जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यस्तै तालले बन्ला त संबिधान ?


संविधान लेखनको कार्यतालिका मंगलबार दसौं पटक संसोधन भएको छ । अपरान्ह तीन बजे बस्ने संविधानसभाको बैठकले कार्यतालिका संसोधन गरेको छ । यसअघि विभिन्न शीर्षकमा संविधान लेखनको समय विभाजन गरिएको थियो । संवैधानिक समितिलाई नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा तयार पार्न माघ २१ देखि फागुन २१ गतेसम्मको समयाबधी दिइएको थियो । विषयगत समितिका प्रारम्भीक मस्यौदा प्रतिवेदनमा रहेका विवादित विषयलाई समाधान गरी संवैधानिक समितिमा पेश गर्न प्रतिवेदन अध्यययन समितिलाई जिम्मा दिइएपनि प्रमुख दलहरुबीचको आ-आफ्नै अडानले विवाद समाधान हुन सकेको छैन । दलहरुबीचको विवादका कारण ११ वटा विषयगत समितिमध्ये २ वटा समितिको प्रारम्भीक मस्यौदा प्रतिवेदन मात्र संवैधानिक समितिमा पेश भएको छ । दुई वटा प्रतिवेदनबाट मात्रै संविधान लेखनको सुरुवात गर्न नसकेर संवैधानिक समिति बेरोजगार जस्तै भएको छ । संविधान लेखनको अवधि अब ७९ दिन मात्र बाँकी छ

तर नेताहरुको टाउको ठोकाई चाँही बंद हुने छाटकाट देखिएको छैन. अब त झन सानो संबिधान लेख्नु पर्छ भनेर पो कुर्लिन थाले. यस्तै हो भने नयाँ संबिधान हैन त्यही ०४७ को संबिधानलाई नै टिपेक्स लगाएर नयाँ संबिधान बनायौ भन्न बेर लगाउदैनन.

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।