काठमाण्डौंमा मल, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर दिनहुँ जसो खुलिरहेका छन् भने पनि हुन्छ । चोक चोक अनि गल्ली गल्लीमा खोलिएका यस्ता ठुला मलहरुले देखाउँछ काठमाण्डौंको जीवनस्तर तथा यहाँका मानिसहरुको खर्च गर्न सक्ने क्षमता । जति तर्क गरे पनि कामदारलाई दिइने पारिश्रमिक, मलहरुको अन्य व्यवश्थापन, घरभाडा अनि केही फाइदा जोड्दा यस्ता मलहरुमा पाइने सोही सामान सामान्य पसलमा पाइने भन्दा पक्कै महगां हुन्छन् नै । तर पनि सपिङ सेन्टर नै गएर किन्ने बानी परेका शहरियाहरुसँग तर्कको कमि भने नहोला ।
तर काठमाण्डौंको वास्तविकता यही मात्र होइन । जति ठुला र आधुनिक सपिङ सेन्टर बने पनि केही यस्ता ग्राहकहरु छन् जो त्यस्ता सेन्टर चहार्दैनन् । काठमाण्डौंका धेरैको दैनिक जीवनदेखि फेसनका हरेक सामानहरु पुरा गराईदिने केही भिन्नै सपिङ सेन्टरहरु छन् । ति जताततै छन् । तिनीहरु सँधै जसो खुल्ला नै हुन्छन् । अनि, कहलिएका सपिङ सेन्टरहरुले जस्तो करोडौंको कर छलेका पनि छैनन् । (यीनीहरुले छल्ने भनेको महानगर प्रहरीलाई मात्र हो ।) अति निम्न वर्गदेखि काठमाण्डौंका निम्न मध्यमवर्गलाई समेटेर खोलिएका ति सपिङ सेन्टरहरु हुन् काठमाण्डौका सडकहरु जोड्दै खुलेका 'सडक मल'हरु । आज तिनै 'सडक मल'का केही तस्विर लिएको छु । महानगरपालिकाले दिने दुखलाई र काठमाण्डौंका सडकमा यीनै मलका कारण जाम बढेको भन्नेहरुलाई 'सडक मल' का साहुहरु के भन्छन् ? हेर्न भित्र आउँनुहोस्
समग्रमा सबै साहुहरु उस्तै । तर सकेसम्म अलग वस्तु बेच्न पाए हुन्थ्यो भन्ने चाहना । समस्या सबैका उस्तै । महानगरपालिकाले सडकमा हिड्न गार्हो भयो ट्राफिक व्यवश्था खलल भयो भनेर उनीहरुलाई हटाउँन खोज्नुमा विभेद देख्दा रहेछन् उनीहरु । एकजनाले मुखै खोलेर भने "उसै साना बाटाहरु अझ पार्किङका लागि दिदा चै केही नहुने हाम्रो यो नाङ्गलोले चै सबैलाई अफ्ठ्यारो बनाउँने ? यो गरिबलाई लखेट्ने चाला मात्र हो ।"तर काठमाण्डौंको वास्तविकता यही मात्र होइन । जति ठुला र आधुनिक सपिङ सेन्टर बने पनि केही यस्ता ग्राहकहरु छन् जो त्यस्ता सेन्टर चहार्दैनन् । काठमाण्डौंका धेरैको दैनिक जीवनदेखि फेसनका हरेक सामानहरु पुरा गराईदिने केही भिन्नै सपिङ सेन्टरहरु छन् । ति जताततै छन् । तिनीहरु सँधै जसो खुल्ला नै हुन्छन् । अनि, कहलिएका सपिङ सेन्टरहरुले जस्तो करोडौंको कर छलेका पनि छैनन् । (यीनीहरुले छल्ने भनेको महानगर प्रहरीलाई मात्र हो ।) अति निम्न वर्गदेखि काठमाण्डौंका निम्न मध्यमवर्गलाई समेटेर खोलिएका ति सपिङ सेन्टरहरु हुन् काठमाण्डौका सडकहरु जोड्दै खुलेका 'सडक मल'हरु । आज तिनै 'सडक मल'का केही तस्विर लिएको छु । महानगरपालिकाले दिने दुखलाई र काठमाण्डौंका सडकमा यीनै मलका कारण जाम बढेको भन्नेहरुलाई 'सडक मल' का साहुहरु के भन्छन् ? हेर्न भित्र आउँनुहोस्
कुरा सही हो पनि । तलको तस्विर हेर्नुस् ।
दरबारमार्गको बाटो कब्जा गर्न ट्राफिकले नै सहयोग गरेको छ अनि बाटो खुम्च्याउँन बोर्ड राख्छ तपाईको सुरक्षा हाम्रो कामना । अब बाटो खुम्च्याए पछि सुरक्षाको त उही कामना मात्र त रह्यो नि । सडकमलका साहुहरुले यो कुरा चै ठिकै गरेछन् क्यार ।
3 comments:
great picture, they are originally nepali but Nepal forget them
जति गरे पनि काठमाण्डौ आफ्नो नहुने रहेछ । पछि हाम्रै पनि यही हो ताल ।
राम्रो कभर
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।