जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल- शंकालु त श्रीराम धेरै


-गणेश कार्की
खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा?
पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

गजल-जुन देखाई जुन भने


जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।

सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्यादय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।

गजल - मलाई तिम्रो पीर लाग्छ

मेरो कथा के सुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ”
मनमा खै के गुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !

बिना संकोच पात झार्ने, पिपलको रुख जस्ती तिमी
पात मलाई चुन्यौ, र भन्यौ, “मलाई तिम्रो पीर लाग्छ” !!

गजल- म छु सँगै तिमी छौ


-गणेश कार्की

म छु सँगै तिमी छौ अनि मेरा रहरहरु ज्यूदा छन्
बग्दछ माया यत्र तत्र, नदि नहर हरु ज्यूदा छन् ।

अभावमा तिम्रो साथ पाएँ, सुखमा पनि तिमी खोज्छु
आशा छन्, सयौं सपना छन्, अनि प्रहरहरु ज्यूदा छन् ।।

गजल- खप्पिस ओठ छिटा कति


खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति
हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति ।

छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन्
तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

गजल- म काग भएरै बाँचुला

-गणेश कार्की
तिमी जुन झैं छदै छौ, म दाग भएरै बाँचुला
तिमी बेल लटरम्म, म काग भएरै बाँचुला ।


डसेर घाउ दियौ, माया होला भनी सम्झिरहे
भन्छौ ऐले तिम्ले डस्यौ, लौ नाग भएरै बाँचुला ।।


गजल


-गणेश कार्की
अगस्तिको यो सन्सार देख्छु, र भोक लेख्न थाल्छु
देख्छु पिडा मानव जातको, र शोक लेख्न थाल्छु .
काल पल्क्यो कर्णालीमा, पिर्का भन्दा चिहान धेरै
गाउँ र बस्ति सखाप हुन्छ, र रोग लेख्न थाल्छु .
साला कागजे टुक्रोले मानवता पाखा लाउदा
तितो यथार्थले डस्छ, र मनभोग लेख्न थाल्छु.