जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अपुरो तर स्वागतयोग्य, गर्न धेरै छ बाँकी

अर्थ मन्त्रालयले भ्याट छल्ने फर्महरुको नाम सार्वजनिक गरेको छ । तर अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उद्योगपतिको नाम र छलेको रकम खुलाईएको भने छैन । यसरी हेर्दा सूचना र तथ्यहरु केही लुकेका छन् । तर पनि ठुला घरानाहरु जोडिएको यो मुद्दामा ढिलै भएपनि फर्महरुको नाम सार्वजनिक हुनुलाई स्वागतयोग्य मान्न सकिन्छ । यसअघिका सरकारले आयकर ऐन अनुसार करदाताको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै कर छल्ने फर्महरुको नाम सार्वजनिक गरेको थिएन । तर फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी ऐनका आधारमा यस्ता नाम सार्वजनिक गर्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले भ्याट छल्नेहरुको नाम सार्वजनिक गर्न निर्देशन दिएको थियो । यसै अनुरुप अर्थ सचिव कृष्णहरि बास्कोटाले नाम सार्वजनिक गरेका हुन् । को को छन् कर छल्ने फर्महरुमा नाम हेर्नुहोस्


गर्न धेरै छ बाँकी
वास्तविक मुल्य भन्दा कम कारोबार देखाएर भ्याद छल्नु त सामान्य भएको छ । तर सार्वजनिक नाममा परेका कतिपय फर्महरु यस्ता पनि छन् जसले कर छलेका मात्र होइनन् । उनीहरु नक्कली भ्याट बिलको व्यापक प्रयोग गर्छन् अनि कर्मचारीलाई पैसा खुवाएर भ्याट तिरेको कागजातमा सरकारी अधिकारीको सही, सरकारी छाप, विवरण सबै नक्कली बनाएर पेश गरेका छन् । यसलाई राजश्व चुहावट ऐन र किर्ते कागजसम्बन्धी कारबाही गर्न सकिन्छ । यसैले पुर्ण विवरण विनाको सार्वजनिक नाम मात्रले कर छल्ने प्रवृति रोक्दैन । सबैलाई कसुर बमोजिमको कारवाही हुनै पर्छ । यो सुरुवात मात्र बनोस् किनकी गर्न धेरै छ बाँकी ।

हालसम्म छानबिन सुरु गरिएका करदाताको विवरण
१. मोरङ अटो वर्क्स, त्रिपुरेश्वर
२. बिएम इन्टरप्राइजेज, त्रिपुरेश्वर
३. युनाइटेड डिस्ट्रिब्युटर्स, पुतलीसडक
४. हिम इलेक्ट्रोनिक्स प्रालि, गणबहाल
५. एसोसिएट अटोमोबाइल्स प्रालि, काठमाडौं
६. हिमालयन इन्टरप्राइजेज प्रालि, काठमाडौं
७. एआइटि प्रालि, काठमाडौं
८. अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, काठमाडौं
९. ह्विल्स अटो प्रालि, ललितपुर
१०. सूर्य अटोमोबाइल्स प्रालि, ललितपुर
११. ज्योति ओभरसिज ट्रेडर्स, त्रिपुरेश्वर
१२. शक्ति कमर्सियल इन्टरप्राइजेज, काठमाडौं
१३. युनाइटेड, श्याम सुन्दर एन्ड डाँफे कन्स्ट्रक्सन जिभि, अनामनगर
१४. युनाइटेड, लामा श्याम सुन्दर जेभि, काठमाडौं
१५. युनाइटेड बिल्डस एन्ड इ. प्रालि, अनामनगर
१६. विश्वकर्मा सिमेन्ट प्रालि, नवलपरासी
१७. बामा मोटर्स प्रालि, कमलादी, काठमाडौं
१८. सिजिजिसि, चमेलिया प्रोजेक्ट डिपार्टमेन्ट अफ नेपाल
१९. जगदम्बा स्टिल्स प्रालि
२०. वरुण डेभलपर्स प्रालि
२१. भाटभटेनी डिपार्टमेन्टल स्टोर प्रालि
२२. मारुती सिमेन्ट प्रालि
२३. सिजि इलेक्ट्रोनिक्स प्रालि
२४. सिजि इम्पेक्स प्रालि
२५. सिजि फुड्स प्रालि
२६. रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालि
२७. राजेश सेनेटरी वेयर
२८. सिटिसिई/कालिका जेभी
२९. श्री दुगड ब्रदर्स एन्ड सन्स्
३०. श्री दुगड अटो क्लिनिक प्रालि
३१. चन्दनवाला इन्टरनेसनल
३२. गुराँस इञ्जिनियरिङ प्रालि
३३. एम ट्रेड हाउस
३४. उष्मा ट्रेडर्स
३५. निष्ठा ट्रेडर्स

झुट्टा तथा नक्कली विजकका आधारमा करफिर्ता लिने फर्महरूसम्बन्धी छानबिन विवरण :


करदाताको नाम फिर्ता लगेको रकम (रुपैयाँमा)
१. सरिता इन्टरप्राइजेज ५०४११६६
२. सरिता इन्टरनेसनल बिजनेस प्रालि ५३१३९९४
३. आशुतोष इम्पेक्स प्रालि १७२२२९०८
४. शिवशक्ति इम्पेक्स प्रालि १६९४९९९४
५. दिगम्बर ट्रेड हाउस ११२६४००३
६. दिगम्बर ट्रेड इन्टरनेसनल ४५६०२१०९
७. भिमेश्वर ट्रेड हाउस १४३५७२९६

कार्यालयबाट छानबिन गर्न लगाइएका फर्महरूको विवरण :
१. गर्ग डेन्टल सप्लायर्स प्रालि
२. गर्ग इम्पेक्स
३. डेन्टमार्ट इन्टरनेसनल प्रालि
४. बायोमेड इन्टरनेसनल प्रालि
५. इस्टलिंक मोटर्स प्रालि
६. पायोनियर अटो डेकोर प्यालेस
७. न्यू विकास ट्रेडर्स
८. रिद्धिसिद्धि इन्टरप्राइजेज
९. बुद्ध पिया चुलो उद्योग
१०. अटो इन प्रालि

यी बाहेक अरु पनि सानाठूला गरी ४ सय ३७ फर्मको नाम सार्वजनिक भएको छ। छानबिन सुरु गरिएका भनिए पनि छानबिनपछिको प्रतिवेदन भने सार्वजनिक नगरी लुकाइएको छ ।


अनुसन्धान कसरी सुरु भयो?
विभागले अघिल्लो वर्ष फागुन १३ एक मोबाइल आयातकर्ता फर्मको कारोबार शंकास्पद लागेर बिलविजक हेर्दा पछिको मितिमा जारी भएको भ्याट बिल फेला पर्‍यो । सामान बेचेको दिनभन्दा १३ दिनपछिको मिति राखेर भ्याट बिल काटेको फेला परेपछि विभागले नक्कली कारोबार भएको शंका गरेको थियो । त्यसको १० महिनापछि मंसिरमा पुतलीसडकस्थित एक फर्ममा विभागले छापा मार्दा २ सय फर्मका भ्याट बिल फेला परे । त्यसपछि विभागले तत्कालै अनुसन्धान टोली बनाएर छानबिन थाल्यो । यस क्रममा विभिन्न नाममा भ्याटमा दर्ता भई सक्कली भ्याट बिल छापेर त्यसमा नक्कली कारोबार गरेको पाइयो । यसमा ठूला व्यावसायिक घरानाहरू पनि सामेल रहेको अनुसन्धानबाट देखियो ।

3 comments:

Mira said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Its just begining.

प्रविण said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यति मात्र भयो भने त केही न केही तर छाँट हेर्दा अरु केही होला भन्ने लागेको छ । राम्रो सुरुवात ।

अनिकेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गरिबमारा र विकासमारा धनीहरुको पर्दाफास गर्नु पर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।