारी सौन्दर्यका प्रतीकका रुपमा स्वीकारित सात आयामलाई यहाँ सिलसिलेवार रुपमा प्रस्तुत गरिएको छ । यद्यपि, यिनै सात आयामको संयोजनबाट सुन्दरताको ३२ लक्षणको अवधारणा बनेको हो ।



आँखा
आँखालाई नारी सुन्दरताको केन्द्र मानिन्छ । आँखामा मनका पत्र पढ्न सकिन्छ, मस्तिष्क–भाव देख्न सकिन्छ । पुरुषको तुलनामा नारीलाई संवेदनशील र रहस्यमय लिङ्ग÷जाति मानिन्छ । नारीजातिको संवेदनशील–मनोभाव आँखामा देख्न सकिने मान्यता कैयन् मनोविज्ञको छ । सामान्यतया साइजमा ठूला र रङ्गमा गाढा आँखालाई सुन्दरको कोटीमा राखिन्छ, ‘मृगनयनी’ को प्रशंसा त्यसै भएको हैन ! यसको अर्थ ठूला आँखा राम्रा र साना आँखा नराम्रा भन्न खोजिएको होईन । ठूला हुन् वा साना, नारीका आँखा हुन्छन् त केवल सुन्दर, ती चाहे टल्किएका हुन् वा टोलाएका !

नारीका आँखामा सुन्दरतासँगै मादकता देख्ने पुरुष नजर पनि कम छैनन् । त्यस्ता घायल पुरुष नजर पङ्कज उदासको गजल भावमा सहमति जनाउँछन्—‘आँखे हो या जामे सराब, दिलवालोँका हाल खराब ।’ बोत्तलको नषा र आँखाको नषा तुलना गर्नेमध्ये धेरैले आँखाको नषामा बढी मादकता हुने बताएका छन् । पुष्ट्याइँ दिँदैछन् फेरि पङ्कज उदास, ‘आँखोसे पी रुत मस्तानी होगई, जामसे पिना रस्म पुरानी होगई !’ बोत्तलबाट नषा लिने शैली पुरानो भो रे !

ओठ
नारी सुन्दरता झल्काउने अर्को महत्वपूर्ण अवयव ओठ हो । सुन्दरतामा अनुहारको भूमिका ज्यादा हुन्छ भने ओठले अनुहारको सुन्दरता निर्धारण गर्छ । अझ ओठ खोल्दा देखिने दन्तलहरले सुन्दरतामा निखार दिन्छ । कतिपयको विचारमा नारीहरु ओठ खोल्दा मात्र सुन्दर देखिने हैनन्, ओठ टोक्दा पनि आकर्षक देखिन्छन् । नारीको ओठ टोकाइलाई धेरैले ‘ज्यानमारा’ भन्छन् । पोत्दा सुन्दरझैँ देखिए पनि ओठको खास सुन्दरता लिपपोत नगरेको अवस्थामा भेटिन्छ ।

नारीका आँखामा आँखा जुधाएर हेर्न नसक्ने पुरुषका लागि नारीको ओठ नजर डुलाउने राम्रो माध्यम बन्छ । भुक्तभोगीहरु खुला भएर भन्छन्, ‘नारी सुन्दरता र आकर्षणमा ओठको स्थान तबमात्र बुझिन्छ, जब ओठको दर्शन मात्र गरिँदैन, तिनको पान पनि गरिन्छ ।’ आँखा र ओठको सम्बन्ध विशेष मानिएको हुन्छ, मनोवैज्ञानिक र सुन्दरताका दृष्टिकोणले पनि । सुन्दरता र मनोविज्ञान दुवै झल्किने गरी यी दुईबीचको सम्बन्धलाई यसरी व्यक्त गर्दा उत्तम होला–

ऐ गाजलु नानी
ओठ खोल्नु पर्दैन
गाजलु नयन उठाइदिए पुग्छ
ऐ लजालु नानी
ओठ टोक्नु पर्दैन
नषालु नयन झुकाइदिए पुग्छ

कपाल
बजारमा पुरुषले लामा र नारीले छोटा कपाल राख्ने फेसन चलेको किन नहोस्; नारीको वास्तविक पहिचान, आकर्षण र सुन्दरता लामो कपालमै छ । लामो कपालको लम्बाइ मापदण्ड, रङ्गरोगनको प्रकृति, कपाल कोर्ने/बाँध्ने शैली आदिले सुन्दरतामा विविधता ल्याउँछन् । कपाल राम्रोसँग कोरिबाटी गरी अघिल्तिर थोरै जुल्फी छाड्ने तरिका वा पुरै कपाललाई बतासको दिशामा स्वतन्त्र छाडिदिने हरकत, दुवै पुरुषको मनमा काउकुती लगाउन सक्षम हुन्छन् । कुन चाहिँ ‘पागल’ पुरुष मन होला, जो नारीको कपालको छायाँमुनी सुस्ताउन नचाहला ? दुनियाँ भुल्न नचाहला ?

वक्षस्थल
न ढाँट्न जरुरी छ, न अप्ठेरो मान्न; पुरुषका लागि नारी वक्षस्थल अधिक आकर्षक हुन्छ । कपडामुनी सुन्दर देखिने वक्षस्थल आधुनिकताका नाममा नारीहरुले देखाउँदै हिड्न थालेपछि भने यसप्रतिको आकर्षण वितृष्णामा परिणत हुने खतरा बढेको छ । नारीको वक्षस्थलले उनलाई पुरुषभन्दा शारीरिक रुपमा भिन्न पार्ने भएकाले यसतर्फ पुरुषको आकर्षण ज्यादा भएको हुनुपर्छ । पुरुषको विशेष नजर हुने बुझेर होला, अधिकांश नारीहरु आफ्नो वक्षस्थलको सुन्दरता मेण्टेन गर्नमा विशेष अग्रसरता देखाउने गर्छन् । शारीरिक र मातृत्व सुखका लागि पनि यसको ठूलो भूमिका छ ।

हिप
पुरुषको तुलनामा नारीको हिप ठूलो हुनेगर्छ । नारीको हिपले एकसाथ दोहोरो काम गरेको हुन्छ । आमा बन्ने बेला बच्चा पाउन (निस्किन) सजिलो हुने प्राकृतिक स्वार्थका कारण नारीको हिप ठूलो हुने गरेको हो । ठूलो हिपले प्रशवकालमा सहज भूमिका निर्वाह गर्नुका अलावा सुन्दरता अभिबृद्धिको सन्दर्भमा औसत ठूलो हिप राम्रो मानिन्छ । पहिलोपटक नजरमा कुनै युवती देखापर्दा सुरुमै हिपतिर आँखा डुलाउनेहरु धेरै छन् । हिपलाई सुन्दरताको प्राथमिक आधार नबनाउनेहरुले पनि यसलाई कुनै न कुनै रुपमा महत्व दिएकै हुन्छन् । आधुनिक समयमा वक्षस्थल, कम्मर र हिपको संयोजनलाई नारी सुन्दरताको गतिलो मानक मानिन्छ ।


उचाइ
होचा युवती अग्लाभन्दा सुन्दर हुने तथ्य विभिन्न रिसर्चले बताएको भनिएपनि अग्ला युवतीको आकर्षण बेग्लै हुन्छ । अग्ला युवतीको शारीरिक बनोटको सन्तुलन मिल्न भने त्यति सहज हुँदैन । जस्तो–शरीरको ज्यादा लम्बाइमा खुट्टा, हिप र छातीको पर्याप्त पुष्टता कायम नहुन सक्छ ! यद्यपि तब्बु स्टाइलमा सेतो कुर्ता लगाई दोपट्टासँगै कपाल उडाउँदै आउने अग्ली युवतीको खोजी गर्ने पुरुष आँखाहरु कम छैनन् । नारी उचाइको बढी चर्चा जीवनसाथी छान्दा हुन्छ, हाइट मेण्टेन गर्ने क्रममा । पुरुषको आकर्षण र व्यक्तित्वमा उचाइको जति स्थान छ, महिलामा भने त्यति छैन ।

ज्यान
नारीको ज्यान (मोटोपन) हेरेर पनि सुन्दरताको निक्र्योल गर्ने गरिन्छ । पहिलेको भन्दा विपरित, खाइलाग्दी युवतीको चाहना घट्दो छ अचेल । तुलनात्मक रुपमा दुब्लो शरीरलाई धेरैले राम्रो मान्छन् । आजभोलि त नारीहरुमा जिरो फिगरको भूत नै सवार भएको छ । मोटो ज्यानमा शरीरका विभिन्न अवयव (माथि उल्लेख गरिए लगायतका)को न अवस्थिति प्रष्टिन्छ, न तिनको आकार नै स्पष्ट ! यति मात्र होईन, व्यक्तित्व र शारीरिक स्वस्थताका लागि समेत दुब्लो शरीरको आवश्यकताबोध ज्यादा भएको हो । पुरुषहरु नारीको मात्र होईन, नारीहरु पुरुषको शरीर समेत दुब्लो मन पराउन थालिसके । यद्यपि, पुरुषको चौडा छाती र बलिया पाखुराको नारी चाहनामा भने कमी आएको छैन ।

पुनश्चः
नारी सुन्दरतामा लवाइखवाइ, बोलीचाली र हाउभाउको भूमिका उत्तिकै छ । सुन्दरताका सातै आयाम भेटिने नारी भेट्न गाह्रै हुन्छ । कल्पनामै सही, जब सुन्दरताका सात रङ्गजटित इन्द्रेणीस्वरुप नारी भेटिन्छन्, पुरुष मन भन्छ—
‘चर्चा तिम्रै चलेको छ बादलपारी देशसम्म
खोट लाउने ठाउँ छैन पाउदेखि केशसम्म’


3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुन्दरता भनेकै त्यस्तै हो । युग अनुसार परिवर्तन हुन्छ । कहिले के राम्रो अनि कहिले के राम्रो ।

प्रतिमा बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुन्दरताको बयान अर्काले गर्ने अनि हामी चै हो सुन्दरता भनेको त्यही नै हो भन्दै पछि लाग्ने ? यो त मुख्र्याइ भयो । सुन्दरताको पहिचान आँखाले गर्छ नियमले होइन । अनि सुन्दरता व्यक्ति विशेष हुन्छ न कि युग बिशेष ।

मनोज said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुरा ठिकै हो तर बक्षस्थलको चर्चा अलिक निकै भयो कि ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।