जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

संसदमा बसि नसक्दै प्रधानमन्त्रीका लागि उठिसके ओली

एमालेमा आन्तरिक विवाद मिलाउँने भन्दै केपी ओलीलाई संविधानसभामा सभासद बनाउँने कुरा चलिरहेको छ । पार्टी अध्यक्ष झलनाथ खनालले नै ओलीलाई सभासदमा लग्ने प्रस्ताव गरेका छन् । अब हारेको मान्छे कसरी सभासद हुन्छन् त पक्कै भन्नु हुन्न होला । सबैलाई थाहा छ नि, दुई ठाउँबाट हारेका माधवकुमार नेपालले त सभासद बनेर प्रधानमन्त्री पड्काए भने एक ठाउँबाट मात्र हारेका ओलीलाई सभासद हुन के को आइतबार !

तर रमाईलो चै के भयो भने ओलीलाई सभासद बनाउँने कुरा चलिरहेको मात्र छ । उनी सांसदका रुपमा व्यवश्थापिका संसदमा बसिसकेका छैनन् । तर उनी भने प्रधानमन्त्रीका दाबेदारका रुपमा उभिसकेका छन् । उनको यो दाबेदारी त्यसै आएको होइन, कारण यस्तो छ ।


उनले आफ्नो आवश्यकता भए सरकारको नेतृत्व लिन बताएका छन् । उनलाई पार्टीको मात्र होइन भारतको पनि आशा छ । यसैले उनी आइतबार उपचारका लागि भन्दै भारत जाने भएका छन् । सायद उनी भारतबाटका प्रभुबाट वरदान लिएर नेपालको भावी प्रधानमन्त्री बन्नेमा मख्ख छन् । उनले बडो नम्र भाषामा भनेकाछन्, 'म जुनसुकै जिम्मेवारी लिन तयार छु र अहिले भन्दा बेटर परफरमेन्स पनि दिनसक्छु ।' पक्कै पनि उनी जस्तो अलराउन्डर को छ र ? अनि परशुराम कान्डमा उनको परफरमेन्स पनि देखिएकै त हो । भारतको अनुकम्पामा प्रधानमन्त्री भए भने त अझ कस्तो कस्तो परफरमेन्स दिने हुन् ।

सम्भावना हेर्ने हो भने त ओलीको प्रधानमन्त्री हुने सम्भावनालाई पनि नकार्न सकिदैन । ओलीलाई त्यसै सभासद बनाउँन लागिएको पनि त होइन नि । आन्तरिक विवाद समाधान एउटा कुरा छ । तर, मुख्य कुरा चै मौका आए सरकारको नेतृत्वको दाबी गर्ने गरि उनलाई सभासद बनाउँन लागिएको हो । अब फेरि भन्नु होला, संविधानसभाको म्याद जम्मा ६ महिना पनि नरहेको अवश्थामा के को सरकारको नेतृत्वको कुरा नि । तर होइन । सर्वोच्चको फैसला र संविधान अनुसार संविधानसभाको म्याद संविधान नबनी सकियो भने पनि अर्को चुनाव नहुञ्जेल व्यवश्थापिका संसद त रहन्छ । अनि, चाहिएन सरकारका लागि जुहारी खेल्ने एमालेको गतिलो मान्छे ? हो त्यस्कै लागि सभासद बनाउँन लागेको हो एमालेले ओलीलाई ।

यसैले सभासद भएर संविधानसभा र संसदमा बस्नु भन्दा अगाडी देखि नै ओलीज्यु प्रधानमन्त्रीको दाबेदारीको लाईनमा उभिसकेका छन् । मट्टितेलको लाइन जस्तो होइन प्रधानमन्त्री पद, जो पहिले आयो उसैलाई दिने !

उनलाई सभासद बनाउँने तरिका चै यस्तो हुन्छ
तपाईँलाई थाहा छ नि मन्त्रिपरिषद्‍ले जम्मा २६ जना सदस्य संविधान सभामा मनोनयन गर्ने गर्छ । त्यसमा दलहरुले भागवण्डा गरिसकेका छन्- यो पार्टीलाई यति, त्यो पार्टीलाई यति भनेर । अब एमालेको भागमा रहेको स्थानबाट संविधान सभा सदस्य बनेका केही सभासद्लाई ‘बकरा’ बनाएर राजीनामा गर्न लगाइन्छ । माधव नेपालको पालामा सुशीलचन्द्र अमात्यलाई राजीनामा गर्न लगाइएको थियो । त्यसपछि एमालेको कोटाको त्यो भाग खाली भो । अनि त्यो ठाउँमा एमालेले अर्कै सदस्य सिफारिस गर्न पाउँछ । खाली ठाउँमा एमालेले केपी ओली र वामदेव गौतम वा फलानाढिस्कानाको नाम सिफारिस गरेपछि र मन्त्रिपरिषद्‍ले त्यही नामलाई मनोनयन गरेपछि भएन त ? अब हेर्दै जानुस् दुई ठाउँबाट हारेका माधव नेपाल प्रधानमन्त्री भए, वर्दियामा हारेका वामदेव उपप्रधानमन्त्री भए भने केपी ओली प्रधानमन्त्री बने के अनौठो होला र !


2 comments:

rames said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

छ्या यिनी ६०१ (छसय एक )सभासद ले येत्रो बर्ष सम्म केपो नापेका छन् र अहिले सम्म ?? किन कुरा काट्नु पर्‍यो कुन्नी ?? बरु तिनीहरू गएर संबिधान बन्छ भने जाउन न बरु !! बरु त्यहाँ गए बापत तलब भत्ता नलिउन न!!अलिकती भए पनि देश् लाई फाईदै हुन्थ्यो क्यारे ?? होईन र साथि , यहाँ के माओवादी के काङ्रेस्स के एमाले , झन् मधेसी को त के कुरा गर्नु ?? सबै को खोक्रो राष्ट्र बाद् देखियो ,,राजाबादी को त के कुरा र ??किच किच गरेर केपो हुन्च र अब ?? कोइ माइका लाल छ र ,यो देश् लाई माथी उठाउने ?? हिम्मत भए अगाडि आउनु पर्‍यो , नयाँ नेपाल् को लागि नयाँ सिदान्त निकाल्नु पर्‍यो , खाली कचर कचर गरया छ, गर्या छ, गर्न कसैले केही होईन..

Tek Raj Dhakare said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पहिला उपप्रधानमन्त्री हुँदा २/३ वटा दरबार बनाएकै हो । अब फेरि थप्ने त होला नि ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।