जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्रीको लाईभ रेडियो संवाद - भाग २

प्रधानमन्त्री बाबुराम भट्टराईले आज दोस्रो पटक जनतासँग लाइभ अन्तर्क्रिया गर्दैछन्। रेडियो नेपालमा अहिले बेलुकी ८१० देखि ९ बजेसम्म यो कार्यक्रम हुनेछ । प्रधानमन्त्रीसँग लाइभ कुरा गर्न त्यही दिन रेडियो नेपालको टेलिफोन नम्बर ०१–४२११७२१ र ०१–४२११७३६ मा सम्पर्क गर्नुपर्नेछ। फोन गर्न गाह्रो भए आफ्नो प्रश्न तपाईँले pm.radionepal@gmail.com मा पनि इमेल गर्न सक्नुहुनेछ । इमेल मार्फत आएका जिज्ञासाहरुको जवाफ पनि सोही समयमै रेडियो नेपालबाट दिने प्रधानमन्त्री भट्टराईले बताएका छन् । रेडियो नेपाल चाहिँ कहाँ र कसरी सुन्ने भन्ने लागेको छ कि ? धन्दा नमान्नुस् । भित्र आउनुस् र रेडियो नेपाल सुन्नुस् ।
तपाईले यहाँबाट नै रेडियो नेपाल सुन्न सक्नुहुनेछ । बजेन भने प्लगिन इन्स्टल गर्नुहोला ।




अरु नेपाली एफएम सुन्न यहाँ क्लिक गर्नुहोला ।

अघिल्लो महिनाको कार्यक्रम हेर्नुहोस्



3 comments:

Keshab Khanal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मलाई चित्त नबुझेको कुरा चै हामि ले गरेको आम्दानी को आयकर जुन हामि ले राजस्व बिभाग मा बुझाउछौ, त्यसमा हामी ले घर भाडा को १० % बुझाउनु पर्छ तर घर भाडा भनेको हाम्रो आम्दानी होइन त्यो घरबेटी को आम्दनी हो अनि त्यो सबै चै एउटा पसले ले किन तिर्नु पर्यो ? काठमाडौँ मा बाटो मा घर हुने हरु को आम्दानी कति हुन्छ …. सबै लाइ नै थाहा छ काठमाडौँ को गा. बि.स. मा भएका घर हरु को पनि एउटा सटर को थोरै मा पनि ४००० भाडा लिन्छन त्यसको १०% महिना को ४००, वर्ष को ४८०० ,???? घरभाडा हाम्रो आम्दानी होइन खर्च हो हामीले हाम्रो आम्दानी को आयकर तिर्ने हो खर्च को होइन ….यो नराम्रो कुरा हो यस्तो कारण ले गर्दा हामी ले सम्झौता गर्दा थोरै भाडा तिरेको कागजात बनाएर राजस्व बिभाग मा बुझाउनु पर्छ ,….त्यसै ले राजस्व उठाउने हो भने घरबेटी संग पनि उठाउनु पर्छ ….यता तिर पनि प्र.म. ज्यु को ध्यान गए हुन्थियो …….

Nishesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

डाक्टर साब चै पार्टीको पछाडी नभई देश र जनताका समस्याका पछाडी दौडेको जस्तो देखियो। खुशी लग्यो ।
अरु कमरेड साथी हरुको कुरा सुनेउ भने बिग्रिन्छौ । राम्रो काम गर, अरु कमरेडहरुले बिरोध गरे पनि जनता ले समर्थन गर्ने छन् ।
जय नेपाल (कांग्रेसको हैन, नेपालीको जय नेपाल)

Tham pun said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Dr ji Tapai sacchikai jantaka pradan mantiri hunu hun6 jaha jausle je bada aworaodh khada gare pani aafno khubi ra haisiyet le agadi bhadnuhos tehi mero Shuba- kamana 6, ma sadhai sorgiye MANMOHAN ji ra tapai jasto nepal ka ramro 6bhi bhayeka Neta dekhi garbha ra vagaymani samjan6u,

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।