जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यस्ता छन् हाम्रा चन्द्रबहादुर, जो विश्वकै होचा भएको प्रमाणित भयो

चन्द्रबहादुर डाँगी आज बिहानदेखि विश्वका सबैभन्दा होचा व्यक्ति भएका छन् । उनलाई नाप्न लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले आज सो कुरा प्रमाणित गरेका हुन् । लन्डनबाट काठमाडौँ आएको गिनिजको टोलीले लैनचौरको क्लिनिक ट्राभल मेडिसिन सेन्टरमा उनको उचाइ गिनिजको मापदण्ड अनुसार २४ घण्टामा तीन पटक नापेको थियो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डसका अनुसार चन्द्रबहादुरका विशेषताहरु यस्ता छन्
* उनको उमेर ७२ बर्ष हो । उनी दाङ जिल्ला रिमखोलीका बासिन्दा हुन् ।
* उनी विश्वकै होचा व्यक्ति हुन् । उनको उचाई ५४.६ सेमीमात्र छ । पहिले यो उपाधी ५७.९ सेमी अग्ला फिलिपिन्सका जुन्रे बालाविङको नाममा थियो ।
* उनी अहिलेसम्म भेटिएका होचाहरुमध्येमा पनि होचा हुन् । पहिले यो उपाधी भारतका ५७ सेमी अग्ला स्वर्गीय गुल मोहम्मदको नाममा थियो ।
* गिनिजको इतिहासमा नै सबैभन्दा बढि उमेरका मानिसलाई होचा व्यक्तिको उपाधी दिइएकोमा पनि उनको रेकर्ड बनेको छ ।
चन्द्रबहादुर डाँगीका थप जानकारी र तस्विर हेर्न भित्र आउँनुहोस्


गिनिज बुकका अनुसार चन्द्रबहादुर डाँगीको थप जानकारी
* उनको गाउँमा एउटा पनि टिभी छैन । रुख काट्न उनको गाउँमा गएका ठेकेदारले उनलाई देखेर स्थानिय पत्रकारलाई खबर गरेपछि मात्र उनको बारेमा थाहा भएको हो । (यसैले उनका बारेमा यत्रो बर्ष कसैलाई थाहा भएन ।)
*उनी छ दाजुभाइ र दुई बहिनीहरुमध्ये सातौँ सन्तान हुन् । उनका पाँच दाजुहरु चार फिटभन्दा कम उचाइका छन् । दुई बहिनी र दुई भाइहरु भने औसत उचाइका छन् ।

चन्द्रबहादुर डाँगीका केही तस्विरहरु

भर्याङ चढ्दै चन्द्रबहादुर  (तस्विर : एएफपी)

के भन्दा कति होचा र अग्ला ? (तस्विर : गिनिज बुक)

उचाई नाप्दै (तस्विर : गिनिज बुक)


विश्वकै होचाको प्रमाण दिदै (तस्विर : गिनिज बुक)

1 comments:

minesh mukarung said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice. pride of nepal

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।