जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

देशको नुन खाएर देशै बिर्सन्छन् डाक्टरहरू

-राजकुमार श्रेष्ठ-
डाक्टरको अनुहार नै हेर्न नपाई ज्यान गुमाउने नेपालीहरुको संख्या अहिले पनि ठूलै छ । सरकारले स्वास्थ्य चौकीसम्मै डाक्टर राख्ने योजना त ल्याएको छ तर, कैयौं जिल्ला अस्पतालहरुमा अहेवदेखि पिउनको भरमा चलिरहेका छन् ।

गरिव नेपाली जनता उपचार नपाएर छटपटाइरहेका बेला नेपालबाट डाक्टरहरुको पलयान भने तिब्र भएको छ । राज्यको लाखौं लगानीमा पढेका चिकित्सकहरु समेत सुटुक्क बिदेश पुगेर उतै रमाएका छन् । नेपाल मेडिकल काउन्सिलमा हालसम्ममा १० हजार ७ सय ७७ जना डाक्टरहरुको दर्ता भएको छ । उनीहरु मध्ये झण्डै आधा विदेशमा पुगिसेकेको जानकारहरु बताउँछन् ।

हालसम्म कति डाक्टरहरु विदेशिएका छन् भन्ने यकिन तथ्यांक कुनै पनि सरकारी निकायले राखेको छैन । एमबीबीएस अध्ययन गर्ने सरकारी कलेज त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट डाक्टर बनेकाहरुको पलायनबारे एक गैरसरकारी संस्थाले गरेको अध्ययनले भने चिकित्सक पलायनको कुरुप तस्वीरको संकेत गरेको छ ।


निक साइमन्स एष्टिच्युटले गरेको अध्ययनले ३६ दशमलव १ प्रतिशत सरकारी पैसामा पढेका चिकित्सकहरु विदेशिएको देखाएको छ । २२ व्याचका ७ सय १० जना डाक्टरहरुमा गरिएको अध्ययनले यस्तो देखाएको हो । जसमध्ये २७ दशमलव २ प्रतिशत अर्थात १ सय ९३ जना राजधानी बाहिर कार्यरत छन् भने ३६ दशमलव ८ प्रतिशत अर्थात २ सय ६१ जना राजधानीमा कार्यरत छन् । यसैगरी २६ दशमलव १ प्रतिशत अर्थात २ सय ५६ जना विदेशमा छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबीबीएस गरेका डाक्टरहरू कहाँ छन् भनि निक साइमन्स एष्टिच्युटले गरेको अध्ययनको नजिता यस्तो छ


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रत्येक व्याचको ६० सिट मध्ये ४२ जना खुला प्रतिस्पर्धाबाट अध्ययनका लागि छान्निन्छन् । यस्तै एक जना कर्मचारीका छोरा(छोरीबाट पर्छन भने १७ जना विदेशीहरुका लागि छुट्याईको छ । यस्तै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका १५ बटा शिक्षण संस्थामा एमबीबीसी अध्यापन हुन्छ भने विभिन्न देशले छात्रबृत्तिमा नेपालीहरुलाई एमबीबीएस अध्ययन गराएको हुन्छ ।

पलायन रोक्ने नीति नै छैन
आफ्नो लगानीमा पढेर डाक्टर बन्नेहरुको कुरै छाडौं, सरकारी शिक्षण संस्थान तथा सरकारी छात्रबृत्तिमा पढेका डाक्टरहरु पनि कहाँ जान्छन् भन्ने राज्यलाई कुनै वास्ता छैन । सरकारी छात्रबृत्तिमा पढेका डाक्टरहरु २ वर्ष ग्रामिण क्षेत्रमा काम गरेपछि जहाँ पनि जान सक्छन् । छात्रबृत्तिमा बढेकाहरु २ वर्ष काम गरेपछि कहाँ छन् भन्ने आधिकारिकरुपमा कसैलाई थाहा हुँदैन । एक जनालाई डाक्टर बनाउन राज्यले ३० देखि ४० लाखसम्म खर्च गरेको हुन्छ । तर उनीहरु कहाँ छन् भन्ने राज्यलाई कुनै बास्ता छैन ।

अबसरको खोजीमा डाक्टरहरु विदेश जाने क्रम बढिरहेका अवस्थामा राज्यले त्यसलाई रोक्नेतर्फ कुनै पहल नगरेको धेरैको गुनासो छ । झन पछिल्लो समय शिक्षा मन्त्रालयले २ लाख १० हजार रुपैयाँ जरिवाना तिरे २ वर्ष काम नै गर्न नपर्ने नजिर बनाएपछि विदेश पलायन हुने डाक्टरहरुको संख्या बृद्धि भएको छ ।

नेपालमा डाक्टरहरुको कमाई सामान्यतया एक हजार डलर हुन्छ भने विदेशमा ४ हजारभन्दामाथि हुन्छ । अमेरिकामा त यो भन्दा पनि बढी हुने गरेको जानकारहरु बताउँछन् ।


7 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यसैलाई भनिन्छ, शिक्षा बाड्न सकिन्छ, ज्ञान बाड्न सकिदैन भनेर । पढेगुनेका अज्ञानीहरु देशमा मान्छे डक्टरको कमिले मरिरहेका छन् तर उनीहरु विदेशमा बसेर पैसा गनि रहेका छन् । त्यत्रो पढ्दा पनि मानवता पढाउँन नसकिदो रहेछ ।

अनन्त said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पढाउँने पनि तिनै धनीमानीलाई त हो नि । तिनीहरुले संसारमा पैसा भन्दा बढि केही देखेका हुदैनन् । यसैले तिनीहरुले देशको नुन त के पैसा पाए भने पुरै देश नै बिर्सन्छन् । गरिब गाउँका मानिसहरुलाई पढाउँनु पर्छ सरकारले ।

भक्त बहादुर थापा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सालाहरु नियम नै लुच्चो बनाउँने । नियम तोडेर जानेको प्रमाणपत्र नै जफत गर्नु पर्ने नियम बनाउँनु पर्छ ।

Basanta said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

the law is very week and obsolete, so it should be revised.

Arjun Niroula said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

go hell those doctor who hesitate to give service to Nepalese. Government should be seized their certificates.

अमीना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भौतिकवादी मानिसहरु पैसोको त पछि लाग्छन् नि । यसमा ठुलो कुरो के छ र ? हाम्रो शिक्षा र दर्शन नै त पुँजीवादी छ नि ।

प्रतिक गौतम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ता डक्टरहरुको सर्टिफिकेट नै खोस्नु पर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।