जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हरे ! एकैदिनमा ६/६ वटा सडक दुर्घटना !!

हिजो मात्रै सिन्धुलीमा बस दुर्घटनामा ४१ जना मारिएको सुनेर मनको शोक जस्ताको तस्तै छ । आज एकै दिन ६ वटा सडक दुर्घटनाका खबर सुन्न पर्‍यो । बिहानैदेखि दिनभर पटक पटक एकपछि अर्को गर्दै रेडियो तथा टेलिभिजनमा दुर्घटनाका समाचारहरु बजिरहे । एक ठाउँको दुर्घटनाको पुर्ण विवरण आईसकेको हुन्न, अर्को ठाउँमा फेरि दुर्घटना भयो भन्ने खबर आउँछ । मन एकतमासको भो । होइन के हुन लागेको यो भने जस्तो मनमा नजानिदो डर उब्ज्यो । हुन पनि एकैदिनमा ६ वटा सडक दुर्घटना हुनु, संयोग पनि कस्तो ? हिजोको जस्तो डरलाग्दो दुर्घटना नभए पनि ६ बेग्ला बेग्लै स्थानमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।



दुर्घटना १ बारा
बिहान साढे ११ बजे कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना ३ ख २१०६ नम्बरको बसको ठक्करबाट साइकल चालक बारा विश्रामपुर ३ का ईर्साद मियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ठक्करपछि बस अनियन्त्रित भई पल्टिँदा बसमा रहेका एक यात्रुको समेत मृत्यु भएको छ। गम्भीर अवस्थामा रहेका उनको उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन ।

दुर्घटना २ पाल्पा
पाल्पामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। पाल्पा देउगिरबाट चिलाङ्दीमा पेन्सन बुझ्न जीप रिजर्भ गरेर आएका भारतीय भूपू सैनिकहरु दुर्घटनामा परे खसेको हो। लु १ ज १८०८ नम्बरको जीप ब्रेक फेल भएर सडकमै पल्टेको थियो।

दुर्घटना ३ बारा
सिमरामा सडक छेउ रोकिराखेको ना ४ ख ४१९ नम्बरको ट्रकमा ना ३ ख ३५१६ नम्बरको बस ठोक्किँदा वीरगञ्ज-१९ का १९ वर्षीय विवेक श्रेष्ठ र १४ वर्षीय राजधन श्रीवास्तवको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । श्रेष्ठको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै र श्रीवास्तवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटना ४ सिन्धुपाल्चोक
सयभन्दा बढी यात्रु बोकेर नवलपुर जाँदै गरेको यात्रु बस शुक्रबार दिउसो सदरमुकाम चौतारा नजिक दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन्। चौताराबाट छुटेको पाँच मिनेट नबित्दै वा २ ख १९७७ नं‍‍. को बस कच्ची सडकको छेउ भासिएपछि दुई बल्ड्याङ खाँदै धानखतमा पल्टिएको हो। चालककले सडकको खाल्डो छलाउँदा ओभरलोडका कारण छेउ भासिएर उक्त दुर्घटना भएको बताइएको छ ।

दुर्घटना ५ फर्पिङ
फर्पिङ सडक खण्डको भीमडाँडा, चुत्रेघारी जङ्गलबाट यात्रु बाहक बस ३ सय मिटर तल खस्दा १७ जना घाइते भएका छन्। जसमध्ये ४ जनाको अवस्था गम्भीर छ। काठमाडौंको रुटमा चल्ने वा २ ख ९६५८ नम्बरको गाडी हेटौंडाबाट काठमाडौं आउँदै गर्दा भीरबाट खसेको हो।

दुर्घटना ६ स्याङजा
स्याङजामा शुक्रबार राति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लु १ ज ९५३ नम्बरको जीप दुर्घटना हुँदा स्याङ्जा पक्वादीकी १९ वर्षीया अञ्जली थापा र तीनदोबाटे-८ की २४ वर्षीया हरीकला रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।


3 comments:

raju said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

असोज २६ अर्घाखाँची । अर्घाखाँची जिल्लाको अल्गाटारीमा जीप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाँगीको प्युडाँडा बाट सन्धिखर्क तर्फ आउदै गरेको लु १ ज १७०९ नम्बरको जीप अर्घाको अल्गाटारीमा दुर्घटना हुदा एक जना गम्भिर घाइते हुनुका साथै १४ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँगी ९ का विनीराम भुसाल मधु भसाल सुमित्रा कुवंर बिस्नु भुसाल सीता भुसाल संगीता भुसाल गौरव भुसाल प्रकाश कुवंर लक्ष्मण भुसाल बाँगी ८ का भुवन आचार्य प्रेम आचार्य हंसपुर २ की कमला जि सी गोखुङ्गाकी गिता के सी र गाडीधनि वाङ्ला ४ निवासी रमेश के सी रहेका छन् ।

गम्भिर घाइते विनीराम भुसाल लाई थप उपचारका लागी मेडिकल कलेज भैरहवा पठाईएको र अन्य घाईते हरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

जिप सडक बाट करिव ५० मिटर तल खसेको थियो ।

pradeep said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिसेष गरि भाडाका सवारी साधनहरु बढी दुर्घटना भएका छन् त्येसका कारणहरु यी हुन सक्छन !
- ब्यबसायी र चालक हरु को अरुको ज्यान समेत वास्ता नगरी पैसा कमाउने प्रब्रिती
- ब्यबसाय को नाम मा थोतरा बस हरु चलाउदा समेत सरकार को व्यवास्ता र गाडीको अवस्था समेत नहेरी प्रमाण पत्र दिने काम
-चालक हरु को पैसा प्रेम र केहि भए आफु भाग्ने चलन र सिन्डिकेट ले ज्यानमारा बचाउने चलन जसमा ब्यबसायी पनि मिलेका हुन्छन\
-खलासी ले बस चलाउदा समेत केहि बोल्न नसक्ने यात्रु हरु र प्रहरी हरु
उपाए हरु :
-गाडी को अवस्था जाच गर्ने निकाए ईमान्दार हुनु पर्यो
-लाइसेन्स दिने निकाए ईमान्दार हुनु पर्यो
-चालक को सिट संग रहेको बाहिर जाने धोका बन्द गरि चालक ले पनि यात्रुको धोका प्रयोग गर्नु पर्ने जसले गर्दा चालक अलि सतर्क हुन्छन
-दुर्घटना भएपछी छानबिन गरि दोसी लाई कारबाही गरिनु पर्ने जसमा गाडी मालिक , प्रहरी , चालक को को दोसी देखिन्छन सबैलाई कारबाही हुनु पछ !

Anima Basyal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It is the fault of road system in nepal. The list may be longer, if road system dont corrected.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।