नेपाली खेलकुदका लागि आजको दिन निकै दुर्भाग्यपुर्ण रह्यो । मौसमको कारणले ढिलो गरी सुरु भएको खेल १६ ओभरमा छोट्याइएको थियो । टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १६ ओभरको खेलमा ९ विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । त्यसलाई ९.३ ओभरमा एक विकेट गुमाएर अफगानिस्तानले सहजै पार गर्यो । यसरी चकनाचुर भयो नेपालको क्रिकेटमा उपाधी जित्ने सपना ।
क्रिकेटमा हारे पनि आजै हुने साफ सेमीफाइनलमा नेपालले बदला लिन्छ भन्नेमा निकै भरोसा थियो । हुन पनि फिफा बरियतामा नेपालभन्दा अफगानिस्तान निकै पछाडी छ । र, पहिलेको खेलहरुमा नेपालले अफगानिस्तानलाई हराएकै पनि थियो । तर कुनै तथ्याकं र अनुमानहरु सफल भएनन् । नब्बे मिनेट पछाडी थपिएको तीस मिनेटको समयमा अफगानिस्तानले नेपाल विरुद्धमा एक गोल गर्यो । बस्, एक गोल नै काफी भयो नेपालको हारको लागि ।
नेपालको दुबै हारको तुलना गर्ने हो भने क्रिकेटमा चित्त बुझाउँने ठाउँ छ । क्रिकेटमा नेपालली खेलाडीले कुनै पनि भुमिका राम्रोसँग निभाउँन सकेनन् । यसअघिका खेलहरुमा व्याटिङ नचलेको नेपालको अफगानिस्तानविरुद्धको खेलमा भने बलिङ पनि चलेन । उसो त हुस्सुका कारण ओसिएको मैदानमा टस जितेर पनि व्याटिङ रोज्ने कप्तान पारस खड्काको निर्णय आफैमा आश्चर्यजनजक थियो । समग्रमा आफ्नै कमजोरीले हार्यो क्रिकेटमा नेपाल अफगानिस्तानसँग । तर फुटबलमा ?
फुटबलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेकै हो । खेलको अधिकांश समय नेपाली खेलाडीले बललाई आफ्नो बशमा राखिरहेकै थिए । तर बल डिबक्समा नै घुमाउँने परम्पराबाट भने नेपाली खेलाडी आज पनि बाहिर निस्कन सकेनन् । खेलमा हारजितलाई सामान्य रुपमा बुझ्ने हो भने नेपाल र अफगानिस्तानको खेल एकदम रोमाञ्चक नै रह्यो । खेलको अन्त सम्म पनि के हुने हो भन्ने रोमाञ्च रहिरह्यो । खेल सकिन केही सेकेन्ड बाँकी रहदा यसपाली पनि नेपालले फ्रिकिक पायो । तर सागर थापाको पहिलाको फ्रि किक यसपाली दोहोरिएन र, नेपालले एक शुन्यको हार सामना गर्नु पर्यो ।
अब हारका बारेमा जति लेखे पनि केही हुने छैन । हारको कथामा के रोमाञ्चकता होला र ? बरु आजको दिन शुक्रबार परेर मात्र नेपालको हार भएको भनेर चित्त बुझाउँने हो कि !

8 comments:
jatatai rajniti gare pa6i ka bata chai uvo lag6a ta game ko star....sabai vanda pahila ta khelko nam ma bramhalut gari kheladi mara niti lyaune chor haru lai lakhetnu paro ni ta......
shyad aaja nepal ko lagi bad luck day ho ki!plz god help ur team aajai 2min baki 6

sathi!! khukuri choot aachano lai mattra tha hun6.kheel kasile pani harnalai khaldinan.bt kheel ma haar jeet ta bhail6.bhanna sagelo hun6 bt garna dhari garoo hun6.
hahahahahaha nepal le life ma kehi garla malai lagdaina
nepali player ma finishing ko kami 6.
hare pa6i jati ramro khele pani jeet hudain kyare
Sagar Thapa's goal is still the most marvelous goal of the tournament. And look at the way they played against those strong players. They deserve a THUMBS UP!!!!
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।