जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

वातावरण मैत्रि आन्दोलन


सन्दर्भहरु जे पनि हुन सक्छन्, राजनितीक होस् या आर्थिक, सामाजिक होस् या व्यक्तीगत । जे कारण भएपनि आफ्नो कुरालाई स्थापित गराउँन नेपालमा आन्दोलन नै सबै भन्दा राम्रो, उत्पादक र सजिलो बाटो बनेको छ । जसले दैनिकी बदल्ने गरि आन्दोलन गर्न सक्छ उसको बिषय र बिचारले प्राथमिकता पाउँछ । उसको बिचार नै सर्वमान्य बन्ने गरेको छ । ठुला–ठुला राजनितीक परिवर्तन हुन् या कुनै शैक्षिक समस्या आन्दोलनबाट मात्र सम्बोधन हुने गरेको छ । यसैले हामीले आन्दोलनलाई आफ्नो अनिवार्य सामाजिक तत्वका रुपमा अपनाई सक्यौं भन्दा पनि फरक नपर्ला । तर आन्दोलनले जति बिषयहरुलाई सम्बोधन गराएको छ, त्यती कम किसीमका आन्दोलन नेपालमा देखिएका छन् । रचनात्मक र ब्यङ्गयात्मक आन्दोलनको एकदम कमि छ, हाम्रो दिमागमा । अतः समर्थनमा होस् या बिरोधमा, बिजयमा होस् या पराजयमा, जुलुस धर्ना र टायर नै हाम्रो रोजाइ हुने गर्दछ । अहिलेको बिषय हो, टायर बाल्ने प्रवृतिको ।
हामी सडक चोक–चोकमा टायर बालेर आफ्नो कुराहरु राख्ने गर्छाै । हाम्रा धेरै जसो बिषयहरु यो किसिमको प्रदर्शनबाट सम्बोधन भएका पनि छन.् । हामी यो बारेमा सचेत छौ, हामी सके सम्म आफुलाई फाइदा हुने गरेर सहमत हुन्छौ तर टायर बाल्ने कुरामा हामी अनभिज्ञ छौ अथवा जानी जानी अबुझ भइरहेका छौ । इतिहासले देखाउँछ, आन्दोलन खास गरि नेपाल जस्तो मुलुकमा सधै उस्तै प्रकृतिका रहने गर्दथे । कुनै दल बिशेष समूह या कुनै अभिप्रायले जम्मा भएको समूह सडकमा निस्कन्थ्यो अनि गाडीका पुराना टायर सल्काएर आकाश तिर धुँवाको मुस्लो फालिन्थ्यो । धुँवाको मुस्लो कुन ठाँउबाट कति बाक्लो र कति ठाँउमा कति टायरहरु सल्किए भन्ने कुराको आन्दोलनमा सँधै महत्व रहने गर्दथ्यो । मिडिया होस् या सर्वसाधारण जो सुकै पनि आन्दोलनको सुचकको रुपमा सल्किएको टायर र त्यो टायरबाट निस्कने धुँवालाई लिने गर्दथे । यो नेपाली आन्दोलनको लागि सहि सुचक पनि थियो । तर अवश्था केहि बद्लिएको छ । एकिकृत ने.क.पा. माओबादीले सुरु गरेको तेस्रो जनआन्दोलनको तेस्रो दिनसम्म एउटा टायर बालिएको छैन । टायरलाई बिश्थापित गरेर पनि आफ्ना राजनैतिक मुद्धाहरुलाई स्थापित गराउन दबाब दिन सकिन्छ भन्ने नजिर बसाउँन सकिए वातावरणको लागि एकदमै उत्तम हुने थियो । बाजागाजा र बिभिन्न अन्य किसिमले राजनितीक दबाब दिइरहेको माओवादी पार्टी र यसका कार्यकर्तालाई साधुवाद भन्नै पर्ला ।
ए.ने.क.पा.(माओबादी)को फरक शैली
स्वास्थ्यका लागि टायरबाट निस्कने धुँवा निकै नेै हानिकारक हुने गर्दछ । बैज्ञानिकहरुले पुष्टि गरेका छन् कि टायर बाल्दा स्टेरिन र ब्युटाडिन प्रशस्त मात्रामा निस्कन्छ यसको प्रत्यक्ष सम्पर्कले मानव अङ्गमा क्यान्सर जस्तो प्राणघातक रोग हुन सक्छ । यस्तै बेञ्जिन, सिसा, क्रोमियम, पारो, हाइड्रोजन सल्फाइड र जिङ्क पनि टायर बाल्दा निस्कने हानिकारक तत्वहरु हुन् । बिभिन्न प्रकारका ग्यासहरु जस्तै कार्वनडाइअक्साइड, कार्वनमोनोअक्साइड, नाइट्रोजनका अक्साइडहरु टायर बाल्दा प्रशस्त मात्रामा निस्कने गर्दछन् र, हावाको माध्यमबाट निकै लामो दुरीसम्मको यात्रा गर्दछन् जसले गर्दा यसको असर निकै ठुलो क्षेत्रफलमा धेरै लामो समय सम्म रहन्छ । यस्ता हानीकारक ग्यासहरुले वातावरणमा प्रतिकुल असर पार्ने त छदैछ यसका अलवा प्रत्यक्ष र परोक्ष रुपमा मानव स्वास्थ्यमा नकरात्मक असर देखाउँछ । तापक्रम वृदि, ओजोनको क्षय आदि वातावरणिय असरहरु तथा क्यान्सर, दम, उच्च रक्तचाप, एलर्जी आदि स्वास्थ्यमा देखिने असरका उदाहरणहरु हुन । यस्तो खतराजन्य कुरालाई याद नराखी त्यसलाई नै मुख्य हतियार बनाउँन पछि नपर्ने समुहलाई के भन्ने राम राम बाहेक ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।