जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गृहराज्य मन्त्री मो रिजवान अन्सारीले राजीनामा दिए


आफु दुई-दुई ठाऊबाट हार्नु छ अनि आफ्नै मंत्री मंडलमा जितेको मान्छे गृह राज्यमंत्री भएर बसिरहेको छ. यस्तो कसैलाई मन पर्ला त? पहिले देखिनै के निहु झिंकू र पाखा लगाऊ जस्तो भैरहेको थियो बल्ल मौका मिल्यो माधव कुमार नेपालज्युलाई. अन्त्यमा राजीनामा मागेरै छाडे. नमागुन पनि कसरी जब राज्य मंत्री अगाड़ी आउछन जिस्काउन आए जस्तो लागिरहन्थ्यो होला . अब कोही हारेको मान्छे ताने त आफु जस्तै हुने भयो. आखिर हारेकोले हारेकोलाई त मज्जाले नचाउन सकिहालिन्छ नि. कहाँ सबै सुजाता जस्ता हुन्छन् र ? सबैको बाऊ होइनन नि गिरिजा पनि.

तपाईलाई थाहा नै होला, मंत्रि मंडलमा एमालेको १० सदस्यमा उनी एक्लै थिए प्रत्यक्ष निर्बाचनमा जितेर आउने. आठ महिना अघि राज्यमन्त्रीमा नियुक्त अन्सारीले बुधवार अपराहन्न ४ बजे प्रधानमन्त्री माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन. शान्ति सुरक्षामा सुधार हुने लक्षण देखिएन, त्यसैले बुधबार राजीनामा दिदैछु- अन्सारीले भने – बिधिको शासन ब्यवस्था र जनताले अपेक्षा गरे अनुसार शानित सुरक्षा कायम गर्ने बाताबरण नपाएकोले राजीनामा दिए. उनले गत शनिवार गृहमन्त्री भीम रावलको रवैयामा परिर्वतन नआए १५ दिनभित्र राजीनामा दिने घोषणा गरेका थिए

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।