जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सरकारी छाप दुरुपयोग गरेकोमा चौधरी समूहले माफी माग्यो

सीजी ग्रुपले पठाएको निमन्त्रणा कार्डको आवरण
सरकारी दस्तखत र लिखित अनुमती बिना कसैले पनि सरकारी छाप, लोगो तथा छायाँ प्रयोग गर्न पाउँदैन । तर सीजी इन्टरनेटमेन्टले आफुले बनाउँन लागेको एक चलचित्रको जानकारी दिन बाँडिएको निमन्त्रणा पत्रमा सरकारी छापको प्रयोग गरेकोले विवाद बढेको थियो । उसले बाडेको निमन्त्रणामा सरकारी छाप सहितको पासपोर्ट छ । (तस्विर हेर्नुहोस् ।) यस्तो दुरुपयोगमा प्रतिलिपीको मुद्दामात्र होइन, किर्तेको मुद्दा पनि लाग्न सक्छ ।

तर सीजी इन्टरनेटमेन्टले आज दिउँसो पत्रकार सम्मेलन गरी यस्तो दुरुपयोग अन्जानबश भएको भन्दै आफ्नो गल्तिमा माफी मागेको छ । उसले गृह तथा अर्थ मन्त्रालय अनि चलचित्र विकाश बोर्डसँग पनि मौखिक माफी मागेको बताएको छ ।



समूहले गल्ति भयो भनेर माफी मागेको बताए पनि सोही फिल्मकी अभिनेत्री तथा सहनिर्माता ऋचा शर्माले भने यो काम नियम बुझेरै गरिएको बताएको नागरिकन्युजले लेखेको छ ।

नागरिकन्युजमा लेखिएको छ, फिल्मकी अभिनेत्री तथा सहनिर्माता ऋचा शर्मा भने राहदानीको सम्मान सहितको सिर्जनशील काम गरेको दाबी गर्छिन्। यो विवादपछि कार्डमा 'वन्ली फर प्रोमोसनल युज' भन्नु पर्थ्यो कि भन्ने महसुस गरेकी ऋचाले नौलो काम गर्दा विवादमा परेको बताइन्। 'मिडियाबाहेक अरू निकायबाट गलत काम गरेको भनिएको छैन, हामीले नियम बुझेरै यसो गरेका हौं,' उनले भनिन्, 'हामीले पासपोर्ट बेचेको हैन, दुरुपयोग गरेको हैन, डिजाइनरले ल्याएको प्रस्ताव राम्रो लाग्यो, एउटा फरक प्रयोग गर्‍र्यौं।'



7 comments:

आशाराम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब कर नतिरी जम्मा गरेको पैसाले फिल्म बनाएर कालो पैसा सेतो बनाउँने रहेछन् । विज्ञापन गर्ने काम पनि यस्तै नौटकी गरेपछि बच्ने भो, तर कर छल्न खर्च देखाईदिन्छन् ।

महिमा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

देश त यीनीहरुको बाउको बिर्ता हो, जे गरे पनि हुन्छ ।

Binita said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

go to hell chaudhari Group

प्रभु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सरकारी छापलाई निमन्त्रणा कार्डमा प्रयोग गर्ने भन्ने कस्तो बुद्धि होला ?

अनन्त पौडेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

माफी माग्दैमा अपराध पनि चोखिने रहेछ । नत्र नायीकाले जानीजानी नै गरेको हो भन्ने कुरालाई आधारमानेर कारवाही हुनु पर्ने होइन ?

Mira said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepalko kanun banaaune le janun. astai ho kanun le kaam nagare pachhi.

saraswati karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

punish them.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।