जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

उमेर पुगेपछि सबैलाई विहे गर्न हतार हुँदोरहेछ !

-हरिहर शर्मा-
'अहिले गर्दिन’ भनेर जति नखरा पारेपनि उमेर पुगेका केटाकेटीहरु भित्रभित्र विहेको तयारी गरिरहेका हुन्छन् । यस्तो तयारी कतिसम्म व्यापक हुन्छ ? ठ्याक्कै भन्न नसकिएपनि, जीवनसाथीमा हुनुपर्ने न्यूनतम योग्यता निर्धारण गर्नेसम्मको तयारी हरेकले गरेका हुन्छन् । केटा कुरा बुझ्ने, ह्याण्डसम र गाँठवाला होस्, केटीहरुको चाहना यस्तै हुँदो हो (अनुमान) । केटाहरुको रोजाइ हुन्छ–केटी राम्री, सुशील र कमाउने भइदेओस् (ग्यारेण्टी !)

विवाहित–अविवाहित, युवा–प्रौढ, पुरुष–महिला, बाटो हिड्दा विपरित लिङ्गीमाथि नजर छर्ने बानी सबैसँग हुन्छ । विहेको तयारीमा रहेका केटाकेटीहरुमा झन् विपरित लिङ्गीमाथि नजर छर्नुपर्ने बाध्यता हुन्छ । भित्री अङ्गले सहन सकून नसकून, कस्सिएका लुगा लगाउने चलन बढेको छ । हेर्ने आँखा लोभी बनून् वा पापी, छोटा लुगाको विगविगी त्यस्तै ! अचेल त के भएको, अधिकांश केटी ‘ढाइ फिटे’ ! उचाइजस्तै कपाल पनि छोटा । के गर्नु, छोटो जिउमा लामा कपाल राख्नु पनि भएन, हाइट मेण्टेन गर्नैपर्‍यो ! लामा कपालमा दुपट्टा उडाउँदै आउने अग्ली युवती दूर्लभ छन् अचेल ।
‘कोही छ भने भन् !’


विहेको कुरो मनभित्र सीमित रहेन । घरमा आमाले यसो भनिहालिन् भने पनि सुख छैन केटीहरुलाई । कोही छ भनूँ भने एउटै भए पो ! एउटा गाँठवालाको नाम लिँदा अर्को ह्याण्डसम छुट्ने पीर ! ह्याण्डसमलाई रोजूँ भने पल्सर छुट्ने सुर्ता ! पल्सर पनि भएका ह्याण्डसमहरु हत्तपत्त हात पार्नै गाह्रो ! विए–एमए पढेको ‘सर्टिफिकेट’ त सबैसँग हुन्छ आजभोलि, ज्ञान पो हुँदैन । कोही छैन भनूँ भने वाआमालाई चिन्ता । उल्टो, कस्ती लाटी रै’छ भन्ने आरोप खेप्नुपर्ने । करिनालाई हेर्दा जिरो फिगरको लोभ । भान्छाबाट आउने बास्ना उस्तै प्यारो ! हे प्रभो ! कम पीर छैन केटीहरुलाई ।

केटाहरु पनि भाग्यमानी कहाँ र ? दिदीकी साथीकी बहिनीलाई हेर्ने कुरा आयो । भेट्नुअघि केटाले केटीको फेसबुक अध्ययन ग¥यो । पिक्चर हेर्‍यो, छिः मिनिस्कट ! ‘आजभोलिको जमानामा मिनिस्कट के हो र’, चित्त बुझायो, ‘कुर्ता लाउन सिकाउँला ।’ स्टाटस हेर्‍यो, थुप्रैले ‘डियर’ र ‘स्विटहार्ट’ को दर्जा पाइसकेका रहेछन्; ‘मिस यू’ र ‘लभ यू’ त कति–कति ! अनि प्रस्ताव क्यान्सिल ! केटाहरुलार्य आफूले जतिसँग मोज गरेपनि आफ्नो साथीले कुनै केटालाई हेर्दा नविन भट्टराईलाई झैँ गाह्रो हुन्छ,‘तिमीले हेर्दा कसैलाई गाह्रो हुन्छ यो मनलाई !’ ‘पुरुष’ भन्नुमात्रै हो, विचरा केटाहरुले विश्वासको भरमा काम चलाउनुपर्छ । के विहेअघि, के पछि ! थोरै होलान् भाग्यमानी, जसले गरेको विश्वास खेर जादैन ।


‘एकचोटी भेट्दा के फरक पर्छ र !’

घरवालाले नयाँ कुरा मिलाइदिए, केटाकेटी डेटिङमा जाने भए । तयारी दुवैतिर सुरु । सेभ गर्नै लाग्दा केटाले सोच्यो, ‘आजभोलिका केटीहरु छुस्स दाह्री पो मन पराउँछन्, रणवीर कपुरको जस्तै ।’ जिन्स लाउँदै गर्दा केटीको मन फेरियो । उसले हिजो राती मात्रै दोहोर्‍याएर ‘हाउसफुल’ हेरेकी थिई । दीपिका हुन मन लाग्यो क्यारे, कट्टु लगाएर गई । दुवै भेटे, कुरा गरे । दीपाले भनी, ‘अर्कोपटक भेट्दा सेभ गरेर आऊ ल !’ रमेशलाई पनि दीपाको ड्रेसमा कमेण्ट गर्नु थियो । ‘मलाई लाग्छ’, अप्रत्यक्ष भाषामा उसले भन्यो, ‘तिमीलाई कुर्ता धेरै सुहाउँछ होला ।’ रमेशले आफूबाट रणवीर फाल्यो, दीपाले दीपिका बिर्सिई । उता रणवीर र दीपिका मिल्न नसके पनि यता रमेश र दीपाको कुरा मिल्यो ।
yuba21harihar@yahoo.com
www.facebook.com/yuba21harihar

5 comments:

रोशनी लम्साल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिहे भनेको हतारमा गरेर फुर्सदमा पछुताउँने कुरा न पर्यो ।

चिरीप्प कान्छो said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

उमेरको दोष हो विपरित लिंगी देख्ने बित्तिकै अंगालोमा कस्न मन लाग्छ । बिहे गरे लाइसेन्स भइ गो अनि के को मन रहर नलाग्नु त ।

गोपाल लकान्द्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

'रमेशले आफूबाट रणवीर फाल्यो, दीपाले दीपिका बिर्सिई ।' लेखकको यो वाक्यले भने निकै मर्म बोकेको मानेको छु । सिनेमा जस्तो पक्कै हुँदैन जीवन । यसैले सिनेमाका हिरो हिरोनी हेरेर त्यसकै सपना देख्नु एउटा कुरा तर वास्तविकता स्विकार्न सक्नु अर्को कुरा ।

Binod Chamling said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice article.

रमीता दर्शनधारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

उमेर पुगेपछि बिहे गर्नु रहर मात्रै होइन कर पनि हो । नत्र केटालाइ बोका र केटीलाई बुढी कन्ने भन्न थालिहाल्छन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।