जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हैन, जसले जे गरे पनि हुन्छ ? कुखुराको भाले मर्दा पनि दिनभर चक्काजाम !

पहिले चक्काजामको क्या चार्म थियो । दिनभर चक्काजाम गर्नेहरु निकै बलिया संगठन मानिन्थे । एकदिन मात्रै चक्काजाम गरे कत्रो दबाब दिएको मानिन्थ्यो । तर आजभोली ? आजभोली त जोसुकै ऐरेगैरेले पनि जेसुकै कुरामा चक्काजाम गरिदिने । चक्काजामले दुख दिने बाहेक आजभोली कुनै चमत्कार गर्न सक्दैन । त्यैपनि मुर्खहरु चक्काजाम गरिरहन्छन् । बहाना पनि कस्ता कस्ता हुन थालेका छन्, प्युठानमा भएको एउटा घटना सुन्नुस् न ।

सुन्दै पनि दिक्क लाग्ने । कुखुराको भाले मर्‍यो रे अनि दिनभर चक्काजाम । बहाना पनि कत्रो, आँगनको बाटोमा हिड्ने गाडीले गाउँको भाले मारेर भाग्यो भनेर चक्काजाम रे । दुईचार जना भेला भईगए । स्थानिय हुनुको तागत देखाउँन सारा यात्रुलाई दुख दिए ।


ल हेर्नुहोस् न तिनीहरुको बुद्धि । आईतबार दिउँसो रोल्पाको होलेरी हुँदै प्यूठानको स्वर्गद्वारी जाने एउटा जिपले प्युठानमै एउटा कुखुरा किचेर मारेर गएछ । साँझमा घर फर्किएकी कुखुराकी धनीले कुखुरा मरेका चाल पाईछिन् । अनि फर्केर आउँने यही बाटो त हो नि भनेर भोलीपल्ट बाटो नै जाम गरेर बसेछन् ।

कच्ची सडकमा उनीहरुले केही काठ दाउरा तेर्स्याए । अनि त्यसमाथि मरेको भाले राखे । त्यसमाथि एउटा ढुङ्गा राखे र त्यसमा लेखिएको थियो गाडी नम्बर अर्थात् ‘९९०३' । आउनेजाने गाडी त्यहीं रोकिए । (स्रोत)
तस्विर साभार : नागरिकन्युज डट कम
गर्नेले त चक्काजाम गरिदियो, बस् भइगयो । तर कहाँका मान्छे बाटैमा कहाँ अड्किनु पर्दाको हालत के हुन्छ, यसको वास्ता कसलाई ? तिनीहरु त चक्काजाम नै गरियो भनेर ठुलै बहादुरी गरे जस्तो दंग परेका होलान् । तर, संसारले तिनलाई मुर्ख मानेर हाँसेको थाहा पाउँलान् कि नपाउँलान् ?

विस्तृत समाचार यहाँ पढ्नुहोस् 

6 comments:

मनिषा फुजेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हेर्नुहोस् यसमा दुइृ कुरा छन् । एक त यो घोर कलियुग हो यहाँ यस्तै उट्फट्याङका कामहरुमात्र टिक्छन् । अर्को यो नेपाल हो । कानुन नै गतिलो छैन ।

Nirmal Baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हे राम देख्न बाँकी पनि अब केही भएन । लाज पचेका हरु ।

hema moktan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तिनीहरु त चक्काजाम नै गरियो भनेर ठुलै बहादुरी गरे जस्तो दंग परेका होलान् । तर, संसारले तिनलाई मुर्ख मानेर हाँसेको थाहा पाउँलान् कि नपाउँलान् ?

अभिषेक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कलियुग । घोर कलियुग ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Khurapati Thauma kanun bhayepani lagu hudaina yo ta sadharan bhaihaloni neta gatilo hunu paro ani kanun banaunu paro ani lagu hunu paro natra sadhai yasto bhairanchha.

Indradev Rai Lalitpur-14 Now Mozambique said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Tyasaile m bhan6u yo loktantra hoina 6adatantra ho.Yaha jasle j gare pani bhakai 6,karbahi garne kasle?Sabai bathai batha hunu ra kamjor kanunko parinam ho.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।