जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

संविधानसभाको पक्षमै नभएका प्रधानमन्त्री


एक पटक विचार गर्नुहोस् त पौडिन नजान्ने मान्छेलाई करौडौको हिरा नदि पारी लगिदे भनेर दियो भने के हुन्छ ? मान्छे डुब्छ, हिरा हराउँछ, उद्देष्य प्राप्ती हुदैन । त्यस्तै भयो हामीसँग । हामी पीर गरेर बसिरहेका छौं किन बनेन हाम्रो संविधान भनेर । हामी नेपालीको साझा सपना हो संविधान । यसका लागि भनेर धेरै नेपालीको रगत र पसिना बगेको छ । तर यो समयमा नबन्ने नै भयो । किन थाहा छ ? हामीले पौडिन नजान्ने मान्छेलाई हिरा दिएर नदि पारी लगि’दे भनेछौं ।
माओवादीको सरकार ढल्ने बित्तिकै देशमा संविधान बनाउँछु भनेर प्रधानमन्त्रि भएका माधवकुमार नेपालले संविधान जारी गरिसक्नु पर्ने समय ६ दिन मात्र बाँकी रहदा भने, ‘
म त संविधानसभाको पक्षमा भएको मान्छे नै होइन । खाली माओवादीलाई खुसी पार्न मञ्जुर भएको हुँ । मलाई त संविधान अर्कै तरिकाबाट बनाउँन मन थियो ।’ अब भन्नुहोस् न, संविधान नबन्नु के आश्चर्य भयो ?
मेरो छाला गैडाको जस्तो भयो त भन्थे माकुनेजी । अब त हो भन्ने पक्का भयो । उनी पुरै गैडा भइसकेछन् । हामी पो कति मुर्ख यस्ताले संविधान बनाउँछन् भनेर मख्ख परेर बस्यौ । तर हामीले जति विरोध गरे पनि केहि हुदैन । भारत दाहिना हुञ्जेल माधवकुमारका राम्रा दिन आइरहन्छन् । बिचरा ! माओबादीको पो माया लाग्न थाल्यो । माधवकुमारको सरकारले संविधान बनाउँदैनन् भनेर जनतालाई बुझाउँन के मात्र गरेनन् । यो गर्नुको साटो माधवकुमारलाई नै भन्न भनेका भए अस्ति भनिदिने रहेछन् ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।