जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

ब्रिटिस म्युजियमले भन्यो, 'बुद्ध नेपालमा जन्मिएको भन्नेमा कुनै द्धिविधा छैन'

ब्रिटिस म्युजियमले म्युजियमको ‘द डिपार्टमेन्ट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द वुद्ध’ शीर्षकमा टांगिएको दस्तावेजमा वुद्धिज्मलाई भारतको धर्म अन्तर्गत राख्दै ‘वुद्धको जीवनी शुरुवात गर्दा उहाँ छैंटौं शताव्दीको मध्यतिर उत्तर पूर्वी भारतमा एक शाही परिवारमा जन्मिनुभएको हो’ भन्ने सन्देश दिएको छ भन्ने  समाचार फैलिए पछि म्युजियमको फेसबुक पेजमा नेपालीहरुले कमेन्टको बाढी ल्याएका थिए । यसबाट ब्रिटिस म्युजियमले शुक्रबार पहिलो पटक फेसबुक जवाफ दिएको थियो ।

ब्रिटिस म्युजियमको सो जवाफ पछि पनि नेपालीहरुको कमेन्ट रोकिएन । नेपालीहरुले ब्रिटिस म्युजियमले कुरा चपाएर बोलेको भन्दै थप स्पष्ट पार्न फेसबुक पेज मार्फत थप दबाब दिएका थिए । त्यसपछि आज ब्रिटिस म्युजियमले दोस्रो पटक फेसबुक मार्फत जवाफ दिएको छ । ब्रिटिस म्युजियमको जवाफ हेर्न भित्र आउँनुहोस् ।


ब्रिटिस म्युजियमले आज थप स्पष्ट पार्दै भनेको छ, 'बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने द्धिविधारहित र सत्य कुरा हो भन्ने स्पष्ट पार्न चाहन्छ ।' उसले यो सत्यलाई आफ्ना सबै स्रोतहरुमा राख्ने बताएको छ । र, सबैलाई प्रतिक्रियाका लागि धन्यवाद भनेको छ ।

ब्रिटिस म्युजियमको पेजमा गएर हेर्न तल क्लिक गर्नुहोस्



https://www.facebook.com/britishmuseum


थप सन्दर्भ:
ब्रिटिस म्युजियमले भन्यो, 'हामीले कहाँ भन्यौ बुद्ध भारतमा जन्मिएका हुन्, देखाई देउ ।'

4 comments:

Nawraj Sapkota said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

British lai nepaliko history ekpatak feri padaunu parla jasto 6...

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जे होस् गल्ति स्विकारेकोमा भने धन्यवाद भन्नै पर्छ । यो ठाउँमा मात्र होइन, धेरै कुराहरु सुधार्न बाँकी छ । धेरै मुलुकमा अझै पनि गौतम बुद्ध भारतमा जन्मिएका हुन् भने र पढाइन्छ ।

परीना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो त हुनै पर्छ । बेलायतको एउटा म्युजियमले मात्र होइन, सारा विश्वले भन्नेछ गौतम बुद्धको जन्म प्यारो र सुन्दर देश नेपालमा भएको हो । तर हामीले भनाउँन सक्नु पर्छ ।

Sushan Kumar Rai (Bantawa) said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

shareको लागि धन्यबाद गणेश ज्यु तथ्य कुरा उज्गार भएरै छोड्नु पर्छ नि त

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।