प्रतिष्ठित हिमाल खबर पत्रिकाले सडक विस्तारका बारेमा कभर स्टोरीमा लेख्यो, कतिपय ठाउँमा निजी सम्पत्तिमाथि नै डोजर चलाउने उर्दी आएपछि स्थानीयवासी प्रतिकारमा उत्रिएका छन् । काठमाडौंको लाजिम्पाट-चक्रपथ-बाँसबारी क्षेत्रका बासिन्दा सङ्घर्ष समिति नै बनाएर सरकारी गुण्डागर्दी विरुद्ध नाराजुलुस गरिरहेका छन् । धेरैले विना पूर्व सूचना घरमा डोजर चलाएको गुनासो गरेका छन् । सरकार भने क-कसको निजी सम्पत्तिमा डोजर पर्योम, प्रमाण लिएर आऊ भन्दै अघि बढिरहेको छ । प्रतिष्ठित, सजग र जिम्मेवार मानिएका ठुला मिडिया हाउसहरुको नांगो रुप देखिन थाल्यो त्यही कभर स्टोरी सँगै ।
आज नागरिक द्धैनिकमा प्रकाशित यो कार्टुन पनि हेर्नुहोस्
हिमाल खबर पत्रिका जसरी सिधै गाली गलौजको तहमा नआए पनि नागरिक द्धैनिकले यो कार्टुनमार्फत गुण्डागर्दी र बेथीतिकै रुपमा ब्याख्या गरेको छ सडक विस्तारलाई । सरकारी संयन्त्रले ऐनका शब्दहरु केलाई केलाई गरेको कामकारबाहीमा लालसेना यहाँ छ लेख्नुको अर्थ के हो त ?
प्रतिष्ठित भनिएका मिडिया हाउसहरुले तथ्यलाई कसरी बंग्याउँछन् अनि कसरी गलत समाचार सम्प्रेषण गर्छन् भन्ने सत्यको यो सानो उदाहरणमात्र हो । सडकमा चलेको डोजरले नियम मिचेर बनाएको संरचना मात्र होइन मेन स्ट्रिम मिडिया पनि नांगिदैछन् । हेर्नुहोस् न हिमाल खबर पत्रिकाले सोझो भाषामा र नागरिक द्धैनिकले कुरा चपाएर कसरी सत्यलाई उल्टो बनाउँन खोजेका छन् ।
काठमाण्डौं महानगरपालिका भित्र जुन किसिमले सडक विस्तार गरिएको छ यसको सुरुवात तीन दशक अगाडी देखि नै भएको हो । तर शासन व्यवश्था फेरिए । निर्दल गयो । बहुदल आयो । राजाको शासन । लोकतन्त्र । तर बल्ल तीन दशक अगाडीको तयारी अहिले प्रयोग भईरहेछ । अहिले काठमाडौँका मुख्य सडकमा यसो हिँड्नुभयो भने देख्नुकहुन्छ, कुनै पनि भेदभावबिना २०३३ सालबाट लागू भएको मापदण्ड अनुसार जजसले मिचेर संरचना बनाएका थिए, सबका भत्किएका छन्। बाटो फराकिलो हुने भयो भनेर मानिसहरु दङ्ग परेका छन् ।
तर हिमाल खबर पत्रिकाअनुसार त्यसरी दंग पर्नेहरु निरङ्कुशता मनपराउने मान्छे हुन् अरे । त्यसमा भनिएको छ( यसरी दङ्ग पर्नेहरु ‘निरङ्कुशता प्रिय’ हुन् । प्रधानमन्त्री बाबुराम भट्टराईले निरङ्कुश शैलिमा सडक विस्तार गरिरहेका हुन् । बाबुरामले गुण्डागर्दी गरेका हुन् । बाबुरामले बिना कुनै कानुन ‘जनता’को निजी सम्पतिमाथि डोजर चलाएका हुन् । तपाईलाई लाग्ला, किन हिमाल खबर पत्रिकाले यसरी गालीकै तहमा आएर कराएको होला भनेर । सतहमा देखिएको कारण यस्तो छ, डोजर चलाउँदा हिमालको रातो बंगला पनि पर्ने भएर । अरु नदेखिएका आर्थिक तथा राजनीतिक अझ भनौं दलिय कारण त कति छन् कति ।
अनि, नागरिक द्धैनिकले नि । नागरिक द्धैनिकको विरोधको कारण ठ्याक्कै सतहमा नदेखिए पनि सभ्य भाषामा भन्ने हो भने उही राजनीतिक आश्था कै कुरा आउँछ । मन नपरेको मान्छे हिडेको बाटो त गनाउँछ रे, अझ मनले नखाको पार्टीका मान्छेले लगाएको डोजरले उडाएको धुलो मन पर्ने त सम्भावना नै छैन नि ।
प्रतिष्ठित अनि मेनस्ट्रिमका भनिने मिडियाहरुको भित्रि अनुहार थप खुल्दै जानेछ । आशा गरौं, नक्कली अनुहारहरु सबै यसरी नै उदांगो हुन् ।

5 comments:
हैसियत देखिने भनेकै यस्तै बेलामा त हो । नागरिक र हिमालको हैसियत देखियो ।
sadak faraakilo banaaundaima traffic jam rokine hoina! yeska laai sarkaarle sarwajanik sawaariharulai badhawa dinu parcha..batoma pahilo sheekaar hinde maanis lai huncha.. tyo adheekaar surakshit gariyeko khoi? kathmandu upatyakaa kalaa-kaushalta ko sahar ho !!yes, upatyakaa bhitrai 8 ota biswa sampadaa suchima suchikrit sampadaa haru chan.. yeskaa baarema sarkaare socheko khoi?....
Dr. baburaam bhattarai aafai architect (town planner) hunuhuncha.. kathmandu jasto aitihaasik nagarilai pujibaadi saharko rupma bikash garnu katiko jaayaz huncha? kathmanduka sadak haru kathmandukaa baasindaharuka laagi paryapta chan.. baru kathmandu tarfa bhairaheko aniyantrit 'immigration' ghataune tarfa po sochne ho ki? hijo matra baneko rajyale..sadiyaun dekhi basdai aayekaa aadiwaasiharuko ghar bhatkaaunu kattiko jaayaj huncha?
yo kaam ko lagi mo baburam ji lai hirdae dekhi nai dhanebad dina chahan6u hami nepali ko mutu bhanera chinine kathmandu nai sabai bhanda durgandhit ra sangro sahar bhanera chinine gar6a tesaile kuni kunai abuj haru le eso bhanyo bhandai ma afno kaam lai raknu thik hoina pari aayo bhane janta ko bali pani lina pa6i parnu huna edi mero ghar pani jan6a bhane jaows ma esma sahmati 6u mero ghar ma paila dojar liera aaunuhos yo kaam merai ghar dekhi garda pani m happy kina ki yo nai desh ko euta gatilo kaam bana lage ko 6a
yo sabai bhanda thi kaam ho eslai nirntar dinu bhayo bhane tapai susec pm ko rup ma chini nu hune 6a kina ki hamro mutu nai ktm ho
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।