जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'मेरो इज्यत लुटिएकोमा प्रधानमन्त्री र गृहमन्त्रीलाई किटानी जाहेरी दिउँ ?'

माओवादी सभासद देवी खड्काले आज संसदमा गरेको सम्बोधन
सभामुख महोदय, म केही कुरा पाँचमिनेटभित्र राख्न चाहान्छु । हामी सहमति खोजिरहेका छौं कि बिगतको समिक्षा गर्दै छौं ? यदि युद्धको समिक्षा गर्दै छौं भने सवैको समिक्षा हुनुपर्छ मसंग पनि किटानी जाहेरी छन् । उज्जनकुमार श्रेष्ठ वा अर्जुन लामाको परिवारको भावनामाथि ठेस पुर्‍याउन खोजेकी हैन, मैले केही गम्भीर कुरा राख्दै छु ।

अहिले बालकृष्ण ढुंगेलले ब्यक्तिगत रिसिइवीका आधारमा उज्जनकुमार श्रेष्ठको हत्या गरिएको भनिदै छ, बालकृष्ण ढुंगेल ४२ सालदेखि कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ, उहाँले कसरी ५५ सालमा आएर ब्यक्तिगत रिसीइवीका आधारमा मान्छे मार्नुभयो ? जुन बेला उज्जनकुमारको हत्या भएको छ त्यो बेला ढुंगेल काठमाण्डौंमा हुनुहुन्थ्यो, कृष्णप्रसाद सापकोटाको उपचारका लागि । त्यसको प्रमाण अहिले पनि ल्याउन सकिन्छ, के मैले त्यो पेश गरुँ ?


ठिकै छ ढुंगेललाई जेल हाल्नुपर्ने हो भने उहाँ आठ बर्ष जेल बसिसक्नुभएको छ, फैसलाअनुसार अब १५ महिनामात्र हो, ठिकै छ उहाँलाई जेल हालौं । तर मैले पनि किटानी जाहेरी दिनसक्छु, हाम्रा पनि जाहेरी छन् ।


२०५९ साल असार २ गते मेरा दाजु रितबहादुर खड्कालाई रौतहटको चन्द्रनिगाहापुर हत्या गरियो, मेरो परिवारले अहिलेसम्म पनि लास पाउन सकेका छैनौं । त्यही छेउमा एमाले नेता माधवकुमार नेपाल भाषण गर्दै हुनुहुन्थ्यो, उहाँको सुरक्षाका खटिएका सुरक्षाकर्मीले मेरा दाजुको हत्या गरेका हुन् । मेरी भाउजु र आमाले माधवकुमार नेपालबिरुद्ध किटानी जाहेरी दिन सक्नुहुन्छ । के हामी अब त्यसै गर्ने हो ?

तपाई हामीले बिर्सेका छैनौं ५४ मा को हनुुहुन्थ्यो प्रधानमन्त्री र को हुनुहुन्थ्यो गृहमन्त्री । म स्वयंलाई पक्राउ गरेर प्रहरी हिरासतमा अस्मिता लुटिएको छ । अस्मिता लुटिएको प्रमाण डा. भोला रिजालले दिनुभएको छ । मेरो इज्यत लुटिएकोमा त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीलाई किटानी जाहेरी दिउँ ? राज्यले बेपत्ता पारेका पूर्ण पौडेलकी श्रीमति पनि यही हुनुहुन्छ, यही सदनमा हामी थुप्रै परिवार छौं जसले द्वन्द्वका बेला राजनीतिक आस्थाका आधारमा आफ्ना परिवारका सदस्य गुमाएका छौं, अस्मिता गुमाएका छौं । के हामी सवै पछाडी र्फकने हो ? त्यसो भए भोलीबाटै भिडौं, परिणाम के निस्कन्छ त्यसपछि हेरौंला । के यहि तरिकाले शान्ति आउँछ ? समाधान निस्कन्छ ?

बालकृष्णलाई जेल हाल्ने कि नहाल्ने भन्ने बिषयमा आदेश गर्न नपर्ने भनेर सर्वोच्च अदालका सम्मानित प्रधान न्यायाधीशले भनिसक्नु भएको थियो, त्यो तथ्यलाई बुझेर पनि किन हामी बुझ पचाएर अभिनय गरिरहेका छौं ?

२०३८ सालमा मेरो दाजु मार्ने जिल्ला न्यायाधीश आज सम्मानित पोष्टमा हुनुहुन्छ, मैले त्यो पहिले नै सार्वजनिक गरिसकेकी छु । मबिरुद्ध पनि १३ वटा मुद्दा छन, म पनि जेल बस्नुपर्छ । हामी अगाडी जाने हो भने यो तरिका ठिक होइन् । सम्बेदनाको छहारीभित्र हामी छुद्र खालको राजनीति गर्दैछौं, म बिनम्रतापूर्व आग्रह गर्छु त्यसो नगरौं, सम्मानित सदनलाई अलिक गम्भीर खालका राजनीतिक मुद्दामा बहस गर्ने थलो बनाउँ ।

यो सव देख्दादेख्दै पनि म एक बर्षसम्म बोलिन, अहिले म बाध्य भएर यो कुरा राख्दै छु सम्माननीय सभामुख महोदय । युद्धकालीन घटनालाई ब्यक्तिरुपमा जाने हो भने साढे १३ हजार मान्छे राजनीतिक आस्थाका कारण मरेका छन, अमेरिकन र इन्डियन आएर त पक्कै मारेन, ती सवैको खोजी गरौं र जाहेरी दिन सुरु गरौं । यदि सहमतिका आधारमा अगाडी जाने हो भने छुद्र राजनीतिको धरावाहिक श्रृङखला अन्त्य गरौं भन्ने आग्रह गर्न चाहान्छु ।

माओवादी सभासद देवी खड्काले आज संसदमा गरेको सम्बोधन हेर्न तल क्लिक गर्नुहोस्



6 comments:

ज्ञान प्रकाश पौडेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

देश बिधिले चल्छ, कानुन र संबिधान ले शासित हुन्छ, बाबुराम या झल्लुराम ,अथवा शेर बहादुर ,जोसुकै होस त्यस्का प्रतिनिधि पात्र हुन । तिनिहरु कानुन भन्दा माथि छैनन र तिन्ले कुनै काम गर्दा कानुन या संबिधान अनुसार गर्नु पर्छ । यदी तिन्ले आफुलाई कानुन भन्दा माथि ठान्छन भने त्यो ठुलो भुल हुन्छ । पहिले पञ्चायत काल देखी गणतन्त्र नआउदा सम्म राजाले "महाराज द्वारा बक्सियो" भन्ने जुन शैली प्रयोग गर्थे, बाबुराम ले आफुलाई त्यस्तै अब मैले नि बक्से हुन्छ भन्ने ठान्छन् भने तिन्ले सत्तोसराप गर्ने गरेको सामान्ती राजतन्त्र र अहिले को शासन ब्यबस्थामा के फरक रह्यो ?

हाम्रो देश आज सम्म बिग्रेकै ठालु प्रबिर्तीले हो, सत्तामा जो हुन्छ उस्ले देशलाई आफ्नो बाउको भन्ठान्छ, समस्या त्यहिबाट शुरु हुन्छ । आफु सत्तामा छदा जे गरे नि ठीक र आफु नभएसी जे गरी नि बेठिक भन्ने एउटा रोगी प्रबिर्तीले देश ओरालो लागेको हो । आज माओवादी र मधेसबादी सरकारमा छन, भोली कुनै अर्कै बादी आउला तर बिधी, नियम, कानुन सबैले मान्नुपर्छ र कानुनद्वारा शासित समाज हुनुपर्छ । आफुले सक्ने बेलामा बाटो भरी दिसा गर्ने र आफुले नसक्ने भएसी अर्काले गरेको गनायो भन्नु मुर्खता हो । आजै बाट बाटो सफा गर्न थाले भोली बाटो फोहोर गर्नेलाई लाज हुन्छ । यत्रा पढेका डाक्टर प्रधानमन्त्री छन, कानुन बनाउनुपर्‍यो, मिलेको छैन भने मिलाउनुपर्‍यो । हाम्ले ढाड भाँची भाँची कमाको पैसाले कर तिरेर तिन्का शाखा सन्तान समेतका भुँडी भर्ने ब्यबस्था गरेकै छौ !सत्तामा जाने हरुले
एउटै पार्टीको प्रधानमन्त्री चाँही जनआन्दोलनको दोषी दुर्जकुमार राइलाई बढुवा गर्ने, बेपत्ता को छानबिनमा कुनै चासो नदिने, युद्दका क्रममा भएका ज्यादतीहरुका बारेमा चुँ सम्म नबोल्ने अनी त्यही पार्टिका अर्को ग्रुप लुटेको सम्पत्ति फिर्ता नगरने शान्ती सम्झौता र नियम कानुन मान्दिन भन्ने तर त्यही नियम कानुन अनुसार आउने भत्ता घिचेर बस्ने चाँही तुगलक प्रबिर्ती हो । जनयुद्दका क्रममा कुनै सुरक्षाकर्मी, कर्मचारी या अरु दलका कार्यकर्ता ले नचाहिदो गरेको छ भने कानुन बनाएर कारबाही गरे भैगो नि । ति माओवादीहरु आँफै सरकार मा छन, मैना सुनुवार को हत्यारा को घटना होस वा स्वयम देबी खड्का माथि भएको अन्याय होस् वा उहाले भन्नु भएका अरु जो कुनै माथि भएको अन्याय होस् मैना सुनुवार को हत्यारा निरन्जन बस्नेत लागायतलाई कारबाही गरेर देखाउ न ल ठुला कुरा गर्नु अघी । राष्ट्रिय मानब अधिकार आयोगले छानबिन पछी गरेका कारबाही सिफारिस ९० प्रतिसत अलपत्र छन । के हेर्छौ डा .बाबुराम गर न कारबाही ? तर कानुन बनाएर कसैले माफि बक्सिने शैलीमा होइन । कानुनको अगाडि सबैले आफुलाई सफाइ दिने मौका पाउनुपर्छ, साथै दोशी भेटिए सजाँए भोग्न तयार समेत । कुनै पार्टीप्रती आस्था तथा आस नभएका धेरै जनताको सद्भाब तथा शुभेच्छामा लात हानेका छन् । उन्लाई अहिले त रमाइलो लाग्दै होला, प्रधानमन्त्री को कुर्सिको न्यानोमा । तर एउटा कुरा के बिचार गरुन तिन्ले भने ओछ्यानमा पिसाब फेरेभने पनि नसेलाउन्जेल त न्यानै हुन्छ, सेलाएर ढाडिएसी बल्ल थाहा हुन्छ के गरेर भ्याइयो भनेर । तिम्रा कुनै आफन्त या कोही साथीलाई कसैले युद्दको नाममा या कुनै राजनीतिक संगठनको नाममा कसैले निर्दयितापुर्बक गोली हानेको, तिम्रा कोही महिला आफन्तलाई कसैले बलत्कार गरेको या तिम्रा कुनै पुरुष आफन्तलाई आफ्नै सन्तान र जहानको अगाडि गोली हानिएको र अहिले त्यल्लाई आममाफी दिन लागिएको भए तिमी यत्तिकै जोडले चिच्याएर आममाफिको वकालत गर्थ्यौ ?? सकछौ तिमी ? आफु पदमा हुँदा माखो नमार्ने र सधैं कुर्सी जोगाउन मरिमेट्ने अनी पद बाट खुस्केपछी कट्टुमा छेर्ने गरी क्रान्तिका कुरा गरेर सोझा जनता को दिमाग बिगारनुको केही अर्थ छैन । सक्छौ केही गर, सक्दैनौ भने तिम्रा ति कुहिएका भाषण हामीलाई नसुनाउ । हामीलाई शान्ती चाहिन्छ, सुब्यबस्था चाहिन्छ र द्वन्द को समयमा ज्यादती गर्ने हरु जतासुकै का हुन कारबाही हुनैपर्छ !

Tulsi Poudel, Jhapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो हो सबै नेताहरु दोषी हुन् उनीहरु सबैलाई सजाय हुनु पर्छ, त्यस पछी मात्र कतै मेरो प्रधानमन्त्री बन्ने पालो आउछ कि

Anup Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साथिहरु को धेरै प्रतिक्रिया छन् /बालकृष्ण ढुंगेल को आममाफी को सवाल छ मा माननीय देवी खड्का को प्रतिक्रिया लाई साथि हरु लै जुन हिसाब ले बोल्नु वायो यो अलि पच्हे छैन जस्तो लाग्छ /हिजो तिनै हुन जसलाई नेपाली जनता को टाउको माथि लाखौ मोला तोक्ने हरु आज बालकृष्ण ढुंगेल प्रशंग लै चर्कौदैन छन् /अनि बेपत्ता नागरिक हरु बारेमा बोल्दैनन अनि यिनीहरु जशरी पनि मावोबादी लाई गलौना
तर गारो छ त्यो सोछाना बने अब सपना पनि नचिताए राम्रो /

Ma Nepali Timi Nepali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तेस्तो पहिले को घाउ हरु कोट्याउने भय त माउबादी पक्छ्या को त ८/९ हजार जना बेपता छ उसको जिम्मा कसले लिने ???????? शान्ति सम्झौता भय पछी सबै मुद्धा हरु फिर्ता हुनु पर्छा नत्र शान्ति सम्झौता को के मतलब भयो ?? माउबादी नेता त सबै जान्छा जेल मा अलि कति सोच्नुस त ? बालकृष्ण को पक्छ्या मा चलेको नेता हरु सबै शान्ति सम्जौता भंग गर्ने निउ मात्र हो साथी हो यो ऐले चली रहेको राज नीति हैन रणनीति चल्दै छ

sagar thapa magar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सभासद देबी खद्काको बिचारमा केही लचक्ता देखिये पनि इहानिर कुरोकसो भने हाम्रा नेताहरुको छबी अलि साधारन जनतालाइ झुकाउने खाले भयेकोले समस्या पर्ने गरेको छ जब सम्म सत्ता बहिर हुदा सबै कुरो आउछ सदकमा तायर बालिन्छ सबैखाले मुद्दामामिला हत्त्यारालाइ कार्बाही बेपत्ताको खोजी सबै आइहाल्छ सत्तामा पुगे पछी हराये सबै कुरा नेताहरुको मौन बर्त सुरु हुन्छ देवी खद्काले आफ्नो चर्को भासन म केही मुद्दा उथाय पनि यदी नेपल र नेपाली भन्न चाहने सबैले बिधी बिधान नियेम कनुन सम्बिधान भन्दा तल रहेर बस्न सिक्नुपर्छ बाघको छालामा स्यालको रजाइ जस्तो नेपाली जनतामाथी राज गर्दै आफ्नो मन मर्जिको सासन गर्न पाइदैन हमिले सान्ती चाहेक छौ देसले निकास खोजेको छ ।

mahesh shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

देवी खड्का जीको भनाईमा केही सत्यता छ तर राजनैतिक आवरणमा भएका अपराधलाई जुनसुकै पक्षबाट भएको भएपनि अपराध हो भन्ने हिम्मत पनि गर्नु पर्छ भन्ने लाग्छ । अपराधिक गतिविधीलाई पनि राजनैतिक लेपन लगाउदै जाने हो भने डनहरुलाई सरकार चलाउन दिए हुन्छ होला । द्वन्द्वका नाममा निर्दोष र निरपराध व्यक्तिहरुलाई जथाभावी मार्न पाइने हो वा जथाभावी गर्न पाईने हो अनि जेनेभा महासन्धिको बखान धोति लगाईदिएपनि हुन्छ होला नि हैन त ? द्वन्द्वका समयमा विपक्षीले पक्रा गर्ने वित्तिक्कै निहत्थालाई नमारियोस भनेर सञ्चार माध्यमा हारगुहार गरेको आसिआरसीलाई गुहारेको पनि हामीले किन विर्सेर उज्जनकुमार श्रेष्ठको घटनालाई ओझेलमा पार्न खोज्दै छौं ? के हामीले भैरवगणमा भएको ज्यादति र मैना सुनुवारमाथि गरिएको अत्याचारलाई विर्सन खोजेका हौ । के माओवादीले सत्तारोहण गरेपछि हिजोका अन्यायअत्यचार विर्सनु पर्ने हो त ? के अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरित हिजोका द्वन्द्व पीडितहरुले न्यायको आस गर्नु मुर्खता हो ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।