जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राष्ट्रपतिलाई किन तानिदैछ बालकृष्णकाण्डमा !

जनयुद्धकालमा हत्या गरेको भनेर सर्वोच्चबाट सजाय सुनाईएका बालकृष्ण ढुंगेललाई सरकारले माफीका लागि राष्ट्रपतिलाई पत्र पठाएपछि चर्चा बढ्दो छ । क्षणिक आवेगका भरमा चर्चामा आएका बहसहरुमाथि प्रतिक्रिया दिनेहरुको तछाडमछाड भईरहेको छ । हरेक दलका नेताहरुलाई सो बारेमा केही न केही बोल्नु छ । बोल्दा मेलो नपाउँने हाम्रा नेताहरुको आदत यो बिषयमा पनि कायम छ । अहिले बोलेको कुराले भविष्यमा कस्तो असर पार्छ कसैले सोचेको पाईदैन । उदाहरणका रुपमा माधवकुमार नेपाललाई लिउँ, आजमात्र उनले बिराटनगरमा भनेछन्, आममाफीको सिफारिसलाई राष्ट्रपतिले ‘होल्ड’ गर्नुपर्छ ।(यो आममाफी होइन, माफी मात्र हो ।) यो उदाहरणमात्र हो, राष्ट्रपतिलाई उक्साउँने लहड माधवकुमारको मात्र होइन धेरैमा देखिदैछ । तर संविधानमा कुनै भुमिका नभएका राष्ट्रपतिलाई उक्साउँदा के हामीले सोचेको लोकतन्त्रको मान्यता भत्किदैन ?

बालकृष्णले व्यक्तिगत रिसईवीका कारण हत्या गरेका भए उनले सजाय पाउँनु जति आवश्यक छ, त्यो भन्दा बढी लोकतन्त्रको संस्थागत र नैतिक विकाशको आवश्यकता छ । एक बालकृष्णलाई सजाय दिलाउँने भन्दै संविधानमै नभएको कदम चाल्न राष्ट्रपतिलाई उक्साउँनु हुदैन । र, राष्ट्रपतिले उक्सिनु पनि हुदैन । राजनीतिक विरोध, सहमति र निर्णयको सम्पुर्ण अधिकार संसदको हो । उसैलाई छाडिदिनु पर्छ अनि मात्र लोकतन्त्र बलियो हुन्छ । यो लोकतन्त्रको आधारभुत मान्यता हो । तपाईलाई कस्तो लाग्छ, आफ्ना विचार राख्न तपाई स्वतन्त्र हुनुहुन्छ । विचार राख्नुहोस् ।

4 comments:

प्रल्हाद said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राष्ट्रपतिलाई यस्तो कुरामा तान्न नै हुदैन । यो कुरा संसदको हो । बरु नेपाल बन्द गर । संसद अबरोध गर तर राष्ट्रपतिलाई कुनै हालतमा हस्तक्षेप गर्न नदिऔं । भर्खरै जन्मिएको लोकतन्त्रको घाँटी ननिमोठ ।

मनिला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राष्ट्रपतिलाईलाई नेपालको संविधानको संरक्षक मानिन्छ । यसैले राष्ट्रपतिले हस्तक्षेप गर्ने उनीसँग बिशेष अधिकार छ । उनले हस्तक्षेप गर्नु आवश्यक छ ।

आकाश बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अँह राष्ट्रपतिले कुनै हालतमा यो सिफारिस उल्टाउँन हुदैन । नेपालको संविधान अनुसार राष्ट्रपति सेरेमोनियल हो । कांग्रेस र एमालेले नै यो बनाएका हुन् । अहिले सारा चोरहरु कुन मुखले राष्ट्रपतिले रोक्नु पर्छ भन्छन् ?

यो राजनीतिक मुद्दा हो । माओवादी भएकै कारण लगाईएको । यसैले उनले माफी पाउँनै पर्छ ।

बीना हमाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राष्ट्रपतिले यो कुरामा भुमिका खोज्ने हो भने शान्ति प्रक्रिया भाँडिन्छ । बल्लतल्ल यहाँसम्म पुगेको शान्ति प्रक्रिया तोड्न एमाले र कांग्रेस लागि परेका छन् । उनीहरुलाई सफल हुन दिनु हुँदैन । अहिलेको मुद्दामा माओवादी हार्नु भनेको देश हार्नु हो । शान्ति प्रक्रिया अधुरो हुनु हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।