जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

धेरै केही लेख्दिन । हामी सबैलाई थाहा छ किसानका बाध्यता, परिस्थिती र आकांक्षका बारेमा हामी सबैलाई थाहा छ । तर कहिले तपाईले किसानप्रति दुई शब्द पोख्नु भएको छ । यदि छैन भने आज कविता, गीत र गजल लेख्ने चुनौतिस्वरुप त्यही किसानलाई उभ्याएको छु । केही लेख्नुहोस् है ।


2 comments:

प्रतिभा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पसिना बगाउँछु
पसिना पिउँछु
पसिनाले नै टार्छु छाक

ढुंगा फोर्छु
माटो गलाउँछु
माटोमा फुल्दछ मेरो काम

म को हुँ ? नसोध
म के गर्छु ? नसोध

म माटो हुँ, भन्छु म
म माटो गर्छु, भन्छु म
म हुँ किसान

हो, म हुँ किसान
पसिना बगाउँछु
पसिना पिउँछु
पसिनाले नै टार्छु छाक

अभिषेक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तिमीले ढुंगा छुनु
र,
मैले ढुंगा छुनुमा फरक छ ।
तिमीले माटो छुनु
र,
मैले माटो छुनुमा पनि फरक छ ।

तिमीले ढुंगा छुदा
सुन होला ।
मैले ढुंगा छोए
किल्ला बन्छ
तिमीले माटोबाट घडेरी फलायौ
मैले माटो छुदा अन्न फल्छ

माटोमा न्याय मैले गरेको छु
तर पनि किन तिमी जति सम्पन्न छैन
प्रश्न मेरो उत्तर छ तिमीसँग ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।