जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मुलुक टुक्राउँने भन्थेँ, पार्टी चै टुक्राउँछन् क्यार !

'मधेसका २२ जिल्लाले छुट्टिने निर्णय गरे कुन ऐन र कानुनले मुलुकलाई बचाउँछ' शरतसिंह भण्डारीले यो कुरा बोलिरहदा उनले आफु नेपालको रक्षामन्त्री हुँ भन्ने बिर्सिएका थिए सायद । तर अब उनले जिन्दगी यो वाक्य भुल्ने छैनन् । उनीमात्र होइन, आशा गरौँ, आसेपासेको भिड देखेका भरमा जेसुकै बोल्ने जुनसुकै नेताहरुले पनि शरदसिँहको हालत भुल्ने छैनन् र बोल्नु अगाडी तीनपटक सोच्नेछन् । किनभने त्यही एक वेहोसी र अतिउत्तेजनाको कारण शरतसिँह भण्डारीको रक्षामन्त्रीको पद चिप्लिएको छ । थुतुनोमा लगाम नलगाउँदा भोग्नु पर्ने स्थितीका लागि शरतसिँह नजिर बनेका छन् ।

हुन त उनकै पार्टीको सिफारिसमा प्रधानमन्त्रीले उनलाई हटाईसकेको केही घण्टापछि पनि उनी भने मैले राजिनामा दिएकै होइन, म कुनै हालतमा राजिनामा दिन्न भनेर पत्रकार सम्मेलन गरेर कुर्लिईरहेका छन् । तर वास्तविकता यही हो कि उनी नेपालका निवर्तमान रक्षामन्त्री हुन् । यसलाई शरतसिँहले भने मानिसकेका छैनन् । उनको प्रतिक्रिया विचार गर्दा उनले सजिलै यो कुरा मान्दैनन् भन्न सकिन्छ । हेर्दा लाग्छ, मुलुक टुक्राउँने भन्थेँ, पार्टी चै टुक्राउँछन् क्यार । उनको आजको क्रियाकलाप र प्रतिक्रियाहरु एकछिन विचार गरौँ । अनि भन्नुहोस् तपाईलाई के लाग्छ ?



भोलीदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई शरतसिँहको बबण्डर सल्टाउँनु थियो । आज हुन्छ निर्णय, भोली हुन्छ निर्णय भन्दाभन्दै फोरम लोकतान्त्रिकले निकै दिन लगाईसकेको थियो शरतसिँहका बारेमा निर्णय लिन । यता कांग्रेस र एमालेले यही निउमा संसद लगातार अबरोध गरिरहेका थिए । यसैले प्रधानमन्त्रीले अन्तिम निर्णय सुनाए कांग्रेस र एमालेको यो मागलाई सम्बोधन गर्न शरतसिँह भण्डारीलाई बर्खास्त गर्ने । चौतर्फी दबाबमा परेपछि पार्टीले रक्षामन्त्रीलाई पार्टीबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

यो निर्णय पछि उनले राजिनामा दिनु पर्ने हो तर उनी बैठकस्थलबाट म राजिनामा दिन्न भन्दै बम्किएर हिडेँछन् । उनका समर्थकहरुले नाराबाजी गरेछन् र केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिनुपरेछ। ‘राजीनामा’ भन्ने शब्द खास त आफ्नै इच्छामा दिने विषय हो।  तर शरतसिँह भण्डारीले उनलाई रक्षामन्त्रीबाट हटाएको केही घण्टापछी भएको पत्रकार सम्मेलनमा भनिसकेका छन्, मैले राजिनामा दिएको छैन र, दिन्न पनि ।

उनले आफुलाई अन्यायपुर्णढंगले हटाएको बताउँदै आफ्नो राजीनाका विषयमा पार्टी पनि विचलित भएको आरोप लगाए । उनले भने, 'पार्टीभित्र लोकतन्त्र कायम गर्न नै हामीले पार्टीका नाम लोकतान्त्रिक फोरम राखेका थियौं, तर पार्टी पनि विचलित भयो ।' आफ्नो अभिव्यक्ति वस्तुपरक भएको जिकिर गर्दै उनले त्यसलाई पुष्टि गर्न एउटा उखान समेत सुनाए। 'जाडो मौसममा एकजना मान्छे सडकमा पातलो लुगा लाएर हिँडिरहेको थियो। मैले उनलाई यस्तो चिसोमा पातलो कपडा लाउँदा सर्दी लागेर निमोनिया होला। निमोनियाले मर्ने पनि अवस्था आउला भनेर सचेत गराएँ। मैले यसरी भन्दा प्रतिपक्षीहरुले त्यो मान्छे मैले मारेँ भनेर गैरजिम्मेवारीपूर्ण आरोप लगाए' पत्रकार सम्मेलनमा उनले भने।


यसैकारण फुट्ला त फोरम लोकतान्त्रिक
इतिहासले देखाएको छ, मधेसवादी दलहरु फुट्नलाई कुनै ठुलो कारण चाहिदैन । र, इतिहास हेर्ने हो भने शरतसिँह भण्डारी पनि कुनै नीति र पार्टी विशेष छैनन् । कुनै समयको मधेसको पहिचान बनेको सद्भावना पार्टी अहिले चिरा चिरामा विभक्त छ । त्यस्तै मधेस आन्दोलनमा होमिएका उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम पार्टी संयविधान सभाको निर्वाचनमा चौथो ठूलो दल बनेको थियो। माधव नेपालको सरकारमा सहभागी हुन गच्छदारले फोरमलाई फोरेका थिए। फोरिसकेको फोरमको अर्को भाग उपेन्द्र यादवको पार्टीलाई फेरि जेपी गुप्ताले फोरम गणतान्त्रिक नाम राखेर फोरिसकेका छन् ।

त्यस्तै भण्डारी पञ्चायत कालमा पञ्चे, ४६ सालमा बहुदल आएपछि कांग्रेसी र ६३ मा मधेस आन्दोलनपछि मधेसवादी बनेका अवसरवादी हुन्। उनले यसअघि पनि यो पार्टी फुटाउँने अभ्यास गरेका थिए । यो सरकार बन्नु भन्दा पहिले शरतसिँह माओवादीका पक्षमा थिए तर पार्टी अध्यक्ष कांग्रेससँग मिल्नेमा वकालत गर्थे । तर भण्डारीले भने माओवादीसँग मिलेर सरकार बनाउन समर्थन नगरे पार्टी फोर्ने धम्की दिएका थिए। र, अन्तमा माओवादीसँग मिलेका कारण पार्टी फुट्नबाट रोकिएको थियो । यसैले फोरम फुट्नलाई कुनै विशेष प्रहार र परिस्थितीको आवश्यकता देखिदैन । आजको उनको प्रतिक्रिया हेर्दा फोरम लोकतान्त्रिक फुट्ने सम्भावनालाई नकार्न सकिदैन ।


5 comments:

मधेसबादी दलहरु फुट्नलाई के को आइतबार ? फुटुन् । said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मधेसबादी दलहरु फुट्नलाई के को आइतबार ? फुटुन् ।

Ramila Magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पैसा र मुडका भरमा फुट्छन् मधेसका दलहरु । कुनै आदर्श छैन । खाली जातीवादी गफ र सपनाले अडिएका पार्टीको यस्तै हुन्छ ताल । फेरि मधेसवादी दलहरुमा सबैजसो अवसरवादी छन् । छेपारोले जस्तो रंग फेर्ने । भने जस्तो भएन भने जे गर्न सक्छन् ।

Pradip said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी पनि नेता हुन् र ? यीनीहरुको के कुरा गरिरहनु ? बेकारमा समयको नास । जे गरेर मरुन् बाल मतलब ।

Ram said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

थुतुनोमा लगाम नलगाउँदा भोग्नु पर्ने स्थितीका लागि शरतसिँह नजिर बनेका छन् ।

Aash Gurung said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आशा गरौँ, आसेपासेको भिड देखेका भरमा जेसुकै बोल्ने जुनसुकै नेताहरुले पनि शरदसिँहको हालत भुल्ने छैनन् र बोल्नु अगाडी तीनपटक सोच्नेछन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।